NarayaniPost.com
आइतवार, फाल्गुन १३, २०८०

प्रचण्डका घरबेटीको शैलुङ इन्टरप्राइजेजसहित १५ कम्पनी कालोसूचीमा

नारायणी पोस्ट
मङ्लबार, असार २२, २०७८

२०७८ असार २२ गते

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' का घरबेटी ठेकेदार शारदाप्रसाद अधिकारीको कम्पनीसहित १५ लाई सरकारले कालोसूचीमा राखेको छ।

कृषि सामग्री कम्पनी लिमिटेडको सिफारिसमा सार्वजनिक खरिद अनुगमन कार्यालयले अधिकारीको कम्पनीलाई दुई वर्ष कालोसूचीमा राखेको हो । समयमा रसायनिक मल नल्याएको भन्दै लिमिटेडले अधिकारीको कम्पनी शैलुङ इन्टरप्राइजेज प्रा.लिलाई दुई वर्ष कालोसूचीमा राखेको हो । शैलुङ इन्टरप्राइजेजका मुख्य व्यक्ति भने निकेश अधिकारी हुन्। शैलुङ कन्स्ट्रक्सन र शैलुङ इन्टरप्राइजेज दुबै शारदाप्रसादका हुन्। यस्तै, प्रहरी प्रधान कार्यालयको सिफारसमा पूजा ट्रेडिङ एन्ड अर्डर सप्लायर्सलाई दुई वर्ष कालोसूचीमा राखिएको छ।

यस्तै, हिमालयन कन्स्ट्रक्सन, निर्माण सेवा, मुक्तिनाथ कृषि कम्पनी लिमिटेड, डिएमएस बुट इन्डस्ट्रिज प्रालिलगायत छन्। डिएमएसलाई प्रहरी प्रधान कार्यालयको सिफारिसमा दुई वर्ष कालोसूचीमा राखिएको खरिद अनुगमन कार्यालयले जनाएको छ।

डिएमएस सशस्त्र र नेपाल प्रहरीलाई बुट सप्लाई गर्ने कम्पनी हो।

आन्य समाचारहरु:-
July 12, 2023
प्रधानमन्त्री पत्नी सीता दाहालको निधन

२७ असार २०८०प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधन भएको छ । उपचारको क्रममा उनको काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएको हो ।८ बजेर ३३ मिनेट जाँदा प्रधानमन्त्री पत्नी सीता दाहालको निधन भएको अस्पताल स्रोतले जनाएको छ ।  लामो समयदेखि सीता बिरामी अवस्थामा थिइन् । ६९ वर्षको उमेरमा उनको निधन भएको हो । सीता दाहाललाई […]

July 11, 2023
सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकोप्टर लामजुराडाँडामा दुर्घटनाग्रस्त

सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकोप्टर लामजुराडाँडामा दुर्घटनाग्रस्त भएको छ । सवार ६ जना मध्य ५ जना को शव निकालियो थप एक जना को खोजी कार्य जारी

November 7, 2022
ड्राइभिङ लाइसेन्स प्रिन्ट भयो वा भएन ? थाहा पाउने ३ तरिका

तपाईले स्मार्ट ड्राइभिङ लाइसेन्सका लागि आवेदन दिनुभएको छ ? यदि हो भने तपाईको लाइसेन्स प्रिन्ट हुने समय भयो कि भएन ? यी सबै कुरा थाहा पाउनका लागि अनलाइनबाट विभिन्न माध्यमको प्रयोग गर्न सकिन्छ । ती मध्ये सबैभन्दा सजिलो माध्यम चाहिं एसएमएस पठाउन सकिने माध्यम हो । आफ्नो मोबाइलबाट म्यासेज बक्समा गएर अंग्रेजी अल्फाबेट एल र […]

August 13, 2022
त्रिशुली नदीमा खस्यो ट्रक

चितवन - शनिबार बिहान करिब ९ बजेतिर त्रिशूली नदीमा एक ट्रक खसेको छ । इच्छाकामना गाउँपालिका – ५ स्थित नाग्दी खोला भन्ने ठाउँबाट एक इटा बोकेको ट्रक खसेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । ट्रकमा के कति सवार थिए भन्नेबारे खुलेको छैन । अहिले प्रहरीको टोली खोजीका लागि परिचालन भइसकेको बताइएको छ ।

IPO Result Check

" निरन्तर समाचारको संवाहक "

Beta version

Narayani Post

news@narayanipost.com
narayanipost24@gmail.com
चितवन, नेपाल  

जोडिनुहोस

copyright © narayanipost.com 
Headlines: 
linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram