NarayaniPost.com
शुक्रबार, जेष्ठ ११, २०८१

सैनिक शासनविरूद्ध बन्दुक बोकिन् म्यानमारकी यी सुन्दरीले

नारायणी पोस्ट
सोमवार, जेष्ठ ३, २०७८

२०७८ जेठ ३ गते

म्यानमारमा एक जना सुन्दरीले सैनिक शासनविरूद्ध विद्रोह गर्न बन्दुक बोकेकी छन्। सन् २०१३ मा थाइल्यान्डमा भएको मिस ग्रान्ड इन्टरनेशनलमा म्यानमारका तर्फबाट भाग लिएकी ३२ वर्षीया तार तेट तेट आदिवासी विद्रोही समूहसँग जोडिएकी हुन्। उनले जंगलमा राइफल बोकिरहेका आफ्ना तस्बिरहरू सामाजिक सञ्जालमा पोष्ट गरेकी छन्।

'सेनाविरूद्ध लड्ने समय आइसकेको छ,’ उनले फेसबुकमा लेखेकी छन्,‘तपाईंले हतियार समात्नुस्, कलम वा किबोर्ड वा प्रजातान्त्रिक आन्दोलनका लागि चन्दा दिनुस्। आन्दोलनलाई सफल पार्न सबैले आफ्नो भूमिका निर्वाह गर्नैपर्छ।'

ट्वीटरमा उनले चे ग्वोभाराको 'क्रान्ति पाकेको स्याउजस्तो आफैं झर्दैन हामीले गर्नुपर्छ' भन्ने भनाइ राखेर आफ्ना तस्बिरहरू राखेकी छन्।

तेटले आफूले क्रान्तिका लागि सकेजति सबै गर्ने र ज्यान दिनु पर्ने भए पनि पछि नहट्ने बताएकी छन्।

म्यानमारको सेनाले गत फेब्रुअरी १ मा नोभेम्बरको चुनावमा धाँधली भएको आरोप लगाउँदै नागरिक सरकारलाई अपदस्त गरेर सत्ता हत्याएको थियो। प्रजातन्त्रवादी नेतृ आङ सान सूचीलगायत पूर्वराष्ट्रपति र अन्य अधिकारीहरूलाई नियन्त्रणमा लिएको सेनाले त्यसयता भएका विरोध प्रदर्शनमा सयौं नागरिकको गोली हानी हत्या गरेको छ। अहिलेसम्म ७८३ जनाको मृत्यु भएको छ भने ३ हजार ८ सयभन्दा बढीलाई सेनाले पक्राउ गरेको छ।

पछिल्लो समय म्यानमारका विभिन्न आदिवासी विद्रोही समूहले सैनिक शासनविरूद्ध सैन्य आक्रमण थालेका छन्। कतिपय नागरिकहरू सैनिक शासनविरूद्ध लड्न त्यस्ता विद्रोही समूहसँग तालिम लिन पनि गएका छन्। तेट कुन समूहसँग गइन् भन्नेचाहिँ खुलेको छैन।

आन्य समाचारहरु:-
July 12, 2023
प्रधानमन्त्री पत्नी सीता दाहालको निधन

२७ असार २०८०प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधन भएको छ । उपचारको क्रममा उनको काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएको हो ।८ बजेर ३३ मिनेट जाँदा प्रधानमन्त्री पत्नी सीता दाहालको निधन भएको अस्पताल स्रोतले जनाएको छ ।  लामो समयदेखि सीता बिरामी अवस्थामा थिइन् । ६९ वर्षको उमेरमा उनको निधन भएको हो । सीता दाहाललाई […]

July 11, 2023
सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकोप्टर लामजुराडाँडामा दुर्घटनाग्रस्त

सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकोप्टर लामजुराडाँडामा दुर्घटनाग्रस्त भएको छ । सवार ६ जना मध्य ५ जना को शव निकालियो थप एक जना को खोजी कार्य जारी

November 7, 2022
ड्राइभिङ लाइसेन्स प्रिन्ट भयो वा भएन ? थाहा पाउने ३ तरिका

तपाईले स्मार्ट ड्राइभिङ लाइसेन्सका लागि आवेदन दिनुभएको छ ? यदि हो भने तपाईको लाइसेन्स प्रिन्ट हुने समय भयो कि भएन ? यी सबै कुरा थाहा पाउनका लागि अनलाइनबाट विभिन्न माध्यमको प्रयोग गर्न सकिन्छ । ती मध्ये सबैभन्दा सजिलो माध्यम चाहिं एसएमएस पठाउन सकिने माध्यम हो । आफ्नो मोबाइलबाट म्यासेज बक्समा गएर अंग्रेजी अल्फाबेट एल र […]

August 13, 2022
त्रिशुली नदीमा खस्यो ट्रक

चितवन - शनिबार बिहान करिब ९ बजेतिर त्रिशूली नदीमा एक ट्रक खसेको छ । इच्छाकामना गाउँपालिका – ५ स्थित नाग्दी खोला भन्ने ठाउँबाट एक इटा बोकेको ट्रक खसेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । ट्रकमा के कति सवार थिए भन्नेबारे खुलेको छैन । अहिले प्रहरीको टोली खोजीका लागि परिचालन भइसकेको बताइएको छ ।

IPO Result Check

" निरन्तर समाचारको संवाहक "

Beta version

Narayani Post

news@narayanipost.com
narayanipost24@gmail.com
चितवन, नेपाल  

जोडिनुहोस

copyright © narayanipost.com 
Headlines: 
linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram