NarayaniPost.com
शनिबार, माघ २०, २०८०

अमेजनको भर्चुअल असिस्टेन्ट 'एलेक्सा', अमेजन माथि दादागिरीको आराेप

नारायणी पोस्ट
मङ्लबार, असार २२, २०७८

२०७८ असार २२ गते

काठमाडौं । एलेक्सा नाम भएका बच्चाका आमा–बुवाले उनीहरुको छोरीमाथि ‘दादागिरी’ भइरहेको बताएका छन् । अमेजनको भर्चुअल असिस्टेन्टको नाम पनि एलेक्सा भएकोले यस्तो दाबी गरिएको हो ।

कतिले त आफ्नो बच्चाको नाम नै फेरिदिएका छन् किनभने उनीहरुका अनुसार बच्चाको नाम अर्थात् एलेक्सा भन्दै उनीहरुको मजाक उडाउने गरिन्छ ।

एलेक्सा नाम भएका बच्चाका आमा–बुवाले अब अमेजनलाई आफ्नो डिभाइसको भर्चुअल असिस्टेन्टको नाम फेरेर यस्तो नाम राख्न भनेका छन् जुन मानिसको हुन सक्दैन ।

अमेजनले आफू यस्तो ऊजुरीले दुःखी भएको र आफ्नो भर्चुअल सहायकका लागि वैकल्पिक नाम पनि उपलब्ध भएको बताएको छ ।

हालैका वर्षमा एलेक्सा शब्द साधारण बोलीचालीको हिस्सा बनेको छ किनभने आज धेरैजसो घरमा आवाजबाट चल्ने स्मार्ट स्पीकर प्रयोग गरिँदैछ ।

एलेक्सा नाम भएका मानिसहरुमा समस्याः

अमेजनको इको र इको डट स्पीकरलाई कुनै निर्देशन दिन वा प्रश्न सोध्नका लागि एलेक्सा नामको नै प्रयोग गरिन्छ । यद्यपि, यसले एलेक्सा नाम भएका मानिसहरुले समस्याको सामना गर्नुपरेको छ ।

उनीहरुको नामको बारम्बार मजाक उडाइन्छ । उनीहरुको नाममा चुटकिला बनाइन्छ । मानिसहरु उनीहरुको नाम लिएर त्यसरी नै कमान्ड दिन्छन् जसलाई स्पीकरको भर्चुअल सहायकलाई दिने गरिन्छ ।

हिदर (परिवर्तित नाम) की किशोर उमेरकी छोरीले हालै सेकेन्डरी स्कूल जान सुरु गरेकी थिइन् कि एलेक्सा नाम हुनु नै उनको लागि समस्या बन्यो । सँगै पढ्ने बच्चा मात्रै होइन, स्कूलका अध्यापकसम्म एलेक्साको नाम लिएर उनलाई निशाना बनाउन थाले ।

हिदर भन्छिन्, ‘आफ्नो नामको मजाक उडाउँदै एलेक्साले मानिसहरुलाई आफ्नो नाम बताउन छोडिन् । उनी एक बच्ची त हुन् । तर पनि ठूला मानिसहरुले सोचे कि उनको मजाक उडाउनु ठिक छ । यसै त उनी टुटेकी छिन् । स्कूलले उनीमाथि भइरहेको व्यवहार रोक्न कुनै मद्दत गरेन उल्टै मेरी छोरीलाई यस्तो कुराको सामना गर्न सिक्न सल्लाह दिए ।’

एलेक्सा मानिसको नाम होः

हिदरका अनुसार नामको मजाक उडाउँदा उनको छोरीको मानसिक स्वास्थ्यमा नकारात्मक असर त पर्छ नै । उनी यत्ति आजित भइसकेकी छिन् कि अन्त्यमा कानूनी तरिकाले छोरीको नाम परिवर्तन गर्ने निर्णय लिइन् ।

हिदर भन्छिन्, ‘नाम फेरेपछि अब उनकी छोरीको स्थिति पहिलेको भन्दा राम्रो छ । हामीले साथीसँग दुरी बनाएका छौं र एक नयाँ सुरुवातका लागि उनलाई नयाँ स्कूलमा भर्ना गराएका छौं । उनीमाथि जति अत्याचार भएको छ त्यसलाई त हामी कहिले पनि बिर्सन सक्दैनौं न नै मेरी छोरीले । अमेजनले आफ्नो उपकरणलाई कमान्ड दिने नाम परिवर्तन गर्नुपर्छ । यी कुराले थाहा हुन्छ कि कम्पनीले एलेक्सा नाम प्रयोग गर्नुअघि यसबारे नैतिक अनुसन्धान गरेको थिएन ।’

ब्रिटेनमा मात्रै एलेक्सा नामको २५ वर्षभन्दा कम उमेरका चार हजारभन्दा बढी मानिस छन् र यीमध्ये केही मानिसहरुका आमा–बुवाले बीबीसीसँग हिदरजस्ता घटना साझा गरेका छन् ।

शार्लोट (परिवर्तित नाम) का अनुसार उनकी छोरी एलेक्सा त ६ वर्षकी मात्रै छिन् । तर मानिसहरुले अहिलेदेखि नै उनको नामको मजाक उडाउन थालेका छन् ।

उनले भनिन्, ‘यसको सुरुवात रिसेप्सनदेखि नै भएको थियो । ठूला बच्चाले ‘एलेक्सा डिस्को बजाउ’ जस्ता कुरा भनेर उनलाई मजाक बनाउन सुरु गरेका छन् । अन्य केटाहरुले पनि यसको नक्कल गर्दै उनलाई भोयस कमान्डजस्तो कुरा भनेर उनलाई निशाना बनाउन सुरु गरे । ’

शार्लोट भन्छिन्, ‘एकदिन हामी पार्कमा थियौं र त्यहाँ भएका हरेक पुरुषले यस्तै कुरा गरेर उनलाई जिस्काइरहेका थिए । उनी चिडचिडा महसुुस गर्न थालिन् । मलाई लागेको छ कि यसले उनको आत्मविश्वासमा असर पारिरहेको छ । वयस्क मानिसहरु पनि उनको मजाक उडाउँछन् । उनले मलाई भन्न थालेकी छिन् कि काश मानिसहरुलाई मेरो नाम थाहा नभएको भए ।’

मानिसहरुले यस्तो डिभाइस खरिद गरेर अनजानमा नै यस्तो समस्या थप बढाइरहेका छन् । शार्लोटले पनि यहि भनेकी छिन् कि अमेजनले यो कुराको प्रचार गर्दैन कि डिभाइसलाई एक्टिभ गर्नका लागि शब्द परिवर्तन गर्न सक्छ ।

मानिसहरुको ऊजुरीमा प्रतिक्रिया दिँदै अमेजनले एक बयान जारी गरेर भन्यो, ‘हामीले आफ्नो भोइस असिस्टेन्टलाई यसरी डिजाइन गरेका थियौं कि त्यसमा मानिसहरुको त्यो खुबी देखियोस् जुन हामीले मानिसमा पाउँछौं । जस्तै कि उनीहरु चतुर छन् । कुरालाई याद गरुन् । सहानूभूति राखुन् र सबैलाई सँगै लिएर हिँडुन् ।’

अमेजनले भनेको छ, ‘हामीलाई तपाईंको खराब अनुभवले दुःख दिएको छ । र हामी यो कुरा पूर्ण रुपमा स्पष्ट पार्न चाहन्छौं कि कुनै पनि प्रकारको धौंस सहन सकिँदैन । हामी यसको कडाभन्दा कडा शब्दमा निन्दा गर्दछौं ।’

‘आफ्नो नामका लागि लडाईं लड्नुहोस्’

सन् २०१४ मा एलेक्सा सार्वजनिक भएपछि सुरु भएको यो समस्या ब्रिटेनसम्म मात्रै सिमित छैन । अमेरिकाको म्यासाचुसेट्समा बस्ने लरेन जोनसनले एक अभियान नै सुरु गरेकी छिन् । जसको नाम हो – एलेक्सा एक मानिस हो ।

उनले भनिन्, ‘मेरी छोरी एलेक्सा अब ९ वर्ष पुगिन् । अब यो समस्या जिस्काउने र धौंस जमाउनुभन्दा निकै अघि बढिसकेको छ । यो कसैको पहिचान मेटाउने जस्तै हो । अब एलेक्सा नाम कुनै नोकको पर्याय बनेको छ । यस्तो लाग्छ कि मानिसहरुलाई एलेक्सा नाम भएकाहरुलाई होच्याउने, उनीहरुलाई कमजोर ठान्ने अधिकार पाइएको छ । ’

एक्लो भोइस असिस्टेन्ट होइनः

अमेजनले भनेको छ, ‘एलेक्साको विकल्पको रुपमा हामीले अन्य थुप्रै नाम सुझाएका छौं जसमार्फत् डिभाइसलाई निर्देशन दिन सकिन्छ । यसमा इको, कम्प्युटर र अमेजनजस्ता नाम समावेश छन् । हामी ग्राहकको फिडब्याकको सम्मान गर्छौं । त्यसैले यस्तो अवस्थामा पनि उनीहरुलाई थप विकल्प उपलब्ध गराउने तरिकाको खोजी गर्नेछौं ।’

एलेक्सा यस्तो एक्लो भोइस असिस्टेन्ट होइन जसको नाम मानिसको जस्तै छ ।

एप्पलको भोइस असिस्टेन्ट सिरी, सिग्रिडको संक्षिप्त रुप हो । नर्वे, स्वीडन र फरो द्वीपमा मानिसहरुको सिग्रिड नाम राखिन्छ । यद्यपि, नर्वेमा यसको उच्चारण सी–री जस्तै जस्तै हुन्छ जसमा आर अक्षरलाई थोरै मोडेर भनिन्छ ।

बेलायतमा बस्ने सिरी नामकी एक महिलाले पहिला बीबीसीलाई भनेकी थिइन् कि धेरैजसो मानिसहरुले उनको नामको मजाक उडाउँछन् । यीमध्ये एक त एप्पलकी सहायता डेस्कको कर्मचारी थिइन् ।

बीबीसी

आन्य समाचारहरु:-
July 12, 2023
प्रधानमन्त्री पत्नी सीता दाहालको निधन

२७ असार २०८०प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधन भएको छ । उपचारको क्रममा उनको काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएको हो ।८ बजेर ३३ मिनेट जाँदा प्रधानमन्त्री पत्नी सीता दाहालको निधन भएको अस्पताल स्रोतले जनाएको छ ।  लामो समयदेखि सीता बिरामी अवस्थामा थिइन् । ६९ वर्षको उमेरमा उनको निधन भएको हो । सीता दाहाललाई […]

July 11, 2023
सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकोप्टर लामजुराडाँडामा दुर्घटनाग्रस्त

सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकोप्टर लामजुराडाँडामा दुर्घटनाग्रस्त भएको छ । सवार ६ जना मध्य ५ जना को शव निकालियो थप एक जना को खोजी कार्य जारी

November 7, 2022
ड्राइभिङ लाइसेन्स प्रिन्ट भयो वा भएन ? थाहा पाउने ३ तरिका

तपाईले स्मार्ट ड्राइभिङ लाइसेन्सका लागि आवेदन दिनुभएको छ ? यदि हो भने तपाईको लाइसेन्स प्रिन्ट हुने समय भयो कि भएन ? यी सबै कुरा थाहा पाउनका लागि अनलाइनबाट विभिन्न माध्यमको प्रयोग गर्न सकिन्छ । ती मध्ये सबैभन्दा सजिलो माध्यम चाहिं एसएमएस पठाउन सकिने माध्यम हो । आफ्नो मोबाइलबाट म्यासेज बक्समा गएर अंग्रेजी अल्फाबेट एल र […]

August 13, 2022
त्रिशुली नदीमा खस्यो ट्रक

चितवन - शनिबार बिहान करिब ९ बजेतिर त्रिशूली नदीमा एक ट्रक खसेको छ । इच्छाकामना गाउँपालिका – ५ स्थित नाग्दी खोला भन्ने ठाउँबाट एक इटा बोकेको ट्रक खसेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । ट्रकमा के कति सवार थिए भन्नेबारे खुलेको छैन । अहिले प्रहरीको टोली खोजीका लागि परिचालन भइसकेको बताइएको छ ।

IPO Result Check

" निरन्तर समाचारको संवाहक "

Beta version

Narayani Post

news@narayanipost.com
narayanipost24@gmail.com
चितवन, नेपाल  

जोडिनुहोस

copyright © narayanipost.com 
Headlines: 
linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram