NarayaniPost.com
आइतवार, फाल्गुन १३, २०८०

दुर्घटनामा परि युवा नेता प्रसाईको मृत्यु

नारायणी पोस्ट
शुक्रबार, असार २५, २०७८

२०७८ असार २५ गते

झापा । नेकपा एमाले झापाका युवा नेता तथा बिर्तामोड नगरपालिकाका उपप्रमुख पवित्रा महतरा प्रसाईका श्रीमान ज्ञानु प्रसाइको सवारी दुर्घटनामा मृत्यु भएको छ । प्रसाईं आफैले चलाएको बा १६ च ८१८२ नम्बरको कार दुर्घटना भएको प्रहरीले जनाएको छ ।

झापाको चारआली हुँदै चन्द्रगढी जाने क्रममा देवकोटा चोकमा रहेको देवकोटाको सालिकको कम्पाउण्डको वालमा प्रसाईं सवार कार बिहान ११ः४० बजे ठोक्किएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता राकेश थापाले जानकारी दिए । दुर्घटनामा परी बायाँ खुट्टा तथा शरीरको भित्री भागमा चोट लागि गम्भीर घाइते नेता प्रसाईको उपचारको क्रममा सवा १२ बजे मेची अस्पताल भद्रपुरमा निधन भएको थापाले बताए । दुर्घटनाबाट कारको अगाडिको भाग पूर्णरुपमा क्षति भएको छ । प्रसाई नेकपा एमाले बिर्तामोड नगर कमिटीका अध्यक्ष हुन् ।

आन्य समाचारहरु:-
July 12, 2023
प्रधानमन्त्री पत्नी सीता दाहालको निधन

२७ असार २०८०प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधन भएको छ । उपचारको क्रममा उनको काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएको हो ।८ बजेर ३३ मिनेट जाँदा प्रधानमन्त्री पत्नी सीता दाहालको निधन भएको अस्पताल स्रोतले जनाएको छ ।  लामो समयदेखि सीता बिरामी अवस्थामा थिइन् । ६९ वर्षको उमेरमा उनको निधन भएको हो । सीता दाहाललाई […]

July 11, 2023
सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकोप्टर लामजुराडाँडामा दुर्घटनाग्रस्त

सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकोप्टर लामजुराडाँडामा दुर्घटनाग्रस्त भएको छ । सवार ६ जना मध्य ५ जना को शव निकालियो थप एक जना को खोजी कार्य जारी

November 7, 2022
ड्राइभिङ लाइसेन्स प्रिन्ट भयो वा भएन ? थाहा पाउने ३ तरिका

तपाईले स्मार्ट ड्राइभिङ लाइसेन्सका लागि आवेदन दिनुभएको छ ? यदि हो भने तपाईको लाइसेन्स प्रिन्ट हुने समय भयो कि भएन ? यी सबै कुरा थाहा पाउनका लागि अनलाइनबाट विभिन्न माध्यमको प्रयोग गर्न सकिन्छ । ती मध्ये सबैभन्दा सजिलो माध्यम चाहिं एसएमएस पठाउन सकिने माध्यम हो । आफ्नो मोबाइलबाट म्यासेज बक्समा गएर अंग्रेजी अल्फाबेट एल र […]

August 13, 2022
त्रिशुली नदीमा खस्यो ट्रक

चितवन - शनिबार बिहान करिब ९ बजेतिर त्रिशूली नदीमा एक ट्रक खसेको छ । इच्छाकामना गाउँपालिका – ५ स्थित नाग्दी खोला भन्ने ठाउँबाट एक इटा बोकेको ट्रक खसेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । ट्रकमा के कति सवार थिए भन्नेबारे खुलेको छैन । अहिले प्रहरीको टोली खोजीका लागि परिचालन भइसकेको बताइएको छ ।

IPO Result Check

" निरन्तर समाचारको संवाहक "

Beta version

Narayani Post

news@narayanipost.com
narayanipost24@gmail.com
चितवन, नेपाल  

जोडिनुहोस

copyright © narayanipost.com 
Headlines: 
linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram