NarayaniPost.com
शुक्रबार, जेष्ठ ११, २०८१

उडिरहेको विमानमा आग्लागी

नारायणी पोस्ट
आइतवार, फाल्गुन ९, २०७७

२०७७ फागुन 9 गते

वासिङटन: अमेरिकामा २३१ यात्रुसहित उडेको विमान दुर्घटना भएको छ । कोलोराडोस्थित उक्त विमान उडिरहेको अवस्थामा अचानक इन्जिनमा आगो लागेर विमानका टुक्राहरु खसेका थिए ।

बोइङ ७७७ उक्त विमानमा १० जना चालक दलका सदस्य थिए । घटनाबारे सम्पूर्ण विवरण आइसकेको छैन । विमानमा आगो लागेपछि टुक्राहरु जमिनमा खसेका दृश्य विभिन्न मिडियाले समेत सार्वजनिक गरेका छन् ।

यद्यपि विमानका यात्रुहरु सकुशल भएको बताइएको छ । शनिबारको उक्त दुर्घटनाबाट बचाएर पाइलटले डेनबरस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा सफल रुपमा अवतरण गराएका थिए ।

डेबरदेखि होनोलुलुका लागि उड्ने क्रममा विमानमा आगो लागेको हो । तर कसरी आगो लाग्यो भन्नेबारे यकिन विवरण आइसकेको छैन । अन्तर्राष्ट्रिय मिडियाका अनुसार विमानको दायाँ तर्फको भागमा आगो लागेको थियो । आगो लाग्दा लाग्दै पाइलटले सुरक्षित तवरमा विमान अवतरण गराएका हुन् ।एेजेन्सी

आन्य समाचारहरु:-
July 12, 2023
प्रधानमन्त्री पत्नी सीता दाहालको निधन

२७ असार २०८०प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधन भएको छ । उपचारको क्रममा उनको काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएको हो ।८ बजेर ३३ मिनेट जाँदा प्रधानमन्त्री पत्नी सीता दाहालको निधन भएको अस्पताल स्रोतले जनाएको छ ।  लामो समयदेखि सीता बिरामी अवस्थामा थिइन् । ६९ वर्षको उमेरमा उनको निधन भएको हो । सीता दाहाललाई […]

July 11, 2023
सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकोप्टर लामजुराडाँडामा दुर्घटनाग्रस्त

सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकोप्टर लामजुराडाँडामा दुर्घटनाग्रस्त भएको छ । सवार ६ जना मध्य ५ जना को शव निकालियो थप एक जना को खोजी कार्य जारी

November 7, 2022
ड्राइभिङ लाइसेन्स प्रिन्ट भयो वा भएन ? थाहा पाउने ३ तरिका

तपाईले स्मार्ट ड्राइभिङ लाइसेन्सका लागि आवेदन दिनुभएको छ ? यदि हो भने तपाईको लाइसेन्स प्रिन्ट हुने समय भयो कि भएन ? यी सबै कुरा थाहा पाउनका लागि अनलाइनबाट विभिन्न माध्यमको प्रयोग गर्न सकिन्छ । ती मध्ये सबैभन्दा सजिलो माध्यम चाहिं एसएमएस पठाउन सकिने माध्यम हो । आफ्नो मोबाइलबाट म्यासेज बक्समा गएर अंग्रेजी अल्फाबेट एल र […]

August 13, 2022
त्रिशुली नदीमा खस्यो ट्रक

चितवन - शनिबार बिहान करिब ९ बजेतिर त्रिशूली नदीमा एक ट्रक खसेको छ । इच्छाकामना गाउँपालिका – ५ स्थित नाग्दी खोला भन्ने ठाउँबाट एक इटा बोकेको ट्रक खसेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । ट्रकमा के कति सवार थिए भन्नेबारे खुलेको छैन । अहिले प्रहरीको टोली खोजीका लागि परिचालन भइसकेको बताइएको छ ।

IPO Result Check

" निरन्तर समाचारको संवाहक "

Beta version

Narayani Post

news@narayanipost.com
narayanipost24@gmail.com
चितवन, नेपाल  

जोडिनुहोस

copyright © narayanipost.com 
Headlines: 
linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram