NarayaniPost.com
शनिबार, फाल्गुन १२, २०८०

चितवन पुगेर प्रचण्डले भने–राजा महाराजको नक्कल गर्ने केपी ओलीले हारिसके

नारायणी पोस्ट
सोमवार, फाल्गुन ३, २०७७

२०७७ फागुन ३ गते

नेकपा प्रचण्ड–नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले उहिलेका राजामहाराको जस्तो नक्कल गरिरहेको टिप्पणी गरेका छन् । तर ओलीले प्रतिगमनको बाटो पक्रिसकेको भन्दै प्रचण्डले उनले हारिसकेको बताए ।

‘हामी संविधान मिचिएको कुरा, लोकतन्त्रमाथि प्रहार भएको कुराविरुद्ध आन्दोलनमा छौं । उहाँले पञ्चल्यालीहरु जम्मा गर्ने, जमिन बाँड्छौं भनेर मान्छे उतार्ने, पहिलाका राजामहाराजे जे गर्थे त्यही गर्नु भएको छ । त्यसको केही अर्थ र महत्व छैन’, प्रचण्डले भने, ‘मैले सुरुदेखि नै भनेको छु, जतिबेला उहाँले प्रतिगमनको बाटो पक्रिनु भयो । जतिबेला प्रतिक्रान्तिको बाटो पक्रिनु भयो उहाँले हारिसक्नु भएको छ ।’
गृहजिल्ला सोमबार चितवनमा पत्रकारहरुसँग कुराकानी गर्दै प्रचण्डले ओलीले संविधान र लोकतन्त्रमाथि प्रहार गरेको पनि आरोप लगाए ।

प्रचण्डले ओलीले मत र व्यवहारमा दुबैमा हारिसकेको दावी गर्दै अगाडि भने, ‘ चुनाव हुँदैन, चुनाव हुनका लागि गरिएको प्रतिगमन नै होइन ।’
ओलीले नेपाली जनताले प्राप्त गरेको उपलब्धि धरापमा पारेको भन्दै प्रचण्डले सबै जनता र बुद्धिजिवि मिलेर ओलीलाई परास्त गर्नुपर्नेमा जोड दिए ।
स्रोत : रातोपाटी

आन्य समाचारहरु:-
July 12, 2023
प्रधानमन्त्री पत्नी सीता दाहालको निधन

२७ असार २०८०प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधन भएको छ । उपचारको क्रममा उनको काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएको हो ।८ बजेर ३३ मिनेट जाँदा प्रधानमन्त्री पत्नी सीता दाहालको निधन भएको अस्पताल स्रोतले जनाएको छ ।  लामो समयदेखि सीता बिरामी अवस्थामा थिइन् । ६९ वर्षको उमेरमा उनको निधन भएको हो । सीता दाहाललाई […]

July 11, 2023
सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकोप्टर लामजुराडाँडामा दुर्घटनाग्रस्त

सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकोप्टर लामजुराडाँडामा दुर्घटनाग्रस्त भएको छ । सवार ६ जना मध्य ५ जना को शव निकालियो थप एक जना को खोजी कार्य जारी

November 7, 2022
ड्राइभिङ लाइसेन्स प्रिन्ट भयो वा भएन ? थाहा पाउने ३ तरिका

तपाईले स्मार्ट ड्राइभिङ लाइसेन्सका लागि आवेदन दिनुभएको छ ? यदि हो भने तपाईको लाइसेन्स प्रिन्ट हुने समय भयो कि भएन ? यी सबै कुरा थाहा पाउनका लागि अनलाइनबाट विभिन्न माध्यमको प्रयोग गर्न सकिन्छ । ती मध्ये सबैभन्दा सजिलो माध्यम चाहिं एसएमएस पठाउन सकिने माध्यम हो । आफ्नो मोबाइलबाट म्यासेज बक्समा गएर अंग्रेजी अल्फाबेट एल र […]

August 13, 2022
त्रिशुली नदीमा खस्यो ट्रक

चितवन - शनिबार बिहान करिब ९ बजेतिर त्रिशूली नदीमा एक ट्रक खसेको छ । इच्छाकामना गाउँपालिका – ५ स्थित नाग्दी खोला भन्ने ठाउँबाट एक इटा बोकेको ट्रक खसेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । ट्रकमा के कति सवार थिए भन्नेबारे खुलेको छैन । अहिले प्रहरीको टोली खोजीका लागि परिचालन भइसकेको बताइएको छ ।

IPO Result Check

" निरन्तर समाचारको संवाहक "

Beta version

Narayani Post

news@narayanipost.com
narayanipost24@gmail.com
चितवन, नेपाल  

जोडिनुहोस

copyright © narayanipost.com 
Headlines: 
linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram