NarayaniPost.com
आइतवार, फाल्गुन १३, २०८०

कमल पोखरी विस्तारका क्रममा भत्काइए संरचना

नारायणी पोस्ट
सोमवार, माघ १९, २०७७

२०७७ माघ १९ गते

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कमल पोखरी विस्तार योजनाअनुरुप केही कङ्क्रिट संरचना भत्काएको छ । भत्काइएका संरचनामा महानगरीय प्रहरी वृत्त कमल पोखरीको कार्यालय, कमल पोखरी स्पोर्टस् क्लबको भवन र राधे–राधेको सत्संग रहेका छन् । कामपाले आइतबार साँझ डोजर लगाएर ती भवन भत्काएको हो । कामपाका प्रवक्ता ईश्वरमान डङ्गोलका अनुसार अब चारैतिरका कुनामा काठको कलात्मक मण्डप बनाउने योजना छ । त्यहाँ कङ्क्रिटको प्रयोग गर्दैनौं ।

उनले चर्चा गरे जस्तो पोखरीमा कङ्क्रिट संरचना प्रयोग गर्ने योजना नरहेको पनि दाबी गर्नुभयो । कङ्क्रिट संरचना भत्काउँदा सम्पदाप्रेमी सुशन बैद्यलगायत पनि कमलपोखरी पुगेका थिए । उनीरुले ती संरचनाबिना जानकारी भत्काएको जनाउँदै अवरोध गर्न खोजेका थिए ।

कामपाले करीब २४ रोपनीको कमलपोखरीलाई ‘सुन्दर बनाउने’ पहल गत २०७६ असारबाट शुरुआत गरेको हो । यसका लागि रु ६ करोड ३६ लाखको ठेक्का पाएको धनञ्जय–कँडेल जेभीले पोखरी वरिपरी सिँढी बनाउने काम जारी राखेको छ ।

आन्य समाचारहरु:-
July 12, 2023
प्रधानमन्त्री पत्नी सीता दाहालको निधन

२७ असार २०८०प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधन भएको छ । उपचारको क्रममा उनको काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएको हो ।८ बजेर ३३ मिनेट जाँदा प्रधानमन्त्री पत्नी सीता दाहालको निधन भएको अस्पताल स्रोतले जनाएको छ ।  लामो समयदेखि सीता बिरामी अवस्थामा थिइन् । ६९ वर्षको उमेरमा उनको निधन भएको हो । सीता दाहाललाई […]

July 11, 2023
सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकोप्टर लामजुराडाँडामा दुर्घटनाग्रस्त

सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकोप्टर लामजुराडाँडामा दुर्घटनाग्रस्त भएको छ । सवार ६ जना मध्य ५ जना को शव निकालियो थप एक जना को खोजी कार्य जारी

November 7, 2022
ड्राइभिङ लाइसेन्स प्रिन्ट भयो वा भएन ? थाहा पाउने ३ तरिका

तपाईले स्मार्ट ड्राइभिङ लाइसेन्सका लागि आवेदन दिनुभएको छ ? यदि हो भने तपाईको लाइसेन्स प्रिन्ट हुने समय भयो कि भएन ? यी सबै कुरा थाहा पाउनका लागि अनलाइनबाट विभिन्न माध्यमको प्रयोग गर्न सकिन्छ । ती मध्ये सबैभन्दा सजिलो माध्यम चाहिं एसएमएस पठाउन सकिने माध्यम हो । आफ्नो मोबाइलबाट म्यासेज बक्समा गएर अंग्रेजी अल्फाबेट एल र […]

August 13, 2022
त्रिशुली नदीमा खस्यो ट्रक

चितवन - शनिबार बिहान करिब ९ बजेतिर त्रिशूली नदीमा एक ट्रक खसेको छ । इच्छाकामना गाउँपालिका – ५ स्थित नाग्दी खोला भन्ने ठाउँबाट एक इटा बोकेको ट्रक खसेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । ट्रकमा के कति सवार थिए भन्नेबारे खुलेको छैन । अहिले प्रहरीको टोली खोजीका लागि परिचालन भइसकेको बताइएको छ ।

IPO Result Check

" निरन्तर समाचारको संवाहक "

Beta version

Narayani Post

news@narayanipost.com
narayanipost24@gmail.com
चितवन, नेपाल  

जोडिनुहोस

copyright © narayanipost.com 
Headlines: 
linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram