NarayaniPost.com
शुक्रबार, फाल्गुन ११, २०८०

महिलालाई दुर्व्यवहार गरेको प्रहरी प्रमुख डीआईजी माथि आरोप

नारायणी पोस्ट
सोमवार, बैशाख २०, २०७८

२०७८ बैशाख २० गते

बुटवल । लुम्बिनी प्रदेशका केही महिला सांसदले आफूहरुमाथि प्रहरी प्रशासनले हातपात र दमन गरेको आरोप लगाएका छन् । सोमबार बुटवलमा आयोजित पत्रकार सम्मेलनमा उनीहरुले प्रदेश प्रमुखको कार्यालयमा प्रदेश प्रहरी प्रमुख डीआईजी रवीन्द्र धानुकले महिला सांसदमाथि हातपात गर्दै दुर्व्यवहार गरेको आरोप लगाए ।

डीआईजी धानुकको नेतृत्वमा महिला सांसद निर्मला क्षेत्री, फूलमति ढेगा, लौटी थारु, सुष्मा यादव, पुष्पा थरुनी, गीता थापामाथि हातपात भएको नेपाली काँग्रेसकी सचेतक निर्मला क्षेत्रीले बताइन् ।

‘प्रदेश प्रमुखको कार्यालयमा आइतबार साँझ अल्पमतमा परेका मुख्यमन्त्री शंकर पोखरेलको सपथ रोक्नका लागि हामीहरू धर्नामा थियौं,’ उनले भनिन्, ‘प्रहरी प्रमुख धानुकले महिला प्रहरी प्रयोग नगरी आफै हातपातमा लागे । महिला सांसदहरुको संवेदनशील अङ्गमा हातपात भएको छ, हातपात गर्ने प्रहरी प्रमुख धानुकलाई कारबाहीको माग राखेका छौं ।’

नेकपा माओवादी केन्द्रका सांसद दामा शर्माले प्रहरी प्रमुखले प्रदेश प्रमुखको कार्यालयमै महिला हिंसा गरेकाले आफूहरुले कानूनी उपचार खोज्ने बताइन् ।

मुख्यमन्त्रीको सपथ रोक्न धर्नामा बसेका महिला सांसदमाथि प्रदेश प्रहरी प्रमुख धानुकले बल प्रयोग र महिला हिंसा गरेकाले उनलाई निलम्बन गर्नुपर्ने नेपाली काँग्रेसका संसदीय दलका नेता वीरेन्द्र कनौडियाले बताए ।

विपक्षी गठबन्धनले शंकर पोखरेलविरुद्ध कानूनी र राजनीतिक लडाइँ लड्ने

लुम्बिनी प्रदेशको विपक्षी गठबन्धनले अल्पमतमा रहेको दलका नेतालाई मुख्यमन्त्रीमा नियुक्ति र सपथ गराइएको घटनाको कानूनी र राजनीतिक लडाइँ लड्ने प्रतिबद्धता जनाएको छ ।

सोमबार आयोजित संयुक्त पत्रकार सम्मेलनमा नेपाली काँग्रेसका संसदीय दलका नेता वीरेन्द्र कनौडियाले अल्पमतमा परेका मुख्यमन्त्री शंकर पोखरलाई कति दिन संसदबाट भाग्नुहुन्छ भन्दै प्रश्न गरे ।

उनले भने, ‘पोखरेल नेतृत्वको सरकार कति दिनसम्म टिक्छ ? संसदबाट कति दिन भाग्नुहुन्छ ? नीति, कार्यक्रम र बजेट ल्याउनु पर्ने होला नि ?’

केन्द्रमा केपी शर्मा ओलीको तानाशाही र लुुम्बिनीमा पोखरेलले तानाशाही लाद्न खोजेको उनको आरोप थियो । तानाशाहीलाई परास्त गरेरै छाड्ने प्रतिबद्धता जनाउँदै उनले संसदको सामना गर्न नसकेर पोखरेलले एकपछि अर्काे टिकडम अपनाएको आरोप लगाए ।

४२ सांसदको हस्ताक्षरसहित सरकारमा दावी पेश गर्दागर्दै ३७ जना सांसदको मात्रै समर्थन भएका पोखरेललाई प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गर्नुले लोकतन्त्रको हत्या र उपहास भएको विपक्षी गठन्धनको ठहर छ ।

आन्य समाचारहरु:-
July 12, 2023
प्रधानमन्त्री पत्नी सीता दाहालको निधन

२७ असार २०८०प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधन भएको छ । उपचारको क्रममा उनको काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएको हो ।८ बजेर ३३ मिनेट जाँदा प्रधानमन्त्री पत्नी सीता दाहालको निधन भएको अस्पताल स्रोतले जनाएको छ ।  लामो समयदेखि सीता बिरामी अवस्थामा थिइन् । ६९ वर्षको उमेरमा उनको निधन भएको हो । सीता दाहाललाई […]

July 11, 2023
सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकोप्टर लामजुराडाँडामा दुर्घटनाग्रस्त

सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकोप्टर लामजुराडाँडामा दुर्घटनाग्रस्त भएको छ । सवार ६ जना मध्य ५ जना को शव निकालियो थप एक जना को खोजी कार्य जारी

November 7, 2022
ड्राइभिङ लाइसेन्स प्रिन्ट भयो वा भएन ? थाहा पाउने ३ तरिका

तपाईले स्मार्ट ड्राइभिङ लाइसेन्सका लागि आवेदन दिनुभएको छ ? यदि हो भने तपाईको लाइसेन्स प्रिन्ट हुने समय भयो कि भएन ? यी सबै कुरा थाहा पाउनका लागि अनलाइनबाट विभिन्न माध्यमको प्रयोग गर्न सकिन्छ । ती मध्ये सबैभन्दा सजिलो माध्यम चाहिं एसएमएस पठाउन सकिने माध्यम हो । आफ्नो मोबाइलबाट म्यासेज बक्समा गएर अंग्रेजी अल्फाबेट एल र […]

August 13, 2022
त्रिशुली नदीमा खस्यो ट्रक

चितवन - शनिबार बिहान करिब ९ बजेतिर त्रिशूली नदीमा एक ट्रक खसेको छ । इच्छाकामना गाउँपालिका – ५ स्थित नाग्दी खोला भन्ने ठाउँबाट एक इटा बोकेको ट्रक खसेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । ट्रकमा के कति सवार थिए भन्नेबारे खुलेको छैन । अहिले प्रहरीको टोली खोजीका लागि परिचालन भइसकेको बताइएको छ ।

IPO Result Check

" निरन्तर समाचारको संवाहक "

Beta version

Narayani Post

news@narayanipost.com
narayanipost24@gmail.com
चितवन, नेपाल  

जोडिनुहोस

copyright © narayanipost.com 
Headlines: 
linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram