NarayaniPost.com
आइतवार, फाल्गुन १३, २०८०

विद्यालयमा सेनिटरी प्याड नपुग्दा छात्रा समस्यामा

नारायणी पोस्ट
शुक्रबार, माघ २३, २०७७

२०७७ माघ २३ गते

अघिल्लो वर्ष सबै विद्यालयमा पुगिसक्नुपर्ने सेनिटरी प्याड अझै भेरी नगरपालिकाका विद्यालयमा नपुगेको बताइएको छ ।

सदरमुकामस्थित भेरी नगरपालिकामा विद्यालय सञ्चालन भएको लामो समयसम्म प्याड नपुग्दा छात्रा समस्यामा परेका छन् । सङ्घीय सरकारको अनुदानमा सबै विद्यालयका छात्रालाई महिनावारी हुँदा प्रयोग गर्न सजिलो होस् भनी अघिल्लो वर्ष स्थानीय तहलाई रकम भुक्तानी गरिएको थियो ।

अघिल्लो वर्ष रकम पाएर प्याड खरिद गरेको भेरी नगरपालिकाले अहिलेसम्म विद्यालयमा पठाउन नसकेको हो ।

यही माघ ८ गते बसेको प्रधानाध्यापकको बैठकमा सबै विद्यालयले प्याड लिन आग्रह गरे पनि अहिलेसम्म विद्यालयमा नपुगेको नगर शिक्षा समितिले जानकारी दिएको छ ।

भेरी नगरपालिकाभित्रका अधिकांश विद्यालयमा खानेपानी, शौचालय र बालमैत्री नहुँदा समस्या हुँदै आएको छ । आधारभूत तहका विद्यालयमा सेनिटरी प्याड दिने व्यवस्था रहेको छ ।

त्यस्तै भेरी नगरपालिकाले पाँच महिनाभन्दा लामो समयदेखि सुत्केरी भत्ता नदिएको पाइएको छ । दैनिक भत्ताका लागि आउने गरेको भए पनि रकम नगरपालिकाले भुक्तानी नगर्दा काम गर्न नै अप्ठ्यारो भएको स्वास्थ्यकर्मी बताउँछन् ।

स्वास्थ्य सेवा कार्यालयमा सुत्केरी हुनेले तत्काल यातायात खर्चवापत रकम पाए पनि भेरी नगरपालिकाले पाँच महिनादेखि भुक्तानी गरेको छैन । यता भेरी नगरपालिकाका निमित प्रमुख प्रशासकीय अधिकृत दलबहादुर बुढाले खानाका लागि नदिएको भनी प्रतिक्रिया दिए । भत्ता नपाएका सुत्केरीले कहिले सुत्केरी भत्ता पाउँछन् भन्ने जिज्ञाशामा उनले यस्तो प्रतिक्रिया दिएका हुन् । रासस

आन्य समाचारहरु:-
July 12, 2023
प्रधानमन्त्री पत्नी सीता दाहालको निधन

२७ असार २०८०प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधन भएको छ । उपचारको क्रममा उनको काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएको हो ।८ बजेर ३३ मिनेट जाँदा प्रधानमन्त्री पत्नी सीता दाहालको निधन भएको अस्पताल स्रोतले जनाएको छ ।  लामो समयदेखि सीता बिरामी अवस्थामा थिइन् । ६९ वर्षको उमेरमा उनको निधन भएको हो । सीता दाहाललाई […]

July 11, 2023
सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकोप्टर लामजुराडाँडामा दुर्घटनाग्रस्त

सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकोप्टर लामजुराडाँडामा दुर्घटनाग्रस्त भएको छ । सवार ६ जना मध्य ५ जना को शव निकालियो थप एक जना को खोजी कार्य जारी

November 7, 2022
ड्राइभिङ लाइसेन्स प्रिन्ट भयो वा भएन ? थाहा पाउने ३ तरिका

तपाईले स्मार्ट ड्राइभिङ लाइसेन्सका लागि आवेदन दिनुभएको छ ? यदि हो भने तपाईको लाइसेन्स प्रिन्ट हुने समय भयो कि भएन ? यी सबै कुरा थाहा पाउनका लागि अनलाइनबाट विभिन्न माध्यमको प्रयोग गर्न सकिन्छ । ती मध्ये सबैभन्दा सजिलो माध्यम चाहिं एसएमएस पठाउन सकिने माध्यम हो । आफ्नो मोबाइलबाट म्यासेज बक्समा गएर अंग्रेजी अल्फाबेट एल र […]

August 13, 2022
त्रिशुली नदीमा खस्यो ट्रक

चितवन - शनिबार बिहान करिब ९ बजेतिर त्रिशूली नदीमा एक ट्रक खसेको छ । इच्छाकामना गाउँपालिका – ५ स्थित नाग्दी खोला भन्ने ठाउँबाट एक इटा बोकेको ट्रक खसेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । ट्रकमा के कति सवार थिए भन्नेबारे खुलेको छैन । अहिले प्रहरीको टोली खोजीका लागि परिचालन भइसकेको बताइएको छ ।

IPO Result Check

" निरन्तर समाचारको संवाहक "

Beta version

Narayani Post

news@narayanipost.com
narayanipost24@gmail.com
चितवन, नेपाल  

जोडिनुहोस

copyright © narayanipost.com 
Headlines: 
linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram