NarayaniPost.com
शुक्रबार, फाल्गुन ११, २०८०

ढुवानीका साधनमा अब स्टिकर टाँस्नु पर्ने

नारायणी पोस्ट
सोमवार, बैशाख २०, २०७८

२०७८ बैशाख २० गते

निषेधाज्ञाका बेला सञ्चालित खाद्यान्न, फलफूल तरकारी लगायतका अत्यावश्यक उपभोग्य वस्तु बोक्ने ढुवानीका सवारीहरूमा अब चालक र कामदार बाहेक अन्य व्यक्ति बस्न नपाउने भएका छन् । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको सक्रियतामा सोमबार बसेको निजी व्यवसायीहरुको प्रतिनिधि तथा छाता संगठनहरुको बैठकले यस्ता सवारी साधनहरुमा आवश्यक व्यक्तिहरुलाई मात्र गाडीमा बस्न दिने निर्णय गरेको हो ।

उक्त निर्णयसँगै बैठकले अबदेखि निषेधाज्ञामा सञ्चालन हुने प्रत्येक ढुवानीका साधनहरुले गाडीमा ढुवानीको प्रकृति उल्लेखित ब्यानर वा स्टिकर टाँस्नु पर्ने र गाडीमा कोको रहने हो सोको विवरण खुलाई जिल्ला प्रशासन कार्यालयमा पठाउनु पर्ने भएको छ ।

कोभिड–१९ को तिव्र संक्रमणका बीच निषेधाज्ञाको समयमा पनि स्वास्थ्य सुरक्षाको अधिकतम उपाय अपनाउँदै अत्यावश्यक वस्तुको आपूर्ति व्यवस्था सहज राख्न यस्तो व्यवस्था गरिएको मन्त्रालयले जनाएको छ ।

आन्य समाचारहरु:-
July 12, 2023
प्रधानमन्त्री पत्नी सीता दाहालको निधन

२७ असार २०८०प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधन भएको छ । उपचारको क्रममा उनको काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएको हो ।८ बजेर ३३ मिनेट जाँदा प्रधानमन्त्री पत्नी सीता दाहालको निधन भएको अस्पताल स्रोतले जनाएको छ ।  लामो समयदेखि सीता बिरामी अवस्थामा थिइन् । ६९ वर्षको उमेरमा उनको निधन भएको हो । सीता दाहाललाई […]

July 11, 2023
सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकोप्टर लामजुराडाँडामा दुर्घटनाग्रस्त

सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकोप्टर लामजुराडाँडामा दुर्घटनाग्रस्त भएको छ । सवार ६ जना मध्य ५ जना को शव निकालियो थप एक जना को खोजी कार्य जारी

November 7, 2022
ड्राइभिङ लाइसेन्स प्रिन्ट भयो वा भएन ? थाहा पाउने ३ तरिका

तपाईले स्मार्ट ड्राइभिङ लाइसेन्सका लागि आवेदन दिनुभएको छ ? यदि हो भने तपाईको लाइसेन्स प्रिन्ट हुने समय भयो कि भएन ? यी सबै कुरा थाहा पाउनका लागि अनलाइनबाट विभिन्न माध्यमको प्रयोग गर्न सकिन्छ । ती मध्ये सबैभन्दा सजिलो माध्यम चाहिं एसएमएस पठाउन सकिने माध्यम हो । आफ्नो मोबाइलबाट म्यासेज बक्समा गएर अंग्रेजी अल्फाबेट एल र […]

August 13, 2022
त्रिशुली नदीमा खस्यो ट्रक

चितवन - शनिबार बिहान करिब ९ बजेतिर त्रिशूली नदीमा एक ट्रक खसेको छ । इच्छाकामना गाउँपालिका – ५ स्थित नाग्दी खोला भन्ने ठाउँबाट एक इटा बोकेको ट्रक खसेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । ट्रकमा के कति सवार थिए भन्नेबारे खुलेको छैन । अहिले प्रहरीको टोली खोजीका लागि परिचालन भइसकेको बताइएको छ ।

IPO Result Check

" निरन्तर समाचारको संवाहक "

Beta version

Narayani Post

news@narayanipost.com
narayanipost24@gmail.com
चितवन, नेपाल  

जोडिनुहोस

copyright © narayanipost.com 
Headlines: 
linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram