NarayaniPost.com
मङ्लबार, जेष्ठ २२, २०८१

खुट्टामा बाँधेर ल्याउँदै गरेको ११ लाख बढी रुपैयाँसहित दुईजना पक्राउ

नारायणी पोस्ट
मङ्लबार, बैशाख २१, २०७८

२०७८ बैशाख २१ गते

विराटनगर : सशस्त्र प्रहरीले खुट्टामा बाँधेर भारततिरबाट ल्याउँदै गरेको ११ लाख ५० हजार नेपाली रुपैयाँसहित दुईजनालाई विराटनगरबाट पक्राउ गरेको छ । कोरोना महामारीका कारण नेपाल–भारत सीमा नाका सिल गरिएको अवस्थामा चोर बाटो हुँदै अलग–अलग समयमा नेपाल प्रवेश गरेका दुई जनालाई नियन्त्रणमा लिएर शरीर खानतलासी गर्दा स्रोत खुल्न नसकेको नेपाली रुपैयाँ बरामद भएको हो ।

विराटनगर महानगरपालिका–१६ शान्ति टोलका २३ वर्षीय अमोद यादव र विराटनगर–१५ हड्तालीहाटमा बसोबास गर्दै आएका भारतीय नागरिक १८ वर्षीय अभिषेक चौधरीलाई अवैध रुपैयाँसहित पक्राउ गरिएको सशस्त्र प्रहरी बल मोरङका प्रवक्ता डीएसपी नवीनसिंह राईले जानकारी दिए ।

उनका अनुसार प्रारम्भिक अनुसन्धानबाट दुवै जना अवैध ढंगले पैसाको कारोबार गर्ने व्यक्तिहरु भएको खुलेको छ । रातको समयमा विराटनगर–१६ दरैयास्थित सीमाक्षेत्र हुँदै भारतबाट नेपाल प्रवेश गर्दै गरेको अवस्थामा यादव र चौधरीलाई अलग–अलग समयमा पक्राउ गरिएको डीएसपी राईले बताए ।

पक्राउ परेकामध्ये चौधरी भारत कटिहार नगरपञ्चायत–४४ नयाँटोलका बासिन्दा हुन् । अवैध बाटो हुँदै भारतबाट नेपाली रुपैयाँ नेपाल र नेपालबाट भारतीय रुपैयाँ भारततर्फ ल्याउने एवं लैजाने गिरोह सक्रिय रहेका कारण नियन्त्रणमा लिन विशेष टोली परिचालन गरिएको सशस्त्र प्रहरी बल मोरङका प्रमुख एसपी तीर्थ पौडेलले बताए ।

उनका अनुसार पक्राउ परेका यादवको साथबाट पाँच लाख र चौधरीका साथबाट छ लाख ५० हजार नेपाली रुपैयाँ बरामद भएको छ । दुवै खुट्टाको घुँडा मुनीको भागमा निक्यापमा पाँच सय दरका गड्डीहरू बाँधेर उनीहरु नेपाल प्रवेश गरेको पाइएको एसपी पौडेलले बताए । उनका अनुसार दुवै जनालाई एन्टिजेन परीक्षणपछि सोमबारसाँझ आवश्यक कारबाहीका लागि विराटनगर भन्सार कार्यालयमा बुझाइएको छ ।

एसपी पौडेलले पक्राउ परेका युवाहरू नेपाल तथा भारत दुवैतर्फ रहेका अवैध हुन्डी कारोबारीका भरिया हुनसक्छन् । अवैध बाटो हुँदै भारतबाट नेपाली रुपैयाँ नेपाल र नेपालबाट भारतीय रुपैयाँ भारत लाने गिरोह नै सक्रिय रहेको पाइएपछि सीमा क्षेत्रमा निगरानी बढाएर कडाई गरिएको जानकारी उनले दिए । भन्सार कार्यालयले कानुनी कारबाहीका लागि बरामद रकम जफत गरेर थप प्रक्रिया अघि बढाउने भएको छ ।

सशस्त्र प्रहरी बल प्रदेश १ का प्रमुख डीआईजी वंशीराज दाहालले नेपाल–भारत सीमा क्षेत्रबाट हुने अवैध गतिविधी एवं आवतजावत नियन्त्रणमा लिन विशेष टोली नै परिचालन गरेका छन् । चोरी–तस्करी, सीमा सुरक्षा एवं अवैध आवतजावत रोक्नका लागि उनले मातहतका सबै युनिटलाई आवश्यक निर्देशन पनि दिएका छन् । डीआईजी दाहालले सबै खालका अवैध गतिविधि रोक्न र त्यसमा संलग्नलाई तत्काल नियन्त्रणमा लिन कुनै पनि सम्झौता हुनै नसक्ने स्पष्ट पारेका छन् ।

आन्य समाचारहरु:-
July 12, 2023
प्रधानमन्त्री पत्नी सीता दाहालको निधन

२७ असार २०८०प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधन भएको छ । उपचारको क्रममा उनको काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएको हो ।८ बजेर ३३ मिनेट जाँदा प्रधानमन्त्री पत्नी सीता दाहालको निधन भएको अस्पताल स्रोतले जनाएको छ ।  लामो समयदेखि सीता बिरामी अवस्थामा थिइन् । ६९ वर्षको उमेरमा उनको निधन भएको हो । सीता दाहाललाई […]

July 11, 2023
सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकोप्टर लामजुराडाँडामा दुर्घटनाग्रस्त

सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकोप्टर लामजुराडाँडामा दुर्घटनाग्रस्त भएको छ । सवार ६ जना मध्य ५ जना को शव निकालियो थप एक जना को खोजी कार्य जारी

November 7, 2022
ड्राइभिङ लाइसेन्स प्रिन्ट भयो वा भएन ? थाहा पाउने ३ तरिका

तपाईले स्मार्ट ड्राइभिङ लाइसेन्सका लागि आवेदन दिनुभएको छ ? यदि हो भने तपाईको लाइसेन्स प्रिन्ट हुने समय भयो कि भएन ? यी सबै कुरा थाहा पाउनका लागि अनलाइनबाट विभिन्न माध्यमको प्रयोग गर्न सकिन्छ । ती मध्ये सबैभन्दा सजिलो माध्यम चाहिं एसएमएस पठाउन सकिने माध्यम हो । आफ्नो मोबाइलबाट म्यासेज बक्समा गएर अंग्रेजी अल्फाबेट एल र […]

August 13, 2022
त्रिशुली नदीमा खस्यो ट्रक

चितवन - शनिबार बिहान करिब ९ बजेतिर त्रिशूली नदीमा एक ट्रक खसेको छ । इच्छाकामना गाउँपालिका – ५ स्थित नाग्दी खोला भन्ने ठाउँबाट एक इटा बोकेको ट्रक खसेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । ट्रकमा के कति सवार थिए भन्नेबारे खुलेको छैन । अहिले प्रहरीको टोली खोजीका लागि परिचालन भइसकेको बताइएको छ ।

IPO Result Check

" निरन्तर समाचारको संवाहक "

Beta version

Narayani Post

news@narayanipost.com
narayanipost24@gmail.com
चितवन, नेपाल  

जोडिनुहोस

copyright © narayanipost.com 
Headlines: 
linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram