NarayaniPost.com
आइतवार, फाल्गुन १३, २०८०

अफगानी सेनालाई आत्मसमर्पण गर्न तालिबानको चेतावनी

नारायणी पोस्ट
बुधबार, असार ३०, २०७८

२०७८ असार ३० गते
काठमाडौं । तालिबानका एक वरिष्ठ नेताले आफूहरुले अफगानिस्तानी सैनिकसँग युद्ध गर्न नचाहेको तर उनीहरुले आत्मसमर्पण गरेको हेर्न चाहेको बताएका छन् ।

अन्तर्राष्ट्रिय समाचार एजेन्सी एएफपीले आफ्नो रिपोर्टमा यस्तो उल्लेख गरेको छ । समाचारमा उल्लेख गरिएअनुसार तालिबानले टर्कीलाई पनि अफगानिस्तानमा आफ्नो सैनिक संख्या नबढाउन चेतावनी दिएको छ ।

तालिबानले अफगानिस्तानको अधिकांश क्षेत्रलाई आफ्नो कब्जामा लिएको छ । विदेशी सैनिक फिर्ता जान थालेसँगै तालिबानको नियन्त्रण अफगानिस्तानमा तीव्र गतिमा बढेको छ । अफगानिस्तानमा अब केही सहर मात्र अफगानी सेनाको नियन्त्रणमा बाँकी रहेको छ । अब यी क्षेत्रमा आवश्यक सामग्रीहरु केवल हवाईजहाजबाट पठाउनुपर्ने अवस्था आएको छ ।

तालिबानका प्रवक्ता आमिर खान मुत्ताकीले भनेका छन् ‘अब युद्ध पहाडी र विकट क्षेत्रबाट शहरी क्षेत्रसम्म आइपुगेको छ । यद्यपि मुजाहिद्दिन (तालिबानका लडाकु) शहरभित्र युद्ध गर्न चाहँदैनन् । त्यसैले राम्रो यो हुन्छ कि वार्ताको कुनै माध्यम बनाइयोस् ताकि शहरलाई नोक्सानीबाट बचाउन सकियोस् ।’

आन्य समाचारहरु:-
July 12, 2023
प्रधानमन्त्री पत्नी सीता दाहालको निधन

२७ असार २०८०प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधन भएको छ । उपचारको क्रममा उनको काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएको हो ।८ बजेर ३३ मिनेट जाँदा प्रधानमन्त्री पत्नी सीता दाहालको निधन भएको अस्पताल स्रोतले जनाएको छ ।  लामो समयदेखि सीता बिरामी अवस्थामा थिइन् । ६९ वर्षको उमेरमा उनको निधन भएको हो । सीता दाहाललाई […]

July 11, 2023
सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकोप्टर लामजुराडाँडामा दुर्घटनाग्रस्त

सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकोप्टर लामजुराडाँडामा दुर्घटनाग्रस्त भएको छ । सवार ६ जना मध्य ५ जना को शव निकालियो थप एक जना को खोजी कार्य जारी

November 7, 2022
ड्राइभिङ लाइसेन्स प्रिन्ट भयो वा भएन ? थाहा पाउने ३ तरिका

तपाईले स्मार्ट ड्राइभिङ लाइसेन्सका लागि आवेदन दिनुभएको छ ? यदि हो भने तपाईको लाइसेन्स प्रिन्ट हुने समय भयो कि भएन ? यी सबै कुरा थाहा पाउनका लागि अनलाइनबाट विभिन्न माध्यमको प्रयोग गर्न सकिन्छ । ती मध्ये सबैभन्दा सजिलो माध्यम चाहिं एसएमएस पठाउन सकिने माध्यम हो । आफ्नो मोबाइलबाट म्यासेज बक्समा गएर अंग्रेजी अल्फाबेट एल र […]

August 13, 2022
त्रिशुली नदीमा खस्यो ट्रक

चितवन - शनिबार बिहान करिब ९ बजेतिर त्रिशूली नदीमा एक ट्रक खसेको छ । इच्छाकामना गाउँपालिका – ५ स्थित नाग्दी खोला भन्ने ठाउँबाट एक इटा बोकेको ट्रक खसेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । ट्रकमा के कति सवार थिए भन्नेबारे खुलेको छैन । अहिले प्रहरीको टोली खोजीका लागि परिचालन भइसकेको बताइएको छ ।

IPO Result Check

" निरन्तर समाचारको संवाहक "

Beta version

Narayani Post

news@narayanipost.com
narayanipost24@gmail.com
चितवन, नेपाल  

जोडिनुहोस

copyright © narayanipost.com 
Headlines: 
linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram