NarayaniPost.com
मङ्लबार, फाल्गुन १५, २०८०

राहतको चामलसँगै एमालेको चिठी !

नारायणी पोस्ट
बुधबार, जेष्ठ १२, २०७८

२०७८ जेठ १२ गते

विराटनगर । इटहरी उपमहानगरपालिका–३ सुनौलो बस्तीमा कोरोना संक्रमितका लागि दिइएको राहतको पोकोमा ‘नेकपा एमालेको तर्फबाट’ लेखिएको भेटियो ।

त्यसभित्र एउटा चिठी पनि समावेश छ । जसमा लेखिएको छ, ‘यस महामारीको सामना गर्न तपाईंहरुको साथमा सिंगो नेकपा –एमाले) पार्टी रहेको छ, भन्दै संक्रमित टोलबासीहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौं ।’

सुनसरीमा स्थानीय प्रशासनले राहत वितरणका लागि एकद्वार प्रणाली अपनाएको छ । तर मंगलबार दिउँसो नेकपा एमालेको इटहरी नगर कमिटिले राहत बाँड्दै साथमा चिठी समेत थमाएको हो ।

एक साताअघि एमाले नगर कमिटीले राहत वितरण गर्न खोजको थियो । तर एकद्वार प्रणालीबाट वितरण गर्नुपर्ने भन्दै वडा अध्यक्षले रोकेका थिए ।

मंगलबार उपमेयर लक्ष्मी गौतमसमेत सहभागी भएर राहत वितरण गरिएको हो । ‘मलाई पनि चिठी छ भन्ने जानकारी भएन, उहीँ पुगेपछि मात्रै थाहा भयो,’ उपमेयर गौमले भनिन्,‘एमालेले एक साता अघि नै बाँड्न खोजेको राहत हो त्यो ।’ राहत वितरण गर्न वडाध्यक्षले रोके पनि नगर प्रमुखले अनुमति दिएको उपमेयर गौतमले दावी गरिन् ।

राहतको पोकोमा पत्र भेटिएपछि विवाद भएको थियो । विवाद भएपछि राहतको पोकोबाट पत्र फ्याँकिएको थियो । पत्रमा हस्ताक्षर गर्ने एमाले नगर अध्यक्ष यामकुमार सुब्बाले विपन्न बस्तीमा रहेकालाई सान्त्वनास्वरुप राहत पठाएको बताए ।

‘राहत पठाएको बोरामा स्वास्थ्य लाभको कामना गरिएको छ,’ उनले भने,‘ यो ठूलो इस्यू बनाउने विषय होइन ।’ उनका अनुसार ११२ परिवारलाई किलोग्राम चामल, तीन किलोग्राम दाल, तीन किलोग्राम आलु र तेल राहत वितरण गरिएको थियो ।

आन्य समाचारहरु:-
July 12, 2023
प्रधानमन्त्री पत्नी सीता दाहालको निधन

२७ असार २०८०प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधन भएको छ । उपचारको क्रममा उनको काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएको हो ।८ बजेर ३३ मिनेट जाँदा प्रधानमन्त्री पत्नी सीता दाहालको निधन भएको अस्पताल स्रोतले जनाएको छ ।  लामो समयदेखि सीता बिरामी अवस्थामा थिइन् । ६९ वर्षको उमेरमा उनको निधन भएको हो । सीता दाहाललाई […]

July 11, 2023
सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकोप्टर लामजुराडाँडामा दुर्घटनाग्रस्त

सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकोप्टर लामजुराडाँडामा दुर्घटनाग्रस्त भएको छ । सवार ६ जना मध्य ५ जना को शव निकालियो थप एक जना को खोजी कार्य जारी

November 7, 2022
ड्राइभिङ लाइसेन्स प्रिन्ट भयो वा भएन ? थाहा पाउने ३ तरिका

तपाईले स्मार्ट ड्राइभिङ लाइसेन्सका लागि आवेदन दिनुभएको छ ? यदि हो भने तपाईको लाइसेन्स प्रिन्ट हुने समय भयो कि भएन ? यी सबै कुरा थाहा पाउनका लागि अनलाइनबाट विभिन्न माध्यमको प्रयोग गर्न सकिन्छ । ती मध्ये सबैभन्दा सजिलो माध्यम चाहिं एसएमएस पठाउन सकिने माध्यम हो । आफ्नो मोबाइलबाट म्यासेज बक्समा गएर अंग्रेजी अल्फाबेट एल र […]

August 13, 2022
त्रिशुली नदीमा खस्यो ट्रक

चितवन - शनिबार बिहान करिब ९ बजेतिर त्रिशूली नदीमा एक ट्रक खसेको छ । इच्छाकामना गाउँपालिका – ५ स्थित नाग्दी खोला भन्ने ठाउँबाट एक इटा बोकेको ट्रक खसेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । ट्रकमा के कति सवार थिए भन्नेबारे खुलेको छैन । अहिले प्रहरीको टोली खोजीका लागि परिचालन भइसकेको बताइएको छ ।

IPO Result Check

" निरन्तर समाचारको संवाहक "

Beta version

Narayani Post

news@narayanipost.com
narayanipost24@gmail.com
चितवन, नेपाल  

जोडिनुहोस

copyright © narayanipost.com 
Headlines: 
linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram