NarayaniPost.com
शुक्रबार, फाल्गुन ११, २०८०

चितवनमा निषेधाज्ञाको चौंथो दिन, पालना सन्तोषजनक

नारायणी पोस्ट
सोमवार, बैशाख २०, २०७८

२०७८ बैशाख २० गते

चितवन । निषेधाज्ञाको चौथों दिन सोमवार आज पनि चितवनमा सुरक्षा व्यवस्था कडा पारिएको छ । चितवनमा मुख्य सडक र भित्री सडकमा चोक चोकमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति रहेको छ ।

अनावस्यक रुपमा सडकमा निस्किएका सर्वसाधारण र सवारी साधनलाई विहानै देखि होल्ड गरि राखिएको थियो । चितवनमा निषेधाज्ञाको चौँथो दिन आइपुग्दा पालना सन्तोषजनक रहेको चितवन प्रहरीले जनाएको छ । विस्तारै सर्वसाधारणले स्वास्थ्य मापदण्डको पालना गर्ने क्रम बढेको छ ।
कोरोना संक्रमणको जोखिम अत्याधिक रहेको चितवनमा बैसाख १६ गते मध्येरात देखि निषेधाज्ञा लागु गरिएको छ ।

कोरोना संक्रमणको चेन ब्रेक गर्न चितवनमा निषेधाज्ञा लगाइएको हो । अत्यावस्यक काम बाहेक बाहिर ननिस्कन र सरकारले जारी गरेको स्वास्थ्य सुरक्षा मापदण्ड पुर्णरुपमा पालना गर्न प्रहरीले सर्वसाधारणलाई आग्रह गरेको छ । निषेधाज्ञा उल्लंघन गरेको पाइएमा संक्रमण रोग ऐन २०२० अनुसार कारवाही गरिने प्रहरीले चेतावनी दिएको छ ।

कोरोनाको दोस्रो लहरमा चितवनमा संक्रमण दर उच्च रहेको छ । चितवनमा आइतवार मात्र ७८ जना कोरोना संक्रमित थपिएका थिए । स्वास्थ्य कार्यालय चितवनले दिएको जानकारी अनुसार चितवनमा २ सय २० नमुना परिक्षणमा ७८ जनामा संक्रमण पुष्टि भएको थियो ।

आन्य समाचारहरु:-
July 12, 2023
प्रधानमन्त्री पत्नी सीता दाहालको निधन

२७ असार २०८०प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधन भएको छ । उपचारको क्रममा उनको काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएको हो ।८ बजेर ३३ मिनेट जाँदा प्रधानमन्त्री पत्नी सीता दाहालको निधन भएको अस्पताल स्रोतले जनाएको छ ।  लामो समयदेखि सीता बिरामी अवस्थामा थिइन् । ६९ वर्षको उमेरमा उनको निधन भएको हो । सीता दाहाललाई […]

July 11, 2023
सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकोप्टर लामजुराडाँडामा दुर्घटनाग्रस्त

सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकोप्टर लामजुराडाँडामा दुर्घटनाग्रस्त भएको छ । सवार ६ जना मध्य ५ जना को शव निकालियो थप एक जना को खोजी कार्य जारी

November 7, 2022
ड्राइभिङ लाइसेन्स प्रिन्ट भयो वा भएन ? थाहा पाउने ३ तरिका

तपाईले स्मार्ट ड्राइभिङ लाइसेन्सका लागि आवेदन दिनुभएको छ ? यदि हो भने तपाईको लाइसेन्स प्रिन्ट हुने समय भयो कि भएन ? यी सबै कुरा थाहा पाउनका लागि अनलाइनबाट विभिन्न माध्यमको प्रयोग गर्न सकिन्छ । ती मध्ये सबैभन्दा सजिलो माध्यम चाहिं एसएमएस पठाउन सकिने माध्यम हो । आफ्नो मोबाइलबाट म्यासेज बक्समा गएर अंग्रेजी अल्फाबेट एल र […]

August 13, 2022
त्रिशुली नदीमा खस्यो ट्रक

चितवन - शनिबार बिहान करिब ९ बजेतिर त्रिशूली नदीमा एक ट्रक खसेको छ । इच्छाकामना गाउँपालिका – ५ स्थित नाग्दी खोला भन्ने ठाउँबाट एक इटा बोकेको ट्रक खसेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । ट्रकमा के कति सवार थिए भन्नेबारे खुलेको छैन । अहिले प्रहरीको टोली खोजीका लागि परिचालन भइसकेको बताइएको छ ।

IPO Result Check

" निरन्तर समाचारको संवाहक "

Beta version

Narayani Post

news@narayanipost.com
narayanipost24@gmail.com
चितवन, नेपाल  

जोडिनुहोस

copyright © narayanipost.com 
Headlines: 
linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram