NarayaniPost.com
आइतवार, फाल्गुन १३, २०८०

दुर्गन्धित बन्यो नारायणगढ बजार

नारायणी पोस्ट
मङ्लबार, असार २२, २०७८

२०७८ असार २२ गते

चितवन । अहिले नारायणगढ बजार गइनसक्नु छ । ठाउँठाउँमा फोहोरको डंगुर छ । फोहोर कुहिएर बजार दुर्गन्धित बनेको छ । विगत एक हप्तादेखि नारायणगढ बाजरको सडकबाट फोहोर उठाइएको छैन ।

लामो समयको निषेधाज्ञापछि भर्खरै खुलेको नारायणगढ बजारमा फोहोरका कारण सर्वराधारण र व्यापारीहरु मर्कामा परेका छन् । व्यापारीहरुले एक हप्तादेखि फोहोर नउठेको बताउँदै फोहोरबाट दुर्गन्धित फैलिँदा ग्राहकहरु आउन छाडेको बताएका छन् ।

लायन्सचोक र शहिद चोकको बीचभागमा पर्ने एक कपडा पसल व्यावसायीले भनिन्, ‘विगत ६ दिनदेखि यहाँको फोहोर उठेको छैन । निकै दुर्गन्ध फैलिरहेको छ । यत्रो सयमपछि पसल खोल्न पाएका थियौं । अहिले दुर्गन्धका कारण ग्राहक नै आएका छैनन् ।’ यस्तै एक इलेक्ट्रिक पसल सञ्चालकले भने, ‘खै के हो यस्तो । एक हप्ता भइसक्यो फोहोर थुप्रेको कसैलाई केही वास्ता छैन । कहाँ छ अहिले महानगर ? पैसा भने महिना पुग्ने बित्तिकै उठाउन आउँछन् । फोहोर भने समयमा उठाउन सक्दैनन् ।’

यस्तै फोहोर थुप्रिएको भन्दा अल्लि टाढा बसेर ठेलामा फलफूल बेचिरहेकी एक महिलाले भनिन्, ‘धेरै दिन भइसक्यो फोहोर न उठेको । अझ उताउता जानुभो भने त झन् बिजोक छ । महानगरका कर्मचारीहरुलाई सोध्दा फोहोर फाल्ने ठाउँ नभएकाले उठाउन नसकिएको बताउनु भएको थियो ।’

अहिले नारायणगढ बजारमा ठाउँठाउँमा फोहोरको थुप्रो देख्न सकिन्छ । यस्तै फोहोरलाई सडकमा गुडेका सवारी साधनले उडाएर होला सडक भरिनै फोहोर छरिएको देख्न सकिन्छ । भरतपुर महानगरका प्रवक्ता अरुणपीडित भण्डारीले भरतपुर महानगरपालिका २४ का स्थानीयले फोहोर फाल्न रोक लगाएका कारण फोहोर उठ्न नसकेको बताए । उनले भने, ‘भरतपुर २३ र २४ को सिमाना केरुङ्गाको खाल्डोमा फाल्दै आएको हो । अहिले स्थानीयले विरोध गरेपछि अर्काे ठाउँको खोजीमा छौं ।’

यस्तै फोहोर व्यवस्थापन गर्दै आएको अर्काे ठाउँ नारायणी किनारमा पनि वर्खामा पानीको सतह माथि आएकाले फाल्न समस्या भएको उनले जनाए । आज बेलुकासम्म ठाउँको खोजी गरेर फोहोर उठाउने प्रयास गरिने प्रवक्ता भण्डारीको भनाइ छ । भरतपुर महानगरले ल्याण्डफिल साइड निर्माणका लागि प्रत्येक वर्ष बजेट विनियोजन गरे पनि काम सुरु हुन सकेको छैन । जग्गा विवादका कारणले भरतपुरमा ल्याण्डफिल्ड साइड निर्माणमा ढिलाइ भएको महानरले जनाएको छ ।

आन्य समाचारहरु:-
July 12, 2023
प्रधानमन्त्री पत्नी सीता दाहालको निधन

२७ असार २०८०प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधन भएको छ । उपचारको क्रममा उनको काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएको हो ।८ बजेर ३३ मिनेट जाँदा प्रधानमन्त्री पत्नी सीता दाहालको निधन भएको अस्पताल स्रोतले जनाएको छ ।  लामो समयदेखि सीता बिरामी अवस्थामा थिइन् । ६९ वर्षको उमेरमा उनको निधन भएको हो । सीता दाहाललाई […]

July 11, 2023
सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकोप्टर लामजुराडाँडामा दुर्घटनाग्रस्त

सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकोप्टर लामजुराडाँडामा दुर्घटनाग्रस्त भएको छ । सवार ६ जना मध्य ५ जना को शव निकालियो थप एक जना को खोजी कार्य जारी

November 7, 2022
ड्राइभिङ लाइसेन्स प्रिन्ट भयो वा भएन ? थाहा पाउने ३ तरिका

तपाईले स्मार्ट ड्राइभिङ लाइसेन्सका लागि आवेदन दिनुभएको छ ? यदि हो भने तपाईको लाइसेन्स प्रिन्ट हुने समय भयो कि भएन ? यी सबै कुरा थाहा पाउनका लागि अनलाइनबाट विभिन्न माध्यमको प्रयोग गर्न सकिन्छ । ती मध्ये सबैभन्दा सजिलो माध्यम चाहिं एसएमएस पठाउन सकिने माध्यम हो । आफ्नो मोबाइलबाट म्यासेज बक्समा गएर अंग्रेजी अल्फाबेट एल र […]

August 13, 2022
त्रिशुली नदीमा खस्यो ट्रक

चितवन - शनिबार बिहान करिब ९ बजेतिर त्रिशूली नदीमा एक ट्रक खसेको छ । इच्छाकामना गाउँपालिका – ५ स्थित नाग्दी खोला भन्ने ठाउँबाट एक इटा बोकेको ट्रक खसेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । ट्रकमा के कति सवार थिए भन्नेबारे खुलेको छैन । अहिले प्रहरीको टोली खोजीका लागि परिचालन भइसकेको बताइएको छ ।

IPO Result Check

" निरन्तर समाचारको संवाहक "

Beta version

Narayani Post

news@narayanipost.com
narayanipost24@gmail.com
चितवन, नेपाल  

जोडिनुहोस

copyright © narayanipost.com 
Headlines: 
linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram