NarayaniPost.com
शुक्रबार, फाल्गुन ११, २०८०

अफ्रिकी मुलुक बुर्किनाफासोमा तीन युरोपेली पत्रकारको हत्या

नारायणी पोस्ट
बुधबार, बैशाख १५, २०७८

२०७८ बैशाख १५ गते

औगाडोगो । अफ्रिकी मुलुक बुर्किनाफासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना स्पेनिस र एकजना आइरिस पत्रकार रहेका छन् । बुर्किना फासोका संरक्षित जीवजन्तुको चोरी शिकारी नियन्त्रणको गस्तीमा सहभागी रहेका बखत उनीहरुमाथि आक्रमण भएको थियो ।

बुर्किना फासोका सञ्चार मन्त्री एवं सरकारका प्रवक्ता ओसेनी टाम्बुराले एक विज्ञप्ति प्रकाशन गरी तीन जना पत्रकारको हत्या भएको र एक जना बुर्किना फासोका नागरिक बेपत्ता भएको बताएका छन् ।

फाडा एन्गुर्मा–पामा क्षेत्रमा भएको उक्त आक्रमणमा अरु छ जना घाइते भएका छन् । बुर्किना फासोका एक जना वरिष्ट सुरक्षा अधिकारीले आतंकवादी समूहले पत्रकारहरुको हत्या गरेको पुष्टि गरे । ती पत्रकारहरू रिपोटर्स विदाउट बोर्डर्ससँग आबद्ध थिए ।

यद्यपी ती अधिकारीले आक्रमणकारी कुन समूहसँग आबद्ध थिए भन्ने केही बताएका छैनन् । सुरक्षा स्रोतका अनुसार, आक्रमणकारीले दुई वटा पिकअप सवारी साधन र एक दर्जनजति मोटरसाइकल प्रयोग गरेका थिए । स्पेनी प्रधानमन्त्री पेड्रो सान्चेजले आफ्नो मुलुकका दुई पत्रकारको हत्या भएको पुष्टि गरे । उनले ट्वीट गर्दै हत्या गरिएका स्पेनिस पत्रकारहरुमा डेभिड बेरियान र रोबर्टो फ्राइल रहेको जानकारी दिए ।

विश्वकै गरिब राष्ट्र बुर्किना फासोमा इस्लामिक अतिवादी समूहले सरकारी फौजमाथि आक्रमण गर्ने गरेका छन् । उनीहरु सन् २०१५ मा छिमेकी मुलुक मालीबाट बुर्किना फासोमा प्रवेश गरेका थिए । अल–कायदा र इस्लामिक स्टेटसँग आबद्ध समेतका जिहादी समूहहरूले बुर्किना फासोमा आक्रमणका घटना बढाउँदै लगेका छन् । करिब एघार सय व्यक्ति मारिएका छन् भने १० लाखभन्दा बढी मानिस घर छाडेर अन्यत्र पलायन भएका छन् ।

रिपोर्टर्स विदाउट बोर्डर्सका महासचिव क्रिस्टोफ डिलोएर आक्रमणको घटनाप्रति रोश प्रकट गरेका छन् । उनले शाहेल क्षेत्रमा पत्रकार निकै असुरक्षित रहेको पछिल्लो घटनाले पुष्टि गरेको बताएका छन् । –एएफपी

आन्य समाचारहरु:-
July 12, 2023
प्रधानमन्त्री पत्नी सीता दाहालको निधन

२७ असार २०८०प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधन भएको छ । उपचारको क्रममा उनको काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएको हो ।८ बजेर ३३ मिनेट जाँदा प्रधानमन्त्री पत्नी सीता दाहालको निधन भएको अस्पताल स्रोतले जनाएको छ ।  लामो समयदेखि सीता बिरामी अवस्थामा थिइन् । ६९ वर्षको उमेरमा उनको निधन भएको हो । सीता दाहाललाई […]

July 11, 2023
सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकोप्टर लामजुराडाँडामा दुर्घटनाग्रस्त

सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकोप्टर लामजुराडाँडामा दुर्घटनाग्रस्त भएको छ । सवार ६ जना मध्य ५ जना को शव निकालियो थप एक जना को खोजी कार्य जारी

November 7, 2022
ड्राइभिङ लाइसेन्स प्रिन्ट भयो वा भएन ? थाहा पाउने ३ तरिका

तपाईले स्मार्ट ड्राइभिङ लाइसेन्सका लागि आवेदन दिनुभएको छ ? यदि हो भने तपाईको लाइसेन्स प्रिन्ट हुने समय भयो कि भएन ? यी सबै कुरा थाहा पाउनका लागि अनलाइनबाट विभिन्न माध्यमको प्रयोग गर्न सकिन्छ । ती मध्ये सबैभन्दा सजिलो माध्यम चाहिं एसएमएस पठाउन सकिने माध्यम हो । आफ्नो मोबाइलबाट म्यासेज बक्समा गएर अंग्रेजी अल्फाबेट एल र […]

August 13, 2022
त्रिशुली नदीमा खस्यो ट्रक

चितवन - शनिबार बिहान करिब ९ बजेतिर त्रिशूली नदीमा एक ट्रक खसेको छ । इच्छाकामना गाउँपालिका – ५ स्थित नाग्दी खोला भन्ने ठाउँबाट एक इटा बोकेको ट्रक खसेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । ट्रकमा के कति सवार थिए भन्नेबारे खुलेको छैन । अहिले प्रहरीको टोली खोजीका लागि परिचालन भइसकेको बताइएको छ ।

IPO Result Check

" निरन्तर समाचारको संवाहक "

Beta version

Narayani Post

news@narayanipost.com
narayanipost24@gmail.com
चितवन, नेपाल  

जोडिनुहोस

copyright © narayanipost.com 
Headlines: 
linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram