NarayaniPost.com
मङ्लबार, फाल्गुन १५, २०८०

जातिय गालीगलौज गर्दै चितवनमा एक युवा माथि कुटपिट

नारायणी पोस्ट
मङ्लबार, जेष्ठ ११, २०७८

२०७८ जेठ ११ गते

चितवन । राप्ती नगरपालिका वडा न ०९ को मिलबजार स्थित एक युवा माथी कुटपिट भएको छ । सोमबार स्थानीय कल्पना परियार आफ्नो बाटो हिड्दै गर्दा छिमेकी सेते नाम गरेका ब्यक्तिले जातिय गाली गलौज गर्दै अभद्र व्यबहार गरेको र त्यसपछिको विवादमा श्रेष्ठको छोरा राजकुमार श्रेष्ठ आइ कल्पना परियारको छोरा माथी कुटपिट गरेको र कुटपिटबाट अमृत परियारको हातको कुमको जोर्नी भाचिएको कल्पना परियारले जानकारी दिनुभयो । हाल घाइते परियारको भरतपुर स्थित अलाइभ हस्पिटल एन्ड ट्रमा सेन्टरमा उपचार भैरहेको छ ।

बिगतको दिनमा पनि श्रेष्ठको परिबारले परियारको परियारको परिबारमाथि अनाबश्यक गाली , गलौज गर्ने , धम्की दिने गरेको स्थानीय सिताराम परियारले जानकारी दिनुभयो । नेकपा एमालेकि महिला नेतृ एबम राप्ती नगरपालिकाकि कार्यपालिका सदस्य आइतिदेबि दराइले घटनाको निन्दा गर्नुभयो । दराइले भन्नुभयो घटना क्षमा गर्न नसकिने खालको भएको बताउनुभयो ।

यसैबिच राप्ती नगर स्तरिय दलित समन्वय समितिले पनि घटनाको भत्सर्ना गरेको छ दोषी उपर सजायको माग पनि गरेको छ । मंगलबारनै पीडित कल्पना परियारले श्रेष्ठ बाबुछोराको नाममा इलाका प्रहरी कार्यलय भण्डारामा उजुरी दर्ता गराएकी छिन ।

आन्य समाचारहरु:-
July 12, 2023
प्रधानमन्त्री पत्नी सीता दाहालको निधन

२७ असार २०८०प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधन भएको छ । उपचारको क्रममा उनको काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएको हो ।८ बजेर ३३ मिनेट जाँदा प्रधानमन्त्री पत्नी सीता दाहालको निधन भएको अस्पताल स्रोतले जनाएको छ ।  लामो समयदेखि सीता बिरामी अवस्थामा थिइन् । ६९ वर्षको उमेरमा उनको निधन भएको हो । सीता दाहाललाई […]

July 11, 2023
सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकोप्टर लामजुराडाँडामा दुर्घटनाग्रस्त

सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकोप्टर लामजुराडाँडामा दुर्घटनाग्रस्त भएको छ । सवार ६ जना मध्य ५ जना को शव निकालियो थप एक जना को खोजी कार्य जारी

November 7, 2022
ड्राइभिङ लाइसेन्स प्रिन्ट भयो वा भएन ? थाहा पाउने ३ तरिका

तपाईले स्मार्ट ड्राइभिङ लाइसेन्सका लागि आवेदन दिनुभएको छ ? यदि हो भने तपाईको लाइसेन्स प्रिन्ट हुने समय भयो कि भएन ? यी सबै कुरा थाहा पाउनका लागि अनलाइनबाट विभिन्न माध्यमको प्रयोग गर्न सकिन्छ । ती मध्ये सबैभन्दा सजिलो माध्यम चाहिं एसएमएस पठाउन सकिने माध्यम हो । आफ्नो मोबाइलबाट म्यासेज बक्समा गएर अंग्रेजी अल्फाबेट एल र […]

August 13, 2022
त्रिशुली नदीमा खस्यो ट्रक

चितवन - शनिबार बिहान करिब ९ बजेतिर त्रिशूली नदीमा एक ट्रक खसेको छ । इच्छाकामना गाउँपालिका – ५ स्थित नाग्दी खोला भन्ने ठाउँबाट एक इटा बोकेको ट्रक खसेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । ट्रकमा के कति सवार थिए भन्नेबारे खुलेको छैन । अहिले प्रहरीको टोली खोजीका लागि परिचालन भइसकेको बताइएको छ ।

IPO Result Check

" निरन्तर समाचारको संवाहक "

Beta version

Narayani Post

news@narayanipost.com
narayanipost24@gmail.com
चितवन, नेपाल  

जोडिनुहोस

copyright © narayanipost.com 
Headlines: 
linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram