NarayaniPost.com
शुक्रबार, फाल्गुन ११, २०८०

कोभिड ल्याब सञ्चालनमा खर्च अभाव

नारायणी पोस्ट
सोमवार, बैशाख २०, २०७८

२०७८ बैशाख २० गते

गुल्मीको रेसुङ्गा नगरपालिकामा गत वर्ष स्थापना गरिएको कोभिड ल्याब सञ्चालनमा रकम अभाव भएको छ । स्थानीय धार्मिक स्थानलाई पर्यटकीय गन्तब्य बनाउने भन्दै केन्द्र र प्रदेश सरकारबाट करोडौं रकम नगरपालिकामा आए पनि कोभिड ल्याब सञ्चालनका लागि भने रकमको अभाव भएको हो ।

गत वर्ष परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीको पहलमा हिमालय एअरलाईन्सले उपलब्ध गराएको पीसीआर मेशिन र त्यसलाई चाहिने सबै प्रकारको ल्याब सामग्रीसहित उपल्लो तम्घासमा कोडिड ल्याब स्थापना गरिएको थियो । गत असोज ७ गते परराष्ट्रमन्त्री ज्ञवालीले ल्याब उद्घाटन गर्दै रकम अभाव हुन नदिने प्रतिबद्धता जनाएका थिए ।

केहीदिन अघिमात्र राजीनामा दिएका लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री सुदर्शन बरालले ल्याबमा खटिने स्वास्थ्यकर्मीहरुलाई मन्त्रालयले तलब खुवाउने उद्घोष गरेका थिए । तर त्यो पनि भाषण मै सीमित भएको जनगुनासो छ ।

जिल्लाका कयौं धार्मिक स्थलहरुको संरचना निर्माणमा करोडौं खर्चिएको छ । सुन्दर पार्क निर्माण, खेल मैदान निर्माणमा पनि त्यति नै रकम स्थानीय सरकारदेखि प्रदेश र संघीय सरकारबाट खर्च हुँदै आएको छ । तर कोभिडको महामारीबाट जनता बचाउने कुरामा भने संघ र प्रदेशले वास्तै नगरेको पालिका प्रमुखहरुको गुनासो छ ।

जिल्ला अस्पतालबाट ज्यानको बाजी राखेर खटिएका १० जना स्वास्थ्यकर्मीलाई तलब खुवाउने पैसा नभएपछि ल्याब बन्द गरिएको जिल्ला अस्पतालका सुपरिटेन्डेन्ट डाक्टर उत्तम पाच्यले गत बिहीबार जिल्ला प्रशासन कार्यालयमा आयोजित कोभिड १९ व्यवस्थापन केन्द्रको सर्वपक्षीय बैठकमा गुनासो राखेका थिए । उनले नगरपालिका र गाउँपालिका प्रमुखहरुलाई भने, ‘गत वर्ष खटिएका स्वास्थ्यकर्मीलाई तलब खुवाउन नसक्दा मलाई पाप लागेको छ, मेरो पाप पखाली दिनुहोस् ।’

गत वर्ष एक करोडभन्दा बढी खर्च गरेर पीसीआर परीक्षण गर्ने ल्याब स्थापना गर्न १० वटा गाउँपालिकाले १० लाखका दरले र दुई वटा नगरपालिकाले १५ लाखका दरले रकम दिने प्रतिबद्धता जनाएका थिए । त्यसमध्ये कतिपय पालिकाले बोले जति रकम नदिएकोले तलब खुवाउन नसकिएको डाक्टर पाच्यको भनाइ थियो ।

स्वास्थ्य कार्यालयका सुपरभाईजर पशुपति आचार्यका अनुसार अहिले उक्त ल्याब बन्द हुँदा पीसीआर परीक्षणका लागि बुटवलका विभिन्न अस्पतालको भर पर्नुपर्ने भएको छ । बैठकमा धुर्कोट गाउँपालिका प्रमुख भुपाल पोखरेलले प्रदेशका कुनै पनि सांसदले कोरोना संक्रमणबाट जिल्लावासीलाई कसरी बचाउन सकिन्छ भनेर नसोचेका कारण स्थानीय सरकारलाई मात्र बोझ हुन पुगेको गुनासो गरे ।

नेपाली काँग्रेसका सभापति भुवनप्रसाद श्रेष्ठले कोरोना महामारीको संकटमा परेका नेपाली जनताका लागि अहिलेको सरकार निरीह भएको आरोप लगाए । सोही पार्टीका सचिव खिलध्वज पन्थीले दुईदुईवटा मन्त्री भएको जिल्ला गुल्मीको अवस्था यही हो भनेर प्रतिप्रश्न गरे ।

कोभिड–१९ व्यवस्थापन केन्द्रकी अध्यक्षसमेत रहेकी प्रमुख जिल्ला अधिकारी रुद्रादेवि शर्माले गत बिहीबारको बैठकमा निर्णय भए अनुसार जति सक्दो छिटो ल्याब पुनः सञ्चालनमा ल्याउने बताउँदै आएकी छन् ।

आन्य समाचारहरु:-
July 12, 2023
प्रधानमन्त्री पत्नी सीता दाहालको निधन

२७ असार २०८०प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधन भएको छ । उपचारको क्रममा उनको काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएको हो ।८ बजेर ३३ मिनेट जाँदा प्रधानमन्त्री पत्नी सीता दाहालको निधन भएको अस्पताल स्रोतले जनाएको छ ।  लामो समयदेखि सीता बिरामी अवस्थामा थिइन् । ६९ वर्षको उमेरमा उनको निधन भएको हो । सीता दाहाललाई […]

July 11, 2023
सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकोप्टर लामजुराडाँडामा दुर्घटनाग्रस्त

सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकोप्टर लामजुराडाँडामा दुर्घटनाग्रस्त भएको छ । सवार ६ जना मध्य ५ जना को शव निकालियो थप एक जना को खोजी कार्य जारी

November 7, 2022
ड्राइभिङ लाइसेन्स प्रिन्ट भयो वा भएन ? थाहा पाउने ३ तरिका

तपाईले स्मार्ट ड्राइभिङ लाइसेन्सका लागि आवेदन दिनुभएको छ ? यदि हो भने तपाईको लाइसेन्स प्रिन्ट हुने समय भयो कि भएन ? यी सबै कुरा थाहा पाउनका लागि अनलाइनबाट विभिन्न माध्यमको प्रयोग गर्न सकिन्छ । ती मध्ये सबैभन्दा सजिलो माध्यम चाहिं एसएमएस पठाउन सकिने माध्यम हो । आफ्नो मोबाइलबाट म्यासेज बक्समा गएर अंग्रेजी अल्फाबेट एल र […]

August 13, 2022
त्रिशुली नदीमा खस्यो ट्रक

चितवन - शनिबार बिहान करिब ९ बजेतिर त्रिशूली नदीमा एक ट्रक खसेको छ । इच्छाकामना गाउँपालिका – ५ स्थित नाग्दी खोला भन्ने ठाउँबाट एक इटा बोकेको ट्रक खसेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । ट्रकमा के कति सवार थिए भन्नेबारे खुलेको छैन । अहिले प्रहरीको टोली खोजीका लागि परिचालन भइसकेको बताइएको छ ।

IPO Result Check

" निरन्तर समाचारको संवाहक "

Beta version

Narayani Post

news@narayanipost.com
narayanipost24@gmail.com
चितवन, नेपाल  

जोडिनुहोस

copyright © narayanipost.com 
Headlines: 
linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram