NarayaniPost.com
सोमवार, जेष्ठ २८, २०८१

दैनिक ५ अर्ब बढी राजस्व उठाउँदै सरकार

नारायणी पोस्ट
शुक्रबार, असार २५, २०७८

२०७८ असार २५ गते

काठमाडौं । आर्थिक वर्ष सकिन एक साता पनि छैन । यस बिचमा सरकारको राजस्व उठ्ने क्रम भने बढिरहेको छ । दैनिक ५ अर्ब रुपैयाँ भन्दा बढी राजस्व उठ्न थालेको महालेखा नियन्त्रकको कार्यालयले जनाएको छ । हिजो मात्र सरकारको ढुकुटीमा ५ अर्ब ६९ करोड रुपैयाँ थपिएको छ । सरकारको ढुकुटीमा असारको २४ दिनमा ५८ अर्ब ३० करोड ११ लाख रुपैयाँ राजस्व आएको छ । असार मसान्तसम्म आर्थिक वर्षको कर तिर्ने अन्तिम समय पनि भएकाले यस महिना धेरै राजस्व उठ्ने गरेको छ । गत जेठमा ५१ अर्ब ३३ करोड रुपैयाँ राजस्व उठेको थियो । गत वर्ष असार २४ गतेसम्म ७ खर्ब १७ अर्ब ५ करोड ९४ लाख रुपैयाँ राजस्व उठेको थियो

। सो वर्ष असारको २४ दिनमा ६७ अर्ब बढी राजस्व उठेको महालेखा नियन्त्रकको कार्यालयको तथ्याङ्कमा छ । यस आधारमा हेर्दा गत वर्षको यसै अवधिको तुलनामा बढी राजस्व उठेको देखिन्छ ।

सरकारले चालु आर्थिक वर्ष ८ खर्ब ७१ अर्ब ७० करोड रुपैयाँ राजस्व सङ्कलन गरेको छ । यो लक्ष्यको ८६.१६ प्रतिशत हो । यो कर तथा गैर कर आम्दानी हो । सरकारले यो वर्ष १० खर्ब ११ अर्ब रुपैयाँ राजस्व उठाउने लक्ष्य बजेट मार्फत लिएको थियो ।

आन्य समाचारहरु:-
July 12, 2023
प्रधानमन्त्री पत्नी सीता दाहालको निधन

२७ असार २०८०प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधन भएको छ । उपचारको क्रममा उनको काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएको हो ।८ बजेर ३३ मिनेट जाँदा प्रधानमन्त्री पत्नी सीता दाहालको निधन भएको अस्पताल स्रोतले जनाएको छ ।  लामो समयदेखि सीता बिरामी अवस्थामा थिइन् । ६९ वर्षको उमेरमा उनको निधन भएको हो । सीता दाहाललाई […]

July 11, 2023
सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकोप्टर लामजुराडाँडामा दुर्घटनाग्रस्त

सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकोप्टर लामजुराडाँडामा दुर्घटनाग्रस्त भएको छ । सवार ६ जना मध्य ५ जना को शव निकालियो थप एक जना को खोजी कार्य जारी

November 7, 2022
ड्राइभिङ लाइसेन्स प्रिन्ट भयो वा भएन ? थाहा पाउने ३ तरिका

तपाईले स्मार्ट ड्राइभिङ लाइसेन्सका लागि आवेदन दिनुभएको छ ? यदि हो भने तपाईको लाइसेन्स प्रिन्ट हुने समय भयो कि भएन ? यी सबै कुरा थाहा पाउनका लागि अनलाइनबाट विभिन्न माध्यमको प्रयोग गर्न सकिन्छ । ती मध्ये सबैभन्दा सजिलो माध्यम चाहिं एसएमएस पठाउन सकिने माध्यम हो । आफ्नो मोबाइलबाट म्यासेज बक्समा गएर अंग्रेजी अल्फाबेट एल र […]

August 13, 2022
त्रिशुली नदीमा खस्यो ट्रक

चितवन - शनिबार बिहान करिब ९ बजेतिर त्रिशूली नदीमा एक ट्रक खसेको छ । इच्छाकामना गाउँपालिका – ५ स्थित नाग्दी खोला भन्ने ठाउँबाट एक इटा बोकेको ट्रक खसेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । ट्रकमा के कति सवार थिए भन्नेबारे खुलेको छैन । अहिले प्रहरीको टोली खोजीका लागि परिचालन भइसकेको बताइएको छ ।

IPO Result Check

" निरन्तर समाचारको संवाहक "

Beta version

Narayani Post

news@narayanipost.com
narayanipost24@gmail.com
चितवन, नेपाल  

जोडिनुहोस

copyright © narayanipost.com 
Headlines: 
linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram