NarayaniPost.com
आइतवार, फाल्गुन १३, २०८०

चेपाङमाथि कुटपिट गर्ने सेनालाई ९ महिना कैद फैसला

नारायणी पोस्ट
मङ्लबार, असार २९, २०७८

२०७८ असार २९ गते
भरतपुर । चितवन राष्ट्रिय निकुञ्ज सुरक्षार्थ खटिएका सेना चिरणकुमार बुढालाई जिल्ला अदालत चितवनले सोमबार ९ महिना कैद हुने फैसला सुनाएको छ ।

न्यायाधीश गायत्री रेग्मीको इजलासले आंशिक अभियोग दाबी पुग्ने भन्दै आरोपित बुढालाई ९ महिना कैद, ९ हजार जरिवाना र २ लाख क्षतिपूर्ति भराउने फैसला गरेको हो । मनसायपूर्वक हत्या भनी कर्तव्य ज्यान मुद्दा दर्ता भएकोमा भवितव्य भनी अदालतले फैसला सुनाएको चितवन अदालतका श्रेष्तेदार ईश्वर आचार्यले बताए ।

हुद्दा दर्जामा कार्यरत नेपाली सेनाका कर्मचारी चिरणकुमार बुढाविरूद्ध मृतक राजकुमारका बुबा विष्णुलाल चेपाङले ०७७ भदौ २५ गते किटानी जाहेरी दिएका हुन् । यसअघि साउन ८ गते पीडित परिवारले दिएको घटनासम्बन्धी जाहेरी दरखास्त जिल्ला प्रहरी कार्यालय चितवनले साउन ११ गते दर्ता गरेको थियोे । मृतक राजकुमार चेपाङको बुबाले नामै किटेर जाहेरी दिएपछि प्रहरीले मुुद्दा प्रक्रिया अघि बढाएको थियो ।

मुद्दाका आरोपित बुढालाई असोज १२ गते पक्राउ गरेको प्रहरीले जनाएको छ । चितवन राष्ट्रिय निकुञ्जका सेना रहेका बुढाबाट कुटपिटपश्चात् मृत्यु भएको आरोप थियो । राप्ती नगरपालिका–२ का राजकुमार चेपाङको साउन ८ गते मृत्यु भएको थियो ।

पीडितहरुका अनुसार सेनाले निकुञ्जमा प्रवेश गरेका सात जनामध्ये दुई महिलाबाहेक पाँच जना पुरूषहरुलाई कुटपिट गर्नुका साथै यातना दिएको र महिलाहरुलाई अपशब्द बोल्दै दुव्र्यवहार गरेको थियो । साउन १ गते यातना पाएपछि घर फर्किने बेलामा नै राजकुमार हिँड्न नसक्ने भएपछि दुई जनाले सहारा दिएर घर पु¥याएको पीडित सन्तोष तामाङले बताए ।

राप्ती नगरपालिका–२, मिलनटोलका २३ वर्षीय पूर्ण चेपाङ, ३२ वर्षीय सन्तलाल प्रजा, ३२ वर्षीय बमबहादुर मगर र ३२ वर्षीय गोपीराम प्रजामाथि कुटपिट भएको थियो । साथमा दुई जना महिलासमेत रहेकामा उनीहरुलाई शारीरिक यातना नदिएको बताइएको छ ।

मृतकको परिवारलाई चितवन राष्ट्रिय निकुञ्जले ७ लाख, राप्ती नगरपालिकाले ३ लाख रूपैयाँ राहत उपलब्ध गराएका थिए । अतिविपन्न सीमान्तकृत समुदायका परिवारका लागि राप्ती नगरकै उपप्रमुख इमानसिंह लामाले निजी खर्चबाट घरसमेत बनाइदिएका छन् ।

आन्य समाचारहरु:-
July 12, 2023
प्रधानमन्त्री पत्नी सीता दाहालको निधन

२७ असार २०८०प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधन भएको छ । उपचारको क्रममा उनको काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएको हो ।८ बजेर ३३ मिनेट जाँदा प्रधानमन्त्री पत्नी सीता दाहालको निधन भएको अस्पताल स्रोतले जनाएको छ ।  लामो समयदेखि सीता बिरामी अवस्थामा थिइन् । ६९ वर्षको उमेरमा उनको निधन भएको हो । सीता दाहाललाई […]

July 11, 2023
सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकोप्टर लामजुराडाँडामा दुर्घटनाग्रस्त

सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकोप्टर लामजुराडाँडामा दुर्घटनाग्रस्त भएको छ । सवार ६ जना मध्य ५ जना को शव निकालियो थप एक जना को खोजी कार्य जारी

November 7, 2022
ड्राइभिङ लाइसेन्स प्रिन्ट भयो वा भएन ? थाहा पाउने ३ तरिका

तपाईले स्मार्ट ड्राइभिङ लाइसेन्सका लागि आवेदन दिनुभएको छ ? यदि हो भने तपाईको लाइसेन्स प्रिन्ट हुने समय भयो कि भएन ? यी सबै कुरा थाहा पाउनका लागि अनलाइनबाट विभिन्न माध्यमको प्रयोग गर्न सकिन्छ । ती मध्ये सबैभन्दा सजिलो माध्यम चाहिं एसएमएस पठाउन सकिने माध्यम हो । आफ्नो मोबाइलबाट म्यासेज बक्समा गएर अंग्रेजी अल्फाबेट एल र […]

August 13, 2022
त्रिशुली नदीमा खस्यो ट्रक

चितवन - शनिबार बिहान करिब ९ बजेतिर त्रिशूली नदीमा एक ट्रक खसेको छ । इच्छाकामना गाउँपालिका – ५ स्थित नाग्दी खोला भन्ने ठाउँबाट एक इटा बोकेको ट्रक खसेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । ट्रकमा के कति सवार थिए भन्नेबारे खुलेको छैन । अहिले प्रहरीको टोली खोजीका लागि परिचालन भइसकेको बताइएको छ ।

IPO Result Check

" निरन्तर समाचारको संवाहक "

Beta version

Narayani Post

news@narayanipost.com
narayanipost24@gmail.com
चितवन, नेपाल  

जोडिनुहोस

copyright © narayanipost.com 
Headlines: 
linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram