NarayaniPost.com
शुक्रबार, माघ २६, २०८०

चिनियाँ ह्याकरले नेपाल टेलिकमको सर्भर ह्याक गरेको आशंका

नारायणी पोस्ट
सोमवार, असार २८, २०७८

काठमाडौं । चिनियाँ ह्याकरले नेपाल टेलिकमको सर्भर ह्याक गरेको आशंका गरिएको छ । सरकारी स्वामित्वको दूरसञ्चार कम्पनीले प्रयोग गरेको ओराकल ग्लाश फिश सर्भर ह्याक गरी चिनियाँ साइबर अपराधीहरूले कल डेटा रेकर्ड (सीडीआर) समेत चोरी गरेको दाबी गरेका छन् ।

तर टेलिकमले भने सीडीआरमा ह्याकरले एक्सेस नपाएको दाबी गरेको छ । ह्याकरहरूले एड्भान्स पर्सिस्टेन्ट थ्रेट (एपीटी) ४१ र एड्भान्स पर्सिस्टेन्ट थ्रेट (एपीटी) ७१ ट्याक्टिस र ब्याकडोर वेपन प्रयोग गरेको बताइएको छ ।

टेलिकमका प्रबन्ध निर्देशक डिल्लिराम अधिकारीले कम्पनीको मुख्य सर्भर सुरक्षित रहेको दाबी गरे । टेकपानासँग कुराकानी गर्दै उनले भने, ‘सीडीएमएको पुरानो सर्भरमाथि आक्रमण भएको हुनसक्ने अनुमान छ । हाम्रो प्राविधिक टिमले यस विषयमा विस्तृत रुपमा अध्ययन गर्दैछ । हाम्रो मुख्य सर्भर भने उच्च स्तरको फायरवालबाट प्रोटेक्टेड छ ।’

साइबर सुरक्षा कम्पनी भैरब टेक्नोलोजीले चिनियाँ सरकारले संरक्षण गरेका ह्याकरहरूले प्रयोग गर्ने ट्याक्टिस र ब्याकडोर वेपन प्रयोग भएको बताएको छ । यस आधारमा यो ह्याकिङमा चिनियाँ सरकारी ह्याकरको प्रत्यक्ष संलग्नतालाई पुष्टी गर्न नसकिए पनि उनीहरूले सम्झौता (कन्ट्र्याक्ट) गरेका ह्याकर हुनसक्ने भैरव टेक्नोलोजीको विश्लेषण छ ।

ह्याकरहरूले टेलिकमको सर्भरबाट एपीटी ४१ र एपीटी ७१ मा सीडीआर डेटा लगेको देखिएको साइबर सुरक्षा कम्पनीले जनाएको छ । ‘पहिला कन्फिडेन्सियल डकुमेन्ट लगेको देखिन्थ्यो,’ भैरव टेक्नोलोजीका संस्थापक तथा सीईओ विजय लिम्बूले टेकपानासँग भने, ‘अहिले प्रयोगकर्ताको डिटेल्स लगेको देखिन्छ । तर त्यसमा के के थियो भन्ने कुरा चाहिँ यकिन छैन ।’

टेलिकमको सर्भरमा आक्रमण गर्न अपराधीहरूले वेब भल्नराबेलिटी स्क्यानर टुल Acunetix प्रयोग गरेका छन् । त्यसपछि Cobalt Strike अफेन्सिभ टुल प्रयोग गरी कम्पनीको सर्भरमा ब्याकडोर छोड्ने र डेटा चोरी गर्ने काम भएको छ ।

सुरक्षा कमजोरी फेला परिसकेपछि त्यसबाट पुनः भित्र प्रवेश गर्ने द्वार खडा गर्ने तरिकालाई ब्याकडोर भन्ने गरिन्छ । तर कम्पनीमाथिको यो साइबर हमला गत जुनदेखि नै जारी रहेको बताइएको छ । ‘योजना त्यस अघि देखि नै बनाएको देखिन्छ,’ लिम्बूले भने ।

टेलिकमको सर्भरबाट चोरी भएको डेटा बिक्रीका लागि डार्कवेबमा राखेको देखिन्छ । जसमा एक जना अपरिचित व्यक्तिले गत जुन २९ मा नै टेलिकमको सीडीआर कल डेटा रेकर्ड २५० अमेरिकी डलरमा बिक्रीमा राखेको उल्लेख छ ।

जसमा फिलिपिन्स, पाकिस्तान र नेपालको टेलिकम कम्पनीको डेटा बिक्रीमा राखिएको दाबी छ । तर त्यो कत्तिको यकिन डेटा हो भन्ने कुरा चाहिँ पुष्टि भइसकेको छैन ।

समयमै भल्नरेबिलिटी स्क्यान गरी प्याच गर्न नसक्दा यो साइबर आक्रमण भएको साइबर सुरक्षा अनुसन्धानकर्ताहरूको विश्लेषण छ । ‘यो जेरो डे (भर्खर देखिएको सुरक्षा कमजोरी) होइन,’ साइबर सुरक्षा विज्ञ लिम्बूले भने, ‘यो सजिलै प्याच गर्न सकिने किसिमको सुरक्षा कमजोरी हो । यसबाट टेलिकमसँग भल्नराबेलिटी एसेसमेन्ट गरेर प्याच गर्ने स्पष्ट प्रोसेसर नभएको देखियो ।’

तर टेलिकमका प्राविधिकहरूले भने सीडीआरको डेटा लिक भएको कतैबाट पनि पुष्टी हुन नसकेको बताएका छन् । कम्पनीका इन्जिनियर अमृत नेपालले डार्क वेबमा राखिएको विवरणमा सीडीआरको कुनै एउटा नमूना समेत नरहेको उल्लेख गरे । ‘सामान्यतयाः सीडीआरको डेटा लिक भएको भए कुनै एउटा स्याम्पल राखिएको हुन्थ्यो होला,’ उनले भने, ‘तर त्यसमा नेपाल सहित तीन देशको डेटा भनेर समग्रमा उल्लेख गरिएको मात्र छ ।’

आन्य समाचारहरु:-
July 12, 2023
प्रधानमन्त्री पत्नी सीता दाहालको निधन

२७ असार २०८०प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधन भएको छ । उपचारको क्रममा उनको काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएको हो ।८ बजेर ३३ मिनेट जाँदा प्रधानमन्त्री पत्नी सीता दाहालको निधन भएको अस्पताल स्रोतले जनाएको छ ।  लामो समयदेखि सीता बिरामी अवस्थामा थिइन् । ६९ वर्षको उमेरमा उनको निधन भएको हो । सीता दाहाललाई […]

July 11, 2023
सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकोप्टर लामजुराडाँडामा दुर्घटनाग्रस्त

सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकोप्टर लामजुराडाँडामा दुर्घटनाग्रस्त भएको छ । सवार ६ जना मध्य ५ जना को शव निकालियो थप एक जना को खोजी कार्य जारी

November 7, 2022
ड्राइभिङ लाइसेन्स प्रिन्ट भयो वा भएन ? थाहा पाउने ३ तरिका

तपाईले स्मार्ट ड्राइभिङ लाइसेन्सका लागि आवेदन दिनुभएको छ ? यदि हो भने तपाईको लाइसेन्स प्रिन्ट हुने समय भयो कि भएन ? यी सबै कुरा थाहा पाउनका लागि अनलाइनबाट विभिन्न माध्यमको प्रयोग गर्न सकिन्छ । ती मध्ये सबैभन्दा सजिलो माध्यम चाहिं एसएमएस पठाउन सकिने माध्यम हो । आफ्नो मोबाइलबाट म्यासेज बक्समा गएर अंग्रेजी अल्फाबेट एल र […]

August 13, 2022
त्रिशुली नदीमा खस्यो ट्रक

चितवन - शनिबार बिहान करिब ९ बजेतिर त्रिशूली नदीमा एक ट्रक खसेको छ । इच्छाकामना गाउँपालिका – ५ स्थित नाग्दी खोला भन्ने ठाउँबाट एक इटा बोकेको ट्रक खसेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । ट्रकमा के कति सवार थिए भन्नेबारे खुलेको छैन । अहिले प्रहरीको टोली खोजीका लागि परिचालन भइसकेको बताइएको छ ।

IPO Result Check

" निरन्तर समाचारको संवाहक "

Beta version

Narayani Post

news@narayanipost.com
narayanipost24@gmail.com
चितवन, नेपाल  

जोडिनुहोस

copyright © narayanipost.com 
Headlines: 
linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram