NarayaniPost.com
मङ्लबार, फाल्गुन १५, २०८०

अमेरिकामा १५ लाख आमाले जागिर छोडन बाद्य

नारायणी पोस्ट
सोमवार, जेष्ठ १०, २०७८

२०७८ जेठ १० गते

कोरोना संकटले संसारभरीका आमा–बुवाको जीवन फेरिदिएको छ । स्कूल र कामकाजका स्थल बन्द हुँदाको असर सबैभन्दा बढी असर आमा–बुवामाथि परेको छ । विशेषगरी यसबाट आमा बढी प्रभावित भइरहेका छन् । अमेरिकाको जनवरी सन् २०२१ सम्म यो आँकडा चिन्ताजनक छ ।

सन् २०२० मा अमेरिकामा १३ वर्षभन्दा कम उमेरका बच्चाका १५ लाख आमा (८ प्रतिशत) ले आफ्नो जागिर छोड्नुपर्यो जबकी सामान्य कामकाजी महिलाको मामिलामा यो आँकडा ५.३ प्रतिशत छ । यसैगरी १३ वर्षभन्दा कम उमेरका बच्चा भएका ५.६ प्रतिशत पिताले काम छोड्नु पर्यो ।

अमेरिकन साइकोलोजिकल असोसिएसन (एपीए) का अनुसार अमेरिकामा कोरोना संकटका बेला आमा–बुवा अन्य मानिसहरुको तुलनामा बढी समस्यामा छन् । यूनिभर्सिटी कलेज लण्डनसँग जोडिएका एलिस पोलले बेलायतमा थुप्रै आमा–बुवा उच्च स्तरको चिन्ता, तनाव र डिप्रेसनसँग जुधिरहेका छन् । परिवारको आर्थिक स्थितिमा गिरावट हुँदा परिवारमा थप चिन्ता परेको छ ।

उता जर्मनीको क्याथरिना बोशे व्यावसायिक रुपमा वकिल हुन् र तीन सन्तानकी आमा हुन् । उनी भन्छिन्, ‘केही दिनभित्रै सबैकुरा हातबाट निस्कियो । छोरीहरुको स्कूल १४ महिनासम्म बन्द भयो । केही समयका लागि ती खुले पनि । तर यसले हाम्रो दिनचर्या पूर्ण रुपमा फेरिदियो । छोरीहरुलाई अनलाइन कक्षामा मद्दत गर्नुपर्छ । आफ्नो कामका लागि शान्तिपूर्ण समयको आवश्यकता छ । यस्तोमा म अबेर राती वा बिहान ४ बजेदेखि ८ बजेबीच काम गर्दथेँ ।’ एजेन्सी

आन्य समाचारहरु:-
July 12, 2023
प्रधानमन्त्री पत्नी सीता दाहालको निधन

२७ असार २०८०प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधन भएको छ । उपचारको क्रममा उनको काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएको हो ।८ बजेर ३३ मिनेट जाँदा प्रधानमन्त्री पत्नी सीता दाहालको निधन भएको अस्पताल स्रोतले जनाएको छ ।  लामो समयदेखि सीता बिरामी अवस्थामा थिइन् । ६९ वर्षको उमेरमा उनको निधन भएको हो । सीता दाहाललाई […]

July 11, 2023
सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकोप्टर लामजुराडाँडामा दुर्घटनाग्रस्त

सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकोप्टर लामजुराडाँडामा दुर्घटनाग्रस्त भएको छ । सवार ६ जना मध्य ५ जना को शव निकालियो थप एक जना को खोजी कार्य जारी

November 7, 2022
ड्राइभिङ लाइसेन्स प्रिन्ट भयो वा भएन ? थाहा पाउने ३ तरिका

तपाईले स्मार्ट ड्राइभिङ लाइसेन्सका लागि आवेदन दिनुभएको छ ? यदि हो भने तपाईको लाइसेन्स प्रिन्ट हुने समय भयो कि भएन ? यी सबै कुरा थाहा पाउनका लागि अनलाइनबाट विभिन्न माध्यमको प्रयोग गर्न सकिन्छ । ती मध्ये सबैभन्दा सजिलो माध्यम चाहिं एसएमएस पठाउन सकिने माध्यम हो । आफ्नो मोबाइलबाट म्यासेज बक्समा गएर अंग्रेजी अल्फाबेट एल र […]

August 13, 2022
त्रिशुली नदीमा खस्यो ट्रक

चितवन - शनिबार बिहान करिब ९ बजेतिर त्रिशूली नदीमा एक ट्रक खसेको छ । इच्छाकामना गाउँपालिका – ५ स्थित नाग्दी खोला भन्ने ठाउँबाट एक इटा बोकेको ट्रक खसेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । ट्रकमा के कति सवार थिए भन्नेबारे खुलेको छैन । अहिले प्रहरीको टोली खोजीका लागि परिचालन भइसकेको बताइएको छ ।

IPO Result Check

" निरन्तर समाचारको संवाहक "

Beta version

Narayani Post

news@narayanipost.com
narayanipost24@gmail.com
चितवन, नेपाल  

जोडिनुहोस

copyright © narayanipost.com 
Headlines: 
linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram