NarayaniPost.com
शुक्रबार, फाल्गुन ११, २०८०

एनआईसी एसिया बैंकद्वारा महामारीमा पनि चर्को ब्याज असुली

नारायणी पोस्ट
मङ्लबार, बैशाख २१, २०७८

२०७८ वैशाख २१ गते

काठमाडौं । एनआईसी एसिया बैंकले कोरोना महामारीका बेलामा पनि ऋणीबाट निकै चर्को ब्याज असुल गरेको पाइएको छ । लघुवित्तले अत्यधिक ब्याजदर लिने गरेको भन्दै आलोचना हुादै गरेको छ ।

तर एनआईसी एसिया बैंकले कोरोना महामारीकै बेला पनि लघुवित्त भन्दा पनि चर्को ब्याज असुल गर्ने पाइएको हो । बैंकले घर कर्जामा करिब १६ प्रतिशत ब्याजदर लिने गरेको पाइएको छ । सवारी साधनका लागि लगानी भएको कर्जामा पनि बैंकले करिब १५ प्रतिशत ब्याजदर लिने गरेको पाइएको छ ।

नेपाल राष्ट्र बैंकको निर्देशनको समेत धज्जी उडाउादै बैंकले आफ्नो पुराना ऋणीलाई २०७८ सालदेखि ब्याजदर बढेको भन्दै पत्र काटेको छ । ‘मैले एनआईसी एसिया बैंकको विराटनगर शाखाबाट घर कर्जा लिएको थिएा, ब्याजदर बढेको भनेर चिठ्ठी आएछ’ बैंकका एक ग्राहकले भने, ‘खोलेर हेर्दा १५.७० प्रतिशत पुगेको देखेर म त अचम्ममा परेा ।’

कोरोना कतिपय बैंकहरुले आधार दर वा आधार दरमा थोरै प्रतिशतमात्रै पि्रमियम जोडेर ऋण लगानी गर्ने गरेका छन् । एनआईसी एसिया बैंकको चैत मसान्तसम्म आधार दर ६.७७ प्रतिशत रहेको छ । आधारदरमा ९ प्रतिशत भन्दा धेरै प्रिमियम जोडेर बैंकले ब्याजदर बढेको भन्दै पत्राचार गरेको छ ।

बैंकको ब्याजदर बढ्ने मूख्य कारक नै आधार दर हो । एनआईसी एसिया बैंकको अघिल्लो वर्षको चैत मसान्तमा आधार दर ९.६१ थियो । अर्थात् पहिलेभन्दा अहिले आधार दर घटेको छ । आधार दर घट्दा ब्याजदर पनि घट्नुपर्नेमा अझ अस्वभाविक रुपले बढाएर ऋणीसाग ब्याज असुल उपर गर्ने गरेको हो ।

अहिले लघुवित्तहरुले नै १४ देखि १५ प्रतिशतसम्म ब्याजदरमा ऋण लगानी गर्ने गरेका छन् । महामारीको मौका छोपी ‘क’ वर्गको एनआईसी एसिया बैंकले भने यतिधेरै ब्याजदर असुलेर आफूलाई तनाब दिएको ति ऋणी बताउाछन् ।

पीडित भन्छन्- न्यायका लागि प्रधानमन्त्रीसम्म पुग्छौं

एनआईसी एसिया बैंकको विराटनगर शाखाबाट मात्रै धेरै जना ऋणीलाई अति महागो ब्याजदर लिने गरेको पाइएको छ । सम्पर्कमा आएका केहिले आफ्नो नाम खुलाउन चाहेका छैनन् ।

विराटनगर शाखाबाटै घर कर्जा लिएका दिनेश सुवेदीले भने आफूलाई बैंकले अन्याय गरेको बताए । उनलाई पनि बैंकले घर कर्जाम्ाा करिब १६ प्रतिशतसम्म ब्याजदर पुगेको भन्दै चिठी थमाएको छ । यो कुरो बाहिर आएपछि बैंकले ब्याजदर घटाउने आश्वासन समेत दिएको उनले बताए । तर, अहिलेसम्म कार्यान्वयन भने नभएको उनको गुनासो छ ।

‘म मात्रै होइन म जस्ता पीडित धेरै हुनुहुन्छ, मैले बोले पछि अरु धेरै जनाले बोल्छु भन्नु भएको छ’ सुवेदी भन्छन् ।

बैंकले अति नै अन्याय गरेको भन्दै उनले न्यायका लागि नेपाल राष्ट्र बैंकदेखि प्रधानमन्त्री कार्यालयसम्म जाने योजना बनाएको सुनाए । यस्तो महामारीका बेला पनि अत्यधिक चर्को ब्याजदर लिएर तनाब दिएको भन्दै उनले कारवाहीका लागि सरकारलाई गुहार्ने बताए । ‘हामी केही दिनमै राष्ट्र बैंकसाग मात्रै होइन, कारबाहीका लागि प्रधानमन्त्री कार्यालयसम्मै पुग्छौं, यो हाम्रो विवसता हो’ उनले भने ।

बैंक के भन्छ त ?

बैंकको विराटनगर शाखका प्रमुख सञ्जिवकुमार दाहालले आफ्नो ऋणीलाई ब्याजदर बढेको भनेर पत्राचार गरेको स्वीकार गरे । तर, कोरोना महामारीका कारण आफू अहिले बिदामा रहेको बताएका उनले थप कुरा भने गर्न मानेनन् ।

‘कुन ग्राहकको हो के हो ? म अहिले विदामा छु, पछि अफिस गएपछि मात्रै हेर्न सकिन्छ’ उनले छोटो जवाफ फर्काए ।

नेपाल राष्ट्र बैंकमा भने यसको गुनसो पुगिसकेको छैन । वाणिज्य बैंकले १६ प्रतिशतसम्म ब्याजदर लिनु अच्काली नै भएको उनले बताए ।

‘त्यत्रो अच्काली त नहुनु पर्ने हो, तर यत्तिकै अहिले बोल्न सक्ने कुरा भएन’ राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकालले भने, ‘पहिले के हो सत्यतथ्य कुरा हेर्नु पर्छ, हामीकहाा उजुरी पर्‍यो भने हामी आवश्यक कारवाही अघि बढाइहाल्छौं ।’

आन्य समाचारहरु:-
July 12, 2023
प्रधानमन्त्री पत्नी सीता दाहालको निधन

२७ असार २०८०प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधन भएको छ । उपचारको क्रममा उनको काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएको हो ।८ बजेर ३३ मिनेट जाँदा प्रधानमन्त्री पत्नी सीता दाहालको निधन भएको अस्पताल स्रोतले जनाएको छ ।  लामो समयदेखि सीता बिरामी अवस्थामा थिइन् । ६९ वर्षको उमेरमा उनको निधन भएको हो । सीता दाहाललाई […]

July 11, 2023
सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकोप्टर लामजुराडाँडामा दुर्घटनाग्रस्त

सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकोप्टर लामजुराडाँडामा दुर्घटनाग्रस्त भएको छ । सवार ६ जना मध्य ५ जना को शव निकालियो थप एक जना को खोजी कार्य जारी

November 7, 2022
ड्राइभिङ लाइसेन्स प्रिन्ट भयो वा भएन ? थाहा पाउने ३ तरिका

तपाईले स्मार्ट ड्राइभिङ लाइसेन्सका लागि आवेदन दिनुभएको छ ? यदि हो भने तपाईको लाइसेन्स प्रिन्ट हुने समय भयो कि भएन ? यी सबै कुरा थाहा पाउनका लागि अनलाइनबाट विभिन्न माध्यमको प्रयोग गर्न सकिन्छ । ती मध्ये सबैभन्दा सजिलो माध्यम चाहिं एसएमएस पठाउन सकिने माध्यम हो । आफ्नो मोबाइलबाट म्यासेज बक्समा गएर अंग्रेजी अल्फाबेट एल र […]

August 13, 2022
त्रिशुली नदीमा खस्यो ट्रक

चितवन - शनिबार बिहान करिब ९ बजेतिर त्रिशूली नदीमा एक ट्रक खसेको छ । इच्छाकामना गाउँपालिका – ५ स्थित नाग्दी खोला भन्ने ठाउँबाट एक इटा बोकेको ट्रक खसेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । ट्रकमा के कति सवार थिए भन्नेबारे खुलेको छैन । अहिले प्रहरीको टोली खोजीका लागि परिचालन भइसकेको बताइएको छ ।

IPO Result Check

" निरन्तर समाचारको संवाहक "

Beta version

Narayani Post

news@narayanipost.com
narayanipost24@gmail.com
चितवन, नेपाल  

जोडिनुहोस

copyright © narayanipost.com 
Headlines: 
linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram