NarayaniPost.com
शुक्रबार, फाल्गुन ११, २०८०

इजरायलमा भागदौड मच्चिँदा दुई दर्ज भन्दा बढीको मृत्यु

नारायणी पोस्ट
शुक्रबार, बैशाख १७, २०७८

२०७८ बैशाख १७ गते

इजरायलमा एक लाख बढी मानिस सहभागी भएको एक धार्मिक कार्यक्रममा भागदौड मच्चिँदा दर्जनौंको मृत्यु भएको छ।

उत्तरपूर्वी इजरायलको माउन्ट मेरोनमा एक जना प्रसिद्ध रब्बीको समाधीस्थलमा भएको कार्यक्रममा शुक्रबार भागदौड मच्चिएको हो। दोस्रो शताब्दीका रब्बी सिमोन बार एचाईको सम्झनामा हरेक वर्ष हजारौं अर्थोडक्स यहुदीहरू उक्त ठाउँमा भेला हुने गर्छन्। भेला भएकाहरूले रातभरि आगो बालेर नाचगान गर्ने चलन छ।

यसपालिको कार्यक्रममा १ लाखभन्दा बढी मानिस सहभागी भएका थिए। नाचगान चलिरहेका बेला एक्कासी भागदौड मच्चिएको हो। भवनको छानो खसेर भागदौड मच्चिएको बताइए पनि एकिन कारण पत्ता लागेको छैन।

स्थानीय सञ्चारमाध्यमहरूले भागदौडमा कम्तीमा ३८ जना मानिसको ज्यान गएको र सयौं घाइते भएको बताएका छन् तर अधिकारीहरूले मृत्यु हुनेको आधिकारिक संख्या जानकारी गराएका छैनन्।

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले घटनालाई 'ठूलो क्षति' भनेका छन्।

कोरोनाभाइरसको महामारीका कारण गत वर्ष उक्त कार्यक्रममाथि प्रतिबन्ध लगाइएको थियो। यसपालि इजरायलका ५० प्रतिशतभन्दा बढी मानिसलाई कोरोनाविरूद्धको पूर्ण खोप लगाइसकिएको र संक्रमण घटेका कारण सरकारले कार्यक्रम गर्न अनुमति दिएको थियो। कोरोना भाइरसको महामारी सुरू भएपछि इजरायलमा यति धेरै मानिस जमघट भएको यो पहिलो कार्यक्रम थियो।

यसअघि बिहीबार प्रहरीले अधिकारीहरूलाई कार्यक्रममा काम गर्न अवरोध गर्न खोजेको आरोपमा दुई जनालाई पक्राउ गरेको थियो। एजेन्सी

आन्य समाचारहरु:-
July 12, 2023
प्रधानमन्त्री पत्नी सीता दाहालको निधन

२७ असार २०८०प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधन भएको छ । उपचारको क्रममा उनको काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएको हो ।८ बजेर ३३ मिनेट जाँदा प्रधानमन्त्री पत्नी सीता दाहालको निधन भएको अस्पताल स्रोतले जनाएको छ ।  लामो समयदेखि सीता बिरामी अवस्थामा थिइन् । ६९ वर्षको उमेरमा उनको निधन भएको हो । सीता दाहाललाई […]

July 11, 2023
सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकोप्टर लामजुराडाँडामा दुर्घटनाग्रस्त

सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकोप्टर लामजुराडाँडामा दुर्घटनाग्रस्त भएको छ । सवार ६ जना मध्य ५ जना को शव निकालियो थप एक जना को खोजी कार्य जारी

November 7, 2022
ड्राइभिङ लाइसेन्स प्रिन्ट भयो वा भएन ? थाहा पाउने ३ तरिका

तपाईले स्मार्ट ड्राइभिङ लाइसेन्सका लागि आवेदन दिनुभएको छ ? यदि हो भने तपाईको लाइसेन्स प्रिन्ट हुने समय भयो कि भएन ? यी सबै कुरा थाहा पाउनका लागि अनलाइनबाट विभिन्न माध्यमको प्रयोग गर्न सकिन्छ । ती मध्ये सबैभन्दा सजिलो माध्यम चाहिं एसएमएस पठाउन सकिने माध्यम हो । आफ्नो मोबाइलबाट म्यासेज बक्समा गएर अंग्रेजी अल्फाबेट एल र […]

August 13, 2022
त्रिशुली नदीमा खस्यो ट्रक

चितवन - शनिबार बिहान करिब ९ बजेतिर त्रिशूली नदीमा एक ट्रक खसेको छ । इच्छाकामना गाउँपालिका – ५ स्थित नाग्दी खोला भन्ने ठाउँबाट एक इटा बोकेको ट्रक खसेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । ट्रकमा के कति सवार थिए भन्नेबारे खुलेको छैन । अहिले प्रहरीको टोली खोजीका लागि परिचालन भइसकेको बताइएको छ ।

IPO Result Check

" निरन्तर समाचारको संवाहक "

Beta version

Narayani Post

news@narayanipost.com
narayanipost24@gmail.com
चितवन, नेपाल  

जोडिनुहोस

copyright © narayanipost.com 
Headlines: 
linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram