NarayaniPost.com
शनिबार, जेष्ठ १२, २०८१

सुजिता प्रकरण नसेलाउंदै चितवनमा फेरि अर्की युवती बेपत्ता

नारायणी पोस्ट
बुधबार, असार २३, २०७८

२०७८ असार २३ गते
चितवन । चितवनमा अहिले क्राइम शोहरुमा देखाईने काहानीहरु जस्तै घटनाहरु घटेका छन् । राप्ती नगरपालिका वडा नं. ३ घर भएकी २२ वर्षीय सुजिता अपहरण, हत्या प्रकरण संगै अहिले गैँडाकोट नगरपालिका ४ की २१ वर्षीय बिना सापकोटा बेपत्ता भएकी छन् । बिना सापकोटा विगत ८ दिनदेखि बेपत्ता भएकी छन् । असार १४ गते अपरान्ह साढे ४ बजे घरबाट निस्किएकी बिना सापकोटा अहिलेसम्म घर नफर्किएको उहाँका बुबा जयश्वर सापकोटाले जानकारी दिनुभयो । जयश्वरका अनुसार सो दिन बिनाको प्रेमी प्रवेश कँडेलले बिनालाई गैंडाकोटस्थित घरैबाट स्कुटरमा राखेर लगेका थिए ।

आधा घण्टामा आउँछु भनेर गएकी छोरी अहिलेसम्म नफर्किएको बताउनुभयो । केटाले दुईवटा केटीलाई प्रेम गर्ने कुरा थाहा भएपछि यो समस्या आएको हो उहाँ बताउनु हुन्छ । गौरीगञ्जमा लगेर छोरीलाई कुटेको भन्ने सुनेको हो । कहाँ छ के छ केही थाहा छैन । भरतपुर महानगरपालिका–४ का प्रवेश कँडेलसँग ५ वर्ष देखि छोरीको प्रेम सम्बन्ध रहेको र दुई वर्षपछि विवाह गर्ने केटाको परिवारले भन्दै आएको उहाँ बताउनु हुन्छ । छोरी चारदिनदेखि घर नफर्किएपछि असार १८ गते साँझ फेसबुकमा एउटा स्टाटस पोस्ट गरेर छोरी हराएको बारेमा सूचना सार्वजनिक गर्नुभएको थिए । तर बिनाको कुनै जानकारी छैन । दुई छोरी र एक छोरामा बिना जयश्वरको कान्छी छोरी हुन् ।

असार १७ गतेसम्म तीनदिन खोज्दा पनि पत्तो नलागेपछि जयश्वरले छोरी हराएको विषयमा सुरुमा इलाका प्रहरी कार्यालय गैँडाकोटमा मौखिक र पछि जिल्ला प्रहरी कार्यालय चितवनमा लिखित जाहेरी दिएका छन्। प्रहरीले बिनाका प्रेमी भरतपुर महानगरपालिका–४ का प्रवेश कँडेललाई नियन्त्रणमा लिएको छ। घटनाबारे अनुसन्धान गरिरहेकी जिल्ला प्रहरी कार्यालय चितवनकी निरीक्षक कमला नरालले केटीको मोबाइल खोजेर केटासँग भएको कुराकानीबारे अध्ययन गर्ने काम भइरहेको बताउनुभएको छ ।

२१ वर्षीया बिना गैंडाकोटमै रहेको जनक कलेजमा बीबीएस तेस्रो वर्ष अध्ययनरत हुनुहुन्छ । बिनाले फेसबुकमा देखिने ‘रिलेशनसिप स्टाटस’ मा ‘रिलेशन विथ प्रवेश कँडेल’ उल्लेख गर्नुभएको छ । प्रवेशले पनि फसबुकमा ‘रिलेशन विथ बिना सापकोटा’ उल्लेख गरेका छन् । बेलायतमा रहँदै आएका प्रवेश वैशाखको दोस्रो हप्ता नेपाल आएका थिए । प्रवेशको जुलाईको १२ तारेखमा बेलायत फर्कने टिकट छ । प्रेवश नेपाल फर्किएपछि चारदिनसम्म बिनाको घरमा नै बसेको परिवारिक स्रोतले जनाएको छ ।

प्रवेश र विनाको प्रेम सम्बन्धको कुरा दुवै परिवारलाई थाहा थियो । प्रवेश बिनाको घरमा बेलाबेलामा पुगिरहन्थे । बिनाले अर्की एक केटीको विषयमा सोधपुछ गरेपछि प्रवेश तीन जना सँगै बसेर कुरा गर्न तयार भएका थिए। बेपत्ता भएकी बिना प्रवेशको स्कुटर चढेर भरतपुरतर्फ लागेको बिनाका परिवारले जानकारी दिएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनमा प्रवेशले दिएको बयानमा भरतपुरस्थित ती अर्की यूवतीको घर नजिकै एक चौरमा बसेर तीन जनाबीच कुरा भएको थियो । सुरूमा ती युवतीले प्रवेशसँग आफ्नो सामान्य कुराकानीमात्रै हुने गरेको बताएकी थिइन् ।

चितवन प्रहरीका अनुसार बिनाको प्रेमीले आफ्ना दुई प्रेमिका बिना र कुसुमको भेट गराएपछि दुई जनाको बीचमा बाझाबाझ भएको र बिना बेहोस भएको बयान दिएका छन् । बेहोस भएकी बिनालाई कुसुमको घर लगेको बताएका छन् । साँझ ६ बजेतिर छोरी बेहोस भएको खबर जयश्वरलाई आएको थियो । खबर सुन्नासाथ मोबाइल छोरीलाई दिन भने तर बिना राम्रोसँग बोल्न सकिनन् । ‘तिमीहरू कता छौ म आउँछु भन्दा प्रवेश र विना दुबैले उनीहरू भएको ठाउँ बताएनन्,’ जयश्वरले भन्नुभयो, ‘प्रवेशलाई सवारीसाधन नभए मेरी छोरीलाई अटोरिक्सामा भए पनि घर ल्याइदिइहाल भनेँ ।’

युवकले प्रहरीसँगको बयानमा ती युवतीको घरबाट बिनालाई गैँडाकोट पु¥याउन स्कुटर निकाले पनि बिना त्यसमा बस्न नमानेको बताएका छन् । उहाँका अनुसार बिना पैदल नै चौबिसकोठीसम्म गएको तर आफू एटीएममा पसेको बेला बेपत्ता भएको बताएका छन् । जयश्वर र प्रवेशले राती २ बजेसम्म भरतपुरका विभिन्न ठाउँमा बिनालाई खोजेका थिए । नभेटेपछि प्रवेशलाई पनि लिएर गैंडाकोटस्थित घर लिएर गएका थिए । घटनाको विषयमा प्रहरीलाई मौखिक जानकारी गराएका थिए ।

साभार : कालिका न्युज

आन्य समाचारहरु:-
July 12, 2023
प्रधानमन्त्री पत्नी सीता दाहालको निधन

२७ असार २०८०प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधन भएको छ । उपचारको क्रममा उनको काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएको हो ।८ बजेर ३३ मिनेट जाँदा प्रधानमन्त्री पत्नी सीता दाहालको निधन भएको अस्पताल स्रोतले जनाएको छ ।  लामो समयदेखि सीता बिरामी अवस्थामा थिइन् । ६९ वर्षको उमेरमा उनको निधन भएको हो । सीता दाहाललाई […]

July 11, 2023
सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकोप्टर लामजुराडाँडामा दुर्घटनाग्रस्त

सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकोप्टर लामजुराडाँडामा दुर्घटनाग्रस्त भएको छ । सवार ६ जना मध्य ५ जना को शव निकालियो थप एक जना को खोजी कार्य जारी

November 7, 2022
ड्राइभिङ लाइसेन्स प्रिन्ट भयो वा भएन ? थाहा पाउने ३ तरिका

तपाईले स्मार्ट ड्राइभिङ लाइसेन्सका लागि आवेदन दिनुभएको छ ? यदि हो भने तपाईको लाइसेन्स प्रिन्ट हुने समय भयो कि भएन ? यी सबै कुरा थाहा पाउनका लागि अनलाइनबाट विभिन्न माध्यमको प्रयोग गर्न सकिन्छ । ती मध्ये सबैभन्दा सजिलो माध्यम चाहिं एसएमएस पठाउन सकिने माध्यम हो । आफ्नो मोबाइलबाट म्यासेज बक्समा गएर अंग्रेजी अल्फाबेट एल र […]

August 13, 2022
त्रिशुली नदीमा खस्यो ट्रक

चितवन - शनिबार बिहान करिब ९ बजेतिर त्रिशूली नदीमा एक ट्रक खसेको छ । इच्छाकामना गाउँपालिका – ५ स्थित नाग्दी खोला भन्ने ठाउँबाट एक इटा बोकेको ट्रक खसेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । ट्रकमा के कति सवार थिए भन्नेबारे खुलेको छैन । अहिले प्रहरीको टोली खोजीका लागि परिचालन भइसकेको बताइएको छ ।

IPO Result Check

" निरन्तर समाचारको संवाहक "

Beta version

Narayani Post

news@narayanipost.com
narayanipost24@gmail.com
चितवन, नेपाल  

जोडिनुहोस

copyright © narayanipost.com 
Headlines: 
linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram