NarayaniPost.com
आइतवार, फाल्गुन १३, २०८०

राउटेलाई मूलधारमा ल्याउन नीति

नारायणी पोस्ट
बिहिबार, असार ३१, २०७८

२०७८ असार ३१ गते
दैलेख । कर्णाली प्रदेश सरकारले अति लोपोन्मुख जाति राउटेलाई राज्यको मूलप्रवाहमा ल्याउन नीति तयार पारेको छ। स्थायी बसोबास गराउने, नागरिकताको प्रमाणपत्र प्रदान गर्ने, उनीहरूको भाषालाई लिपिबद्ध गर्दैै संस्कृति संरक्षण गर्नेलगायत नीति छ। दैलेखको गुराँस गाउँपालिकाले तीन वर्षअघि स्थायी परिचयपत्र उपलब्ध गराएको थियो।

सामाजिक विकास मन्त्रालयले अति लोपोन्मुख राउटे समुदायको मूलप्रवाहीकरण नीति २०७८ तयार पारेको हो। यसमा मानव सभ्यताको इतिहास बोकेको राउटे समुदायको पहिचान, मौलिकता र मानव अधिकारको संरक्षण गरी समतामूलक समाज निर्माण गर्ने लक्ष लिइएको उल्लेख छ।

‘राउटे समुदायको जातीय र मौलिकता संरक्षण, बसाइलाई व्यवस्थापन गर्दै स्थायी बस्ती बसाल्ने, सीप कलालाई आधुनिकीकरण गरी आयआर्जन र जीविकोपार्जनका लागि मुख्य स्रोत बनाइनेछ’, नीतिमा लेखिएको छ, ‘राउटेको बासस्थानलाई पर्यटकीय प्रवद्र्धन गरी लोप हुनबाट बचाउने, बाह्य समुदायबाट हुने हानी–नोक्सानी तथा हिंसाजन्य जोखिम अन्त्य गरिनेछ।’
राउटेको मानव अधिकार संरक्षण, समुदायको पहिचान, मौलिकता, इतिहास, परम्परा, लिपि र भाषाको संरक्षण तथा प्रवद्र्धनको आवश्यकता औंल्याइएको छ। यस्तै समुदायको आधारभूत आवश्यकता शिक्षा, स्वास्थ्य, जीविकोपार्जनका विकल्पहरु पहिचान गर्न नीतिको आवश्यकता औंल्याइएको छ। बाह्य समुदायबाट राउटे समुदायमा हुने वा हुन सक्ने लैंगिक तथा यौनजन्यलगायत सबै प्रकारका हिंसा र भेदभाव अन्त्य गर्न पनि नीतिको आवश्यकता रहेको जनाइएको छ। मन्त्रालयका सचिव कृष्णप्रसाद काप्रीका अनुसार नीतिमा राउटे बालबालिकालाई घुम्ती तथा खेलका माध्यमबाट शिक्षण सिकाइ गतिविधिमार्फत शिक्षा प्राप्तिको अधिकार सुनिश्चित गरिनेछ।

मूलप्रवाहीकरणका लागि सामाजिक विकासमन्त्रीको अध्यक्षतामा निर्देशक समिति गठनको प्रस्ताव गरिएको छ। उक्त समितिमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, आर्थिक मामिला तथा योजना मन्त्रालय, सामाजिक विकास मन्त्रालय, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, भौतिक पूर्वाधार मन्त्रालयका सचिव सदस्य रहनेछन्। यस्तै सामाजिक विकास महाशाखा प्रमुख सदस्य–सचिव रहने नीतिमा उल्लेख छ। उक्त समितिलाई राउटे समुदायको मूलप्रवाहीकरणका लागि मार्गनिर्देशन गर्ने, आन्तरिक तथा बाह्य समन्वय र सहकार्य गर्ने, बजेटको व्यवस्था गर्ने, राउटे समुदायसम्बन्धी भएका कार्यको अनुगमन गर्नेलगायत जिम्मेवारी प्रस्ताव गरिएको छ।

जातिको पहिचान, भेषभूषा र लिपी संरक्षित हुने, जमिनको स्वामित्वसहितको स्थायी बासिन्दामा रूपान्तरण हुने, सरसफाइमा उल्लेख्य प्रगति हुने, बालबालिका शिक्षा आर्जनका लागि विद्यालय जाने अपेक्षा गरिएको छ। यस्तै, राउटेको पहिचानसहितको खुला संग्रहालय स्थापना गरिने, सीप आधुनीकरण भई रूपान्तरित राउटे समुदायको स्थापना हुने नीतिमा छ। मन्त्रालयले नीतिका विषयमा प्रदेशको सामाजिक विकास समिति र प्रदेश योजना आयोगसँग छलफल गरेको छ।

राउटेका मौलिकता, भाषा, धर्म, संस्कृति तथा परम्परागत जीविकोपार्जनको पेसा हराउँदै गइरहेका छन्। प्रदेश सरकारले तयार पारेको नीतिमा घुमन्ते जीवन बिताउने भएका कारण राउटेले अधिकांश समय घर निर्माण र भत्काउन खर्चिनुपरेको उल्लेख छ। उनीहरुमा व्यक्तिगत तथा सामुदायिक सरसफाइसम्बन्धी ज्ञानको कमी छ। राउटे समुदायमा पढ्नु हुँदैन भन्ने मान्यताका कारण बालबालिका शिक्षा पाउनबाट बञ्चित छन्। उच्च जन्मदर र मृत्युदर, कुपोषणजस्ता स्वास्थ्य समस्या राउटेले झेलिरहेका छन्।

आन्य समाचारहरु:-
July 12, 2023
प्रधानमन्त्री पत्नी सीता दाहालको निधन

२७ असार २०८०प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधन भएको छ । उपचारको क्रममा उनको काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएको हो ।८ बजेर ३३ मिनेट जाँदा प्रधानमन्त्री पत्नी सीता दाहालको निधन भएको अस्पताल स्रोतले जनाएको छ ।  लामो समयदेखि सीता बिरामी अवस्थामा थिइन् । ६९ वर्षको उमेरमा उनको निधन भएको हो । सीता दाहाललाई […]

July 11, 2023
सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकोप्टर लामजुराडाँडामा दुर्घटनाग्रस्त

सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकोप्टर लामजुराडाँडामा दुर्घटनाग्रस्त भएको छ । सवार ६ जना मध्य ५ जना को शव निकालियो थप एक जना को खोजी कार्य जारी

November 7, 2022
ड्राइभिङ लाइसेन्स प्रिन्ट भयो वा भएन ? थाहा पाउने ३ तरिका

तपाईले स्मार्ट ड्राइभिङ लाइसेन्सका लागि आवेदन दिनुभएको छ ? यदि हो भने तपाईको लाइसेन्स प्रिन्ट हुने समय भयो कि भएन ? यी सबै कुरा थाहा पाउनका लागि अनलाइनबाट विभिन्न माध्यमको प्रयोग गर्न सकिन्छ । ती मध्ये सबैभन्दा सजिलो माध्यम चाहिं एसएमएस पठाउन सकिने माध्यम हो । आफ्नो मोबाइलबाट म्यासेज बक्समा गएर अंग्रेजी अल्फाबेट एल र […]

August 13, 2022
त्रिशुली नदीमा खस्यो ट्रक

चितवन - शनिबार बिहान करिब ९ बजेतिर त्रिशूली नदीमा एक ट्रक खसेको छ । इच्छाकामना गाउँपालिका – ५ स्थित नाग्दी खोला भन्ने ठाउँबाट एक इटा बोकेको ट्रक खसेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । ट्रकमा के कति सवार थिए भन्नेबारे खुलेको छैन । अहिले प्रहरीको टोली खोजीका लागि परिचालन भइसकेको बताइएको छ ।

IPO Result Check

" निरन्तर समाचारको संवाहक "

Beta version

Narayani Post

news@narayanipost.com
narayanipost24@gmail.com
चितवन, नेपाल  

जोडिनुहोस

copyright © narayanipost.com 
Headlines: 
linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram