NarayaniPost.com
आइतवार, फाल्गुन १३, २०८०

महिला डाक्टरको घरमा गोप्य क्यामरा राखेको आरोपमा एक डाक्टर पक्राउ

नारायणी पोस्ट
बुधबार, असार ३०, २०७८

२०७८ असार ३० गते
काठमाडौं । भारतीय विद्यापीठ अस्पतालमा कार्यरत महिला डाक्टर पुणेको कात्रज इलाकामा अस्पताल परिसरमा नै बनेको घरमा बसिरहेकी थिइन् । अनुसन्धान गर्दा थाहा भयो कि ६ जुलाईमा महिला डाक्टरको घरमा एक अपरिचित व्यक्ति प्रवेश गरेर डुप्लिकेट चाबीको मद्दतले ताल्चा खोलेर बाथरुम र बेडरुममा क्यामरा राखिदिएको पत्ता लाग्यो ।

महिला डाक्टर कामबाट फर्किएर घरमा बत्ती बाल्दा नबलेपछि उनले इलेक्ट्रिसियनलाई बोलाइन् । इलेक्ट्रिसियनले घरको वायरिङ हेर्दा गोप्य रुपमा राखिएको क्यामराबारे थाहा पाए । त्यसपछि भारतीय विद्यापीठ प्रहरी स्टेशनमा रिपोर्ट दर्ता गरियो ।

त्यसपछि प्रहरीले गोप्य क्यामरा आफ्नो कब्जामा लिए । रोचक कुरा के रह्यो भने गलत उद्देश्यले लगाइएको यो क्यामरामा आरोपी डाक्टरको तस्बिर कैद भएको थियो । शंकाको सुई एमडी डाक्टर जगतापमाथि थियो ।

४२ वर्षका यी डाक्टरलाई सोधपुछका लागि प्रहरी स्टेशन बोलाइयो । सुरुमा त डाक्टरले क्यामराबारे आफूलाई केही थाहा नभएको बताए । तर जब प्रहरीले उनलाई वास्तविकताबारे जानकारी दिए तब डा. जगपातले आफ्नो अपराध स्वीकार गरे ।

डा. जगताप पुणेमा आफ्नो नीजि प्राक्टिसबाहेक भारती विद्यापीठमा कन्सल्टिङ लेक्चररको रुपमा जाने गर्दथे । अन्य दुई स्थानमा पनि उनको दुई यस्तै सम्झौता छ । डाक्टर जगतापको गिरफ्तारीपछि अदालतमा पेश गरियो । त्यहाँबाट उनलार्य प्रहरी हिरासतमा पठाइएको छ ।

आन्य समाचारहरु:-
July 12, 2023
प्रधानमन्त्री पत्नी सीता दाहालको निधन

२७ असार २०८०प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधन भएको छ । उपचारको क्रममा उनको काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएको हो ।८ बजेर ३३ मिनेट जाँदा प्रधानमन्त्री पत्नी सीता दाहालको निधन भएको अस्पताल स्रोतले जनाएको छ ।  लामो समयदेखि सीता बिरामी अवस्थामा थिइन् । ६९ वर्षको उमेरमा उनको निधन भएको हो । सीता दाहाललाई […]

July 11, 2023
सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकोप्टर लामजुराडाँडामा दुर्घटनाग्रस्त

सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकोप्टर लामजुराडाँडामा दुर्घटनाग्रस्त भएको छ । सवार ६ जना मध्य ५ जना को शव निकालियो थप एक जना को खोजी कार्य जारी

November 7, 2022
ड्राइभिङ लाइसेन्स प्रिन्ट भयो वा भएन ? थाहा पाउने ३ तरिका

तपाईले स्मार्ट ड्राइभिङ लाइसेन्सका लागि आवेदन दिनुभएको छ ? यदि हो भने तपाईको लाइसेन्स प्रिन्ट हुने समय भयो कि भएन ? यी सबै कुरा थाहा पाउनका लागि अनलाइनबाट विभिन्न माध्यमको प्रयोग गर्न सकिन्छ । ती मध्ये सबैभन्दा सजिलो माध्यम चाहिं एसएमएस पठाउन सकिने माध्यम हो । आफ्नो मोबाइलबाट म्यासेज बक्समा गएर अंग्रेजी अल्फाबेट एल र […]

August 13, 2022
त्रिशुली नदीमा खस्यो ट्रक

चितवन - शनिबार बिहान करिब ९ बजेतिर त्रिशूली नदीमा एक ट्रक खसेको छ । इच्छाकामना गाउँपालिका – ५ स्थित नाग्दी खोला भन्ने ठाउँबाट एक इटा बोकेको ट्रक खसेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । ट्रकमा के कति सवार थिए भन्नेबारे खुलेको छैन । अहिले प्रहरीको टोली खोजीका लागि परिचालन भइसकेको बताइएको छ ।

IPO Result Check

" निरन्तर समाचारको संवाहक "

Beta version

Narayani Post

news@narayanipost.com
narayanipost24@gmail.com
चितवन, नेपाल  

जोडिनुहोस

copyright © narayanipost.com 
Headlines: 
linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram