NarayaniPost.com
बिहिबार, जेष्ठ ३१, २०८१

इच्छाकामना - ७ मा माघ २४ गते ल्होछार भब्य रुपमा मनाईने

नारायणी पोस्ट
मङ्लबार, माघ २०, २०७७

२० माघ २०७७

चितवन । २८५७ औं सोनाम ल्होछारको अवसरमा तामाङ्ग समुदायको महान पर्व ईच्छाकामना गाउँपालिकामा तामाङ्ग बिद्यार्थीहरुलाई सम्मानसहित बिबिध कार्यक्रम गरिने भएको छ । नेपाल तामाङ्ग घेदुङ्ग इच्छाकामना गाउ कमिटिले माघ २४ गते बिद्यार्थी सम्मान, सेलो नृत्य प्रतियोगिता सहित विविध साँस्कृतिक कार्यक्रम गरि ल्होछार मनाउने तयारी गरेको हो । ल्होछार बिशेष कार्यक्रम इच्छाकामना गाउपालिका वडा नं. ७ भालुमाराको उर्गेन लिङ्ग बौद्ध गुम्बामा आयोजना गरिने घेदुङ्ग गाउँ कमिटिका अध्यक्ष इन्द्रमाया लामाले जानकारी दिनुभयो । उहाँले इच्छाकामना गाउपालिकाभित्र स्थायी बसोबास रहेका एसइइ दिएका बिद्यार्थीहरुलाई प्रोत्साहनका लागि सम्मान गरिन लागिएको बताउनुभयो । बिद्यार्थीहरुको तथ्यांक निकाल्ने र सम्पर्क गर्ने क्रम चलिरहेको उहाँले बताउनुभयो । त्यस्तै मौलिक नृत्य, भेषभुषा तथा बाजगाजा संरक्षणका लागि सेलो नृत्यु प्रतियोगिताका साथै मौलि साँस्कृतिक प्रस्तुतिहरु रहने घेदुङ्गका कोषाध्यक्ष दुर्गा थिङ्गले बताउनुभयो ।
कार्यक्रममा २ लाख ५० हजार खर्च हुने अनुमान गरिएको छ । नेपाल तामाङ्ग घेदुङ्ग इच्छाकामना गाउ कमिटिका लागि गाउपालिकाले यस बर्ष १ लाख ५० हजार रकम विनियोजन गरेको थियो । सोहि रकममा थप गरि कार्यक्रम आयोजना गर्न लागिएको हो । कार्यक्रम सफलताका साथ सम्पन्न गर्नका लागि विभिन्न उपसमितिहरुसमेत बनाइएको छ । पासाङ्ग तामाङ्गको संयोजकत्वमा आर्थिक समिति, हस्तबहादुर तामाङ्गको संयोजकत्वमा प्रचार प्रसार समिति, पानुमाया तामाङ्गको संयोजकत्वमा स्वयमसेवक परिचालन समिति र गौरी माया तामाङ्गको संयोजकत्वमा अतिथि सत्कार समिति बनाइएको छ । कार्यक्रम इच्छाकामना गाउपालिकाका अध्यक्ष गिता गुरुङ्गको प्रमुख आतिथ्यतामा आयोजना हुनेछ । यस बर्ष तामाङ्ग समुदायले 'राष्ट्रिय जनगणना २०७८ मा तामाङ जाति ,तामाङ भाषा र बौद्ध धर्म लेखाऔं, कोभिड १९ को महामारी सोनाम ल्होछार २८५७ घरघरमा भव्य रुपले मनाऔं' भन्ने नाराका साथ माघ ३० गते ल्होछार मनाइदैछ । 

आन्य समाचारहरु:-
July 12, 2023
प्रधानमन्त्री पत्नी सीता दाहालको निधन

२७ असार २०८०प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधन भएको छ । उपचारको क्रममा उनको काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएको हो ।८ बजेर ३३ मिनेट जाँदा प्रधानमन्त्री पत्नी सीता दाहालको निधन भएको अस्पताल स्रोतले जनाएको छ ।  लामो समयदेखि सीता बिरामी अवस्थामा थिइन् । ६९ वर्षको उमेरमा उनको निधन भएको हो । सीता दाहाललाई […]

July 11, 2023
सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकोप्टर लामजुराडाँडामा दुर्घटनाग्रस्त

सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकोप्टर लामजुराडाँडामा दुर्घटनाग्रस्त भएको छ । सवार ६ जना मध्य ५ जना को शव निकालियो थप एक जना को खोजी कार्य जारी

November 7, 2022
ड्राइभिङ लाइसेन्स प्रिन्ट भयो वा भएन ? थाहा पाउने ३ तरिका

तपाईले स्मार्ट ड्राइभिङ लाइसेन्सका लागि आवेदन दिनुभएको छ ? यदि हो भने तपाईको लाइसेन्स प्रिन्ट हुने समय भयो कि भएन ? यी सबै कुरा थाहा पाउनका लागि अनलाइनबाट विभिन्न माध्यमको प्रयोग गर्न सकिन्छ । ती मध्ये सबैभन्दा सजिलो माध्यम चाहिं एसएमएस पठाउन सकिने माध्यम हो । आफ्नो मोबाइलबाट म्यासेज बक्समा गएर अंग्रेजी अल्फाबेट एल र […]

August 13, 2022
त्रिशुली नदीमा खस्यो ट्रक

चितवन - शनिबार बिहान करिब ९ बजेतिर त्रिशूली नदीमा एक ट्रक खसेको छ । इच्छाकामना गाउँपालिका – ५ स्थित नाग्दी खोला भन्ने ठाउँबाट एक इटा बोकेको ट्रक खसेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । ट्रकमा के कति सवार थिए भन्नेबारे खुलेको छैन । अहिले प्रहरीको टोली खोजीका लागि परिचालन भइसकेको बताइएको छ ।

IPO Result Check

" निरन्तर समाचारको संवाहक "

Beta version

Narayani Post

news@narayanipost.com
narayanipost24@gmail.com
चितवन, नेपाल  

जोडिनुहोस

copyright © narayanipost.com 
Headlines: 
linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram