NarayaniPost.com
शुक्रबार, फाल्गुन ११, २०८०

पूर्वराजा ज्ञानेन्द्रबाट आभार व्यक्त

नारायणी पोस्ट
सोमवार, बैशाख ६, २०७८

२०७८ बैशाख ६ गते

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहदेवले भारतको धार्मिक भ्रमणलाई सफलत बनाउन सहयोग गर्ने सबैमा हार्दिक कृतज्ञता, आभार तथा धन्यबाद व्यक्त गरेका छन् ।

निरन्जन अखाडाका पिठाधिश्वर आचार्य महामण्डलेश्वर श्री कैलाशानन्द गिरीको निमन्त्रणामा पूर्व राजा ज्ञानेन्द्र चैत २६ गते भारत गएका थिए ।
पवित्र तिर्थस्थल हरिद्वारमा हरेक १२ बर्षमा सम्पन्न हुने महाकुम्भमेला अनुष्ठानमा सहभागी भएर पूर्वराजा ज्ञानेन्द्र आइतबार स्वदेश फर्केका हुन्ं।

'हाम्रो यो महत्वपूर्ण धार्मिक भ्रमणका क्रममा हरिद्वारमा भएको हाम्रो बिशेष सम्मान, सत्कार र संस्कारयुक्त आदरभावप्रति निरन्जन पीठका पिठाधिश्वर आचार्य महामण्डलेश्वर श्री कैलाशानन्द गिरीमा तथा समस्त सन्त महात्माहरूमा हार्दिक कृतज्ञता ब्यक्त गर्दछौ ।' पूर्वराजाको तर्फबाट जारी भएको विज्ञप्तिमा भनिएको छ ।
उनले आफूलाई नेपाल फर्कदा स्वागत गरेकोमा सबैप्रति हार्दिक धन्यवाद पनि व्यक्त गरेका छन् । अगाडी लेखेका छन्, 'भारत भ्रमण सम्पन्न गरेर स्वदेश फर्कदा बिभिन्न संघसंस्था तथा नेपाली जनसमुदायबाट दर्साईएको स्वागत सम्मानका निम्ति हामी सबै शुभ चिन्तक दाजुभाई दिदीबहिनी प्रति दिलैदेखी आभार प्रकट गर्दै धन्यबाद दिन चाहान्छौ । जय नेपाल ।'

'महाकुम्भमा शाही स्नान र गंगा आरतीको बिशेष प्रबन्ध मिलाउन अखाडा परिषदले लिएको दायित्व आफैंमा अविस्मरणीय छ। शाही स्नान अबधीमा सम्पूर्ण हिन्दु धर्मालम्बिहरूको तर्फबाट हामीलाई गरिएको अभिनन्दन र आर्शिबचनका लागि पनि हामी आभार ब्यक्त गर्दछौ', उनले भनेका छन् ।

पूर्वराजा ज्ञानेन्द्रले भारत बसाईलाई सरल र सहज बनाउने ब्यबस्थाको लागि हामी भारतीय जनता र भारत सरकार प्रति पनि आभार ब्यक्त गरेका छन् ।

आन्य समाचारहरु:-
July 12, 2023
प्रधानमन्त्री पत्नी सीता दाहालको निधन

२७ असार २०८०प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधन भएको छ । उपचारको क्रममा उनको काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएको हो ।८ बजेर ३३ मिनेट जाँदा प्रधानमन्त्री पत्नी सीता दाहालको निधन भएको अस्पताल स्रोतले जनाएको छ ।  लामो समयदेखि सीता बिरामी अवस्थामा थिइन् । ६९ वर्षको उमेरमा उनको निधन भएको हो । सीता दाहाललाई […]

July 11, 2023
सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकोप्टर लामजुराडाँडामा दुर्घटनाग्रस्त

सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकोप्टर लामजुराडाँडामा दुर्घटनाग्रस्त भएको छ । सवार ६ जना मध्य ५ जना को शव निकालियो थप एक जना को खोजी कार्य जारी

November 7, 2022
ड्राइभिङ लाइसेन्स प्रिन्ट भयो वा भएन ? थाहा पाउने ३ तरिका

तपाईले स्मार्ट ड्राइभिङ लाइसेन्सका लागि आवेदन दिनुभएको छ ? यदि हो भने तपाईको लाइसेन्स प्रिन्ट हुने समय भयो कि भएन ? यी सबै कुरा थाहा पाउनका लागि अनलाइनबाट विभिन्न माध्यमको प्रयोग गर्न सकिन्छ । ती मध्ये सबैभन्दा सजिलो माध्यम चाहिं एसएमएस पठाउन सकिने माध्यम हो । आफ्नो मोबाइलबाट म्यासेज बक्समा गएर अंग्रेजी अल्फाबेट एल र […]

August 13, 2022
त्रिशुली नदीमा खस्यो ट्रक

चितवन - शनिबार बिहान करिब ९ बजेतिर त्रिशूली नदीमा एक ट्रक खसेको छ । इच्छाकामना गाउँपालिका – ५ स्थित नाग्दी खोला भन्ने ठाउँबाट एक इटा बोकेको ट्रक खसेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । ट्रकमा के कति सवार थिए भन्नेबारे खुलेको छैन । अहिले प्रहरीको टोली खोजीका लागि परिचालन भइसकेको बताइएको छ ।

IPO Result Check

" निरन्तर समाचारको संवाहक "

Beta version

Narayani Post

news@narayanipost.com
narayanipost24@gmail.com
चितवन, नेपाल  

जोडिनुहोस

copyright © narayanipost.com 
Headlines: 
linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram