NarayaniPost.com
आइतवार, फाल्गुन १३, २०८०

तपाईंले डिम्याट खाता नवीकरण गर्नुभयो ?

नारायणी पोस्ट
सोमवार, असार २८, २०७८

२०७८ असार २८ गते

काठमाडौं । आर्थिक वर्ष अन्त्य हुन लगेको छ । नयाँ आर्थिक वर्ष २०७८/७९ सुरु हुन अब केही दिन मात्रै बाँकी छ । तपाईं सेयर लगानीकर्ता हुनुहुन्छ भने अब केकेको नवीकरण गर्ने बेला भयो यसबारे जानकारी राख्नैपर्छ ।

अहिले सेयर लगानीकर्तालाई नभई नहुने भनेको हितग्राही खाता (डिम्याट खाता) हो । सीडीएसीकाअनुसार प्रत्येक आर्थिक वर्षको सुरुवातमै डिम्याट खाता नवीकरण गरिसक्नुपर्छ । निर्धारित समयमा नवीकरण शुल्क बुझाएन भने त्यति बेलासम्म खाता नै रोक्का हुन्छ । यस कारण तपाईंले असार मसान्तभित्र डिम्याट खाता नवीकरण गरिसक्नुपर्छ । खाता नवीकरण नगरेमा सबै ब्यालेन्स फ्रिज भएर बस्छ । फ्रिज ब्यालेन्समा बसेपछि तपाईंले आईपीओ भर्न सक्नुहुन्छ तर त्यसबाहेक बेच्न वा ट्रान्सफर गर्न भने पाउनुहुन्न ।

तपाईं अब नवीकरणका लागि सम्बन्धित संस्थासम्मै धाउनै पर्दैन । अनलाइनबाटै घरमा बसेर नवीकरण गर्न सकिन्छ । खाता नवीकरणका लागि लगानीकर्ताले खल्ती, फोन पे, कनेक्ट आईपीएस, ई–सेवामार्फत पनि शुल्क भुक्तानी गर्न सक्छन् । सीडीएसले मेरो सेयर एपमा नै उक्त सुविधा राखिदिएको छ । तपाईंले १ वर्षभन्दा धेरै वा ५ वर्षदेखि १० वर्षसम्मका लागि पनि नवीकरण गर्न सक्नु हुनेछ ।

यसरी गर्नुस् अनलाइनबाटै नवीकरण

अनलाइनमार्फत डिम्याट खाता र मेरो सेयर नवीकरण गर्नका लागि सबैभन्दा पहिले मेरो सेयरमा आफ्नो अकाउन्ट लगइन गर्नुहोस् । त्यसपछि दायाँ भागको माथिपट्टि आफ्नो नाम भएको ठाउँमा गएर क्लिक गर्नुहोस् । त्यसको तलपट्टि ‘मेरो सेयर एक्सपायर डेट’ र ‘डिम्याट एक्सपायर डेट’ देखिनेछ । त्यहाँ गएर ‘रिन्यु अकाउन्ट’ मा क्लिक गर्नुहोस् । अब त्यहाँ ई–सेवा, खल्ती, आइएमई पे, कनेक्ट आइपीएसको लिङ्क देखिनेछ ।

तपाईंले कुन माध्यमबाट भुक्तानी गर्न चाहनुहुन्छ त्यसमा क्लिक गर्नुहोस् । आफूले छानेको मध्यममा क्लिक गर्नुहोस् । त्यहाँ मेरो सेयर, डिम्याट खाता र मेरो सेयर र डिम्याट (एकै ठाउँ) मा आउँछ । यदि दुवै नवीकरण गर्ने हो भने दुवै एकै ठाउँमा आएकोमा क्लिक गर्नुहोस् होइन भने मेरो सेयर र डिम्याट कुन गर्ने हो एउटा क्लिक गर्नुहोस् । अहिले डिम्याट खाता नवीकरण गर्ने समय भएकाले डिम्याट खाता नवीकरणमा जाऊँ । अब यहाँ तपाईंलाई ‘प्लिज इन्टर द नम्बर अफ इयर्स’ भन्ने अप्सन आउँछ । यो भनेको तपाईंले कति वर्षका लागि डिम्याट खाता नवीकरण गर्न लाग्नु भएको हो, त्यो नम्बर राख्ने हो । कति वर्षको लागि गर्ने हो, त्यो राखेपछि पैसा आउँछ । त्यसपछि तल ‘प्रोसिड’ भन्ने अप्सन आउँछ, त्यहाँ क्लिक गर्नुहोस् ।

त्यसपछि आफ्नो अकाउन्ट खोल्नुपर्छ । सबै राखेपछि कन्टिन्यु पेमेन्टमा क्लिक गर्ने, त्यसपछि तपाईंको ट्रान्जेक्सन डिजेट र युजर डिटेल आउँछ । अनि कन्टिन्यु पेमेन्ट गर्ने । अब तपाईं पेमेन्टको लागि ठीक छ भन्ने लाग्यो भने कन्फर्म गरिदिनुस् । त्यसपछि पेमेन्ट ‘सक्सेसफुल’ भनेर डिम्याट नवीकरणको स्लिप आउँछ । हाल डिम्याट खाता साढे ३६ लाख भन्दा बढी भइसकेका छन् ।

डिम्याट खाता सञ्चालन गरेबापत प्रत्येक खातावालाले वार्षिक नवीकरण शुल्क १ सय रुपैयाँ र मेरो सेयर प्रयोगकर्ताले थप वार्षिक ५० रुपैयाँ तिनुपर्ने हुन्छ । मेरो सेयरको हकमा यो सुरु गरेको १ वर्षमा नवीकरण गर्ने हो भने डिम्याट खाता जहिले खोलेको भए पनि असार मसान्तसम्म नवीकरण गर्नुपर्छ ।

आन्य समाचारहरु:-
July 12, 2023
प्रधानमन्त्री पत्नी सीता दाहालको निधन

२७ असार २०८०प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधन भएको छ । उपचारको क्रममा उनको काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएको हो ।८ बजेर ३३ मिनेट जाँदा प्रधानमन्त्री पत्नी सीता दाहालको निधन भएको अस्पताल स्रोतले जनाएको छ ।  लामो समयदेखि सीता बिरामी अवस्थामा थिइन् । ६९ वर्षको उमेरमा उनको निधन भएको हो । सीता दाहाललाई […]

July 11, 2023
सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकोप्टर लामजुराडाँडामा दुर्घटनाग्रस्त

सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकोप्टर लामजुराडाँडामा दुर्घटनाग्रस्त भएको छ । सवार ६ जना मध्य ५ जना को शव निकालियो थप एक जना को खोजी कार्य जारी

November 7, 2022
ड्राइभिङ लाइसेन्स प्रिन्ट भयो वा भएन ? थाहा पाउने ३ तरिका

तपाईले स्मार्ट ड्राइभिङ लाइसेन्सका लागि आवेदन दिनुभएको छ ? यदि हो भने तपाईको लाइसेन्स प्रिन्ट हुने समय भयो कि भएन ? यी सबै कुरा थाहा पाउनका लागि अनलाइनबाट विभिन्न माध्यमको प्रयोग गर्न सकिन्छ । ती मध्ये सबैभन्दा सजिलो माध्यम चाहिं एसएमएस पठाउन सकिने माध्यम हो । आफ्नो मोबाइलबाट म्यासेज बक्समा गएर अंग्रेजी अल्फाबेट एल र […]

August 13, 2022
त्रिशुली नदीमा खस्यो ट्रक

चितवन - शनिबार बिहान करिब ९ बजेतिर त्रिशूली नदीमा एक ट्रक खसेको छ । इच्छाकामना गाउँपालिका – ५ स्थित नाग्दी खोला भन्ने ठाउँबाट एक इटा बोकेको ट्रक खसेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । ट्रकमा के कति सवार थिए भन्नेबारे खुलेको छैन । अहिले प्रहरीको टोली खोजीका लागि परिचालन भइसकेको बताइएको छ ।

IPO Result Check

" निरन्तर समाचारको संवाहक "

Beta version

Narayani Post

news@narayanipost.com
narayanipost24@gmail.com
चितवन, नेपाल  

जोडिनुहोस

copyright © narayanipost.com 
Headlines: 
linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram