NarayaniPost.com
शुक्रबार, फाल्गुन ११, २०८०

उपनिर्वाचनको लागि आज उम्मेदवारी मनोनयन दर्ता हुँदै

नारायणी पोस्ट
शुक्रबार, बैशाख २४, २०७८

२०७८ बैशाख २४ गते

काठमाडौं । जेठ ६ गते हुने राष्ट्रिय सभा सदस्यको उपनिर्वानका लागि आज उम्मेदवारी मनोनयन दर्ता गरिँदै छ । बिहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म उम्मेदवारी दर्ताको समय निर्वाचन आयोगले दिएको छ। उम्मेदवारको नामावली आजै प्रकाशन गर्ने तयारी छ।

उम्मेदवारीको लागि विपक्षी संयुक्त गठबन्धनले एमालेका युवा नेता खिमलाल देवकोटालाई साझा उम्मेदवार बनाउने निर्णय गरेको छ । जसको लागि उम्मेदवारी दिन देवकोटा हेटौंडा पुगिसकेका छन्।

तर सत्तारूढ नेकपा एमालेले अझै उम्मेदवारको टुंगो लगाएको छैन । विपक्षीको गठबन्धनपछि जितको बलियो सम्भावना छ । जसले गर्दा रामबहादुर थापा बादलले उम्मेदवारी दिन मानिरहेका छैनन् ।

माओवादी केन्द्र छाडेर एमाले प्रवेश गर्ने बेला गृहमन्त्री बादलले हार्ने चुनाव नलड्ने बताएका छन् ।

०७४ सालको निर्वाचनमा नेकपा माओवादी केन्द्रका तर्फबाट बादल यो क्षेत्रबाट निर्वाचित भएका थिए ।

माओवादी केन्द्रले बादललाई राष्ट्रिय सभा सदस्य पदबाट निलम्बन गरेपछि प्रधानमन्त्रीले उनको स्थानमा उपचुनाव गर्ने निर्णय गरेका थिए । सोही अनुसार जेठ ६ गते राष्ट्रिय सभा सदस्यको उपनिर्वाचन हुँदैछ ।

आन्य समाचारहरु:-
July 12, 2023
प्रधानमन्त्री पत्नी सीता दाहालको निधन

२७ असार २०८०प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधन भएको छ । उपचारको क्रममा उनको काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएको हो ।८ बजेर ३३ मिनेट जाँदा प्रधानमन्त्री पत्नी सीता दाहालको निधन भएको अस्पताल स्रोतले जनाएको छ ।  लामो समयदेखि सीता बिरामी अवस्थामा थिइन् । ६९ वर्षको उमेरमा उनको निधन भएको हो । सीता दाहाललाई […]

July 11, 2023
सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकोप्टर लामजुराडाँडामा दुर्घटनाग्रस्त

सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकोप्टर लामजुराडाँडामा दुर्घटनाग्रस्त भएको छ । सवार ६ जना मध्य ५ जना को शव निकालियो थप एक जना को खोजी कार्य जारी

November 7, 2022
ड्राइभिङ लाइसेन्स प्रिन्ट भयो वा भएन ? थाहा पाउने ३ तरिका

तपाईले स्मार्ट ड्राइभिङ लाइसेन्सका लागि आवेदन दिनुभएको छ ? यदि हो भने तपाईको लाइसेन्स प्रिन्ट हुने समय भयो कि भएन ? यी सबै कुरा थाहा पाउनका लागि अनलाइनबाट विभिन्न माध्यमको प्रयोग गर्न सकिन्छ । ती मध्ये सबैभन्दा सजिलो माध्यम चाहिं एसएमएस पठाउन सकिने माध्यम हो । आफ्नो मोबाइलबाट म्यासेज बक्समा गएर अंग्रेजी अल्फाबेट एल र […]

August 13, 2022
त्रिशुली नदीमा खस्यो ट्रक

चितवन - शनिबार बिहान करिब ९ बजेतिर त्रिशूली नदीमा एक ट्रक खसेको छ । इच्छाकामना गाउँपालिका – ५ स्थित नाग्दी खोला भन्ने ठाउँबाट एक इटा बोकेको ट्रक खसेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । ट्रकमा के कति सवार थिए भन्नेबारे खुलेको छैन । अहिले प्रहरीको टोली खोजीका लागि परिचालन भइसकेको बताइएको छ ।

IPO Result Check

" निरन्तर समाचारको संवाहक "

Beta version

Narayani Post

news@narayanipost.com
narayanipost24@gmail.com
चितवन, नेपाल  

जोडिनुहोस

copyright © narayanipost.com 
Headlines: 
linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram