NarayaniPost.com
आइतवार, फाल्गुन १३, २०८०

बंगलादेशमा बाख्रा जत्रो गाई बन्यो सेलिब्रेटी

नारायणी पोस्ट
शुक्रबार, असार २५, २०७८

२०७८ असार २५ गते

काठमाडौं । बंगलादेशमा नयाँ सेलिब्रेटी गाईलाई हेर्न आजकल दैनिक मानिसहरुको भीड लाग्छ । रानी नामको यो २३ वर्षीय भुटानी गाई केवल ५१ सेन्टिमिटर अग्लो छ र यसको तौल २८ केजी मात्रै छ ।

बंगलादेशमा लकडाउन हनुका बाबजुद चरिग्रामस्थित ढाकाबाट नजिक रहेको फार्ममा यस गाईलाई हेर्न १५ सय व्यक्ति पुगिसकेका छन् ।

यस फार्मका व्यवस्थापक हसन हाउलाडरले रानीलाई विश्वको सबैभन्दा सानो गाईका रुपमा दर्ता गर्न गिनिज बुक अफ वल्र्ड रेकर्डस्मा निवेदन दिइसकेका छन् । ‘मैले यति सानो गाई कहिल्यै देखेको थिइँन,’ गाई हेर्न आएकी रिना बेगमले भनिन् ।

हसनका अनुसार यो गाईलाई हिंड्न समस्या हुन्छ र शिखोर अग्रो फार्मका अन्य गाईहरुसँग यो तर्सन्छ, त्यसैले यसलाई बथानभन्दा टाढै राख्ने गरिएको छ । ‘उसले धेरै कम खान्छे,’ हसनले भने,‘उसलाई बाहिर घुम्न मनपर्छ र जब हामीले
उसलाई आफ्नो पाखुरामा लिन्छौं । तब निकै खुसी हुन्छे ।’

अहिलेसम्म विश्वकै सानो गाईको कीर्तिमान मनिकयामका नाममा छ । भारतको यो गाई खुरदेखि नाप्दा ६१ दशमलव १ सेन्टिमिटर अग्लो छ । एजेन्सी

आन्य समाचारहरु:-
July 12, 2023
प्रधानमन्त्री पत्नी सीता दाहालको निधन

२७ असार २०८०प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधन भएको छ । उपचारको क्रममा उनको काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएको हो ।८ बजेर ३३ मिनेट जाँदा प्रधानमन्त्री पत्नी सीता दाहालको निधन भएको अस्पताल स्रोतले जनाएको छ ।  लामो समयदेखि सीता बिरामी अवस्थामा थिइन् । ६९ वर्षको उमेरमा उनको निधन भएको हो । सीता दाहाललाई […]

July 11, 2023
सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकोप्टर लामजुराडाँडामा दुर्घटनाग्रस्त

सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकोप्टर लामजुराडाँडामा दुर्घटनाग्रस्त भएको छ । सवार ६ जना मध्य ५ जना को शव निकालियो थप एक जना को खोजी कार्य जारी

November 7, 2022
ड्राइभिङ लाइसेन्स प्रिन्ट भयो वा भएन ? थाहा पाउने ३ तरिका

तपाईले स्मार्ट ड्राइभिङ लाइसेन्सका लागि आवेदन दिनुभएको छ ? यदि हो भने तपाईको लाइसेन्स प्रिन्ट हुने समय भयो कि भएन ? यी सबै कुरा थाहा पाउनका लागि अनलाइनबाट विभिन्न माध्यमको प्रयोग गर्न सकिन्छ । ती मध्ये सबैभन्दा सजिलो माध्यम चाहिं एसएमएस पठाउन सकिने माध्यम हो । आफ्नो मोबाइलबाट म्यासेज बक्समा गएर अंग्रेजी अल्फाबेट एल र […]

August 13, 2022
त्रिशुली नदीमा खस्यो ट्रक

चितवन - शनिबार बिहान करिब ९ बजेतिर त्रिशूली नदीमा एक ट्रक खसेको छ । इच्छाकामना गाउँपालिका – ५ स्थित नाग्दी खोला भन्ने ठाउँबाट एक इटा बोकेको ट्रक खसेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । ट्रकमा के कति सवार थिए भन्नेबारे खुलेको छैन । अहिले प्रहरीको टोली खोजीका लागि परिचालन भइसकेको बताइएको छ ।

IPO Result Check

" निरन्तर समाचारको संवाहक "

Beta version

Narayani Post

news@narayanipost.com
narayanipost24@gmail.com
चितवन, नेपाल  

जोडिनुहोस

copyright © narayanipost.com 
Headlines: 
linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram