NarayaniPost.com
आइतवार, फाल्गुन १३, २०८०

इजरायली प्रधानमन्त्रीविरूद्धको आन्दोलन हिंसात्मक बनेको भन्दै सहभागीमाथि पानीको फोहरा

नारायणी पोस्ट
सोमवार, माघ १९, २०७७

२०७७ माघ १९ गते

एजेन्सी । भ्रष्टाचार आरोप लागेका इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको राजीनामा माग्दै सडकमा उत्रिएका हजारौँ प्रदर्शनकारीलाई प्रहरीले पानीको फोहरा प्रयोग गरी हटाएको छ ।प्रधानमन्त्रीको राजीनामा माग्दै अघि बढेका केही आन्दोलनकारीले निशेधित षेत्रमा प्रवेश गर्न खोजेको, प्रहरीमाथि पथ्थरले आक्रमण गर्दै दुव्र्यवहार गरेपछि बल प्रयोग गरिएको प्रहरीले पुष्टि गरेको छ । करिब १० डिग्री सेल्सियसको तापक्रम रहेको चीसो रातिमा दशौँ हजारको सङ्ख्यामा सहभागी आन्दोलनकारीले प्रधानमन्त्रीको राजिनामा माग्दै प्रदर्शनमा सहभागिता जनाएपछि उनीहरूलाई मैदानबाट हटाउन प्रहरीले पानीको फोहरा प्रयोग गरेको बताइएको छ ।

जेरूसेलममा विगत सात महिनादेखि हरेक शनिबार नेतन्याहुविरुद्धको आन्दोलन हुँदै आएको छ । झडपपछि आन्दोलनमा सहभागी कैयौँ प्रदर्शनकारीलाई प्रहरीले सुरक्षा नियन्त्रणमा लिएको छ भने सुरक्षा अधिकारीसमेत केही व्यक्ति घाइते भएका छन् ।

सरकारले संसदमा विश्वासको मत पुष्टि गर्न नसकेपछि आगामी मार्च २३ मा निर्वाचनको मिति तय गरिएको भएपनि प्रदर्शनकारीहरूले प्रधानमन्त्री नेतन्याहमाथि तीन गम्भीर भ्रष्टाचारका मुद्दा लागेको, कोरोना भाइरसको महामारीका समय राज्यका तर्फबाट कुशल व्यवस्थापन गर्न नसकेको, महामारी नियन्त्रण गर्ने क्रममा सरकारले अख्तियार गरेको नीतिका कारण बेरोजगार दर दुई अङ्कले वृद्धि भएको लगायतका आरोप लगाउँदै प्रधानमन्त्रीले सरकारको नेतृत्व गर्न असक्षम रहेको दावी आन्दोलनकारी समूहको छ ।

आन्य समाचारहरु:-
July 12, 2023
प्रधानमन्त्री पत्नी सीता दाहालको निधन

२७ असार २०८०प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधन भएको छ । उपचारको क्रममा उनको काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएको हो ।८ बजेर ३३ मिनेट जाँदा प्रधानमन्त्री पत्नी सीता दाहालको निधन भएको अस्पताल स्रोतले जनाएको छ ।  लामो समयदेखि सीता बिरामी अवस्थामा थिइन् । ६९ वर्षको उमेरमा उनको निधन भएको हो । सीता दाहाललाई […]

July 11, 2023
सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकोप्टर लामजुराडाँडामा दुर्घटनाग्रस्त

सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकोप्टर लामजुराडाँडामा दुर्घटनाग्रस्त भएको छ । सवार ६ जना मध्य ५ जना को शव निकालियो थप एक जना को खोजी कार्य जारी

November 7, 2022
ड्राइभिङ लाइसेन्स प्रिन्ट भयो वा भएन ? थाहा पाउने ३ तरिका

तपाईले स्मार्ट ड्राइभिङ लाइसेन्सका लागि आवेदन दिनुभएको छ ? यदि हो भने तपाईको लाइसेन्स प्रिन्ट हुने समय भयो कि भएन ? यी सबै कुरा थाहा पाउनका लागि अनलाइनबाट विभिन्न माध्यमको प्रयोग गर्न सकिन्छ । ती मध्ये सबैभन्दा सजिलो माध्यम चाहिं एसएमएस पठाउन सकिने माध्यम हो । आफ्नो मोबाइलबाट म्यासेज बक्समा गएर अंग्रेजी अल्फाबेट एल र […]

August 13, 2022
त्रिशुली नदीमा खस्यो ट्रक

चितवन - शनिबार बिहान करिब ९ बजेतिर त्रिशूली नदीमा एक ट्रक खसेको छ । इच्छाकामना गाउँपालिका – ५ स्थित नाग्दी खोला भन्ने ठाउँबाट एक इटा बोकेको ट्रक खसेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । ट्रकमा के कति सवार थिए भन्नेबारे खुलेको छैन । अहिले प्रहरीको टोली खोजीका लागि परिचालन भइसकेको बताइएको छ ।

IPO Result Check

" निरन्तर समाचारको संवाहक "

Beta version

Narayani Post

news@narayanipost.com
narayanipost24@gmail.com
चितवन, नेपाल  

जोडिनुहोस

copyright © narayanipost.com 
Headlines: 
linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram