NarayaniPost.com
आइतवार, फाल्गुन १३, २०८०

युनियन लाइफको आईपीओ आजै बाडफाड हुने सम्भाबना

नारायणी पोस्ट
बिहिबार, असार ३१, २०७८

२०७८ असार ३१ गते
काठमाडौं । युनियन लाइफको आईपीओमा साढे १५ लाख बढीको हात खाली हुने भएको छ ।

बिक्री प्रबन्धक प्रभु क्यापिटलका अनुसार उक्त आईपीओ रितपूर्वक आवेदन दिएका कुल आवेदक मध्ये १५ लाख ५४ हजार २९९ को हात खाली हुने भएको हो । कम्पनीको आईपीओमा कुल २१ लाख ८२ हजार ७७५ जनाले आवेदन दिएका थिए । यसमध्ये कुल योग्य आवेदनको संख्या भने २१ लाख १२ हजार ७९९ जना रहेको क्यापिटलले अर्थतन्त्रलाई जानकारी दिएको छ ।

क्यापिटलका अनुसार ४ हजार ८०१ आवेदन डुब्लिकेशन भएको जनाएको छ । क्यापिटलले ‘प्रि अलोटमेण्ट’ कार्य सकेकाले उक्त आईपीओ आजै बाँडफाँड हुने जनाएको छ । योग्य कुल आवेदक मध्ये ५ लाख ५८ हजार ५ सय जनालाई न्युनतम १० कित्ता आईपीओ पर्ने छ । क्यापिटलका अनुसार यो नै आधिकारिक तथ्याङ्क हो । यहि तथ्याङ्क अनुसार आजै आईपीओ बाँडफाँड हुने क्यापिटलले जनाएको छ ।

कम्पनीले असार २४ गतेदेखि प्रतिकित्ता १०० रुपैयाँका दरले ६४ लाख ५० हजार कित्ता आईपीओ निष्काशन गरेको थियो ।

जसमा ३ लाख २२ हजार ५०० कित्ता कम्पनीका कर्मचारी र ३ लाख २२ हजार ५०० कित्ता म्युचुअल फन्डको लागि छुट्याइएको थियो । बाँकी ५८ लाख ५ हजार कित्तामा सर्वसाधारणले आवेदन दिन सक्ने व्यबस्था गरेको थियो ।

आन्य समाचारहरु:-
July 12, 2023
प्रधानमन्त्री पत्नी सीता दाहालको निधन

२७ असार २०८०प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधन भएको छ । उपचारको क्रममा उनको काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएको हो ।८ बजेर ३३ मिनेट जाँदा प्रधानमन्त्री पत्नी सीता दाहालको निधन भएको अस्पताल स्रोतले जनाएको छ ।  लामो समयदेखि सीता बिरामी अवस्थामा थिइन् । ६९ वर्षको उमेरमा उनको निधन भएको हो । सीता दाहाललाई […]

July 11, 2023
सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकोप्टर लामजुराडाँडामा दुर्घटनाग्रस्त

सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकोप्टर लामजुराडाँडामा दुर्घटनाग्रस्त भएको छ । सवार ६ जना मध्य ५ जना को शव निकालियो थप एक जना को खोजी कार्य जारी

November 7, 2022
ड्राइभिङ लाइसेन्स प्रिन्ट भयो वा भएन ? थाहा पाउने ३ तरिका

तपाईले स्मार्ट ड्राइभिङ लाइसेन्सका लागि आवेदन दिनुभएको छ ? यदि हो भने तपाईको लाइसेन्स प्रिन्ट हुने समय भयो कि भएन ? यी सबै कुरा थाहा पाउनका लागि अनलाइनबाट विभिन्न माध्यमको प्रयोग गर्न सकिन्छ । ती मध्ये सबैभन्दा सजिलो माध्यम चाहिं एसएमएस पठाउन सकिने माध्यम हो । आफ्नो मोबाइलबाट म्यासेज बक्समा गएर अंग्रेजी अल्फाबेट एल र […]

August 13, 2022
त्रिशुली नदीमा खस्यो ट्रक

चितवन - शनिबार बिहान करिब ९ बजेतिर त्रिशूली नदीमा एक ट्रक खसेको छ । इच्छाकामना गाउँपालिका – ५ स्थित नाग्दी खोला भन्ने ठाउँबाट एक इटा बोकेको ट्रक खसेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । ट्रकमा के कति सवार थिए भन्नेबारे खुलेको छैन । अहिले प्रहरीको टोली खोजीका लागि परिचालन भइसकेको बताइएको छ ।

IPO Result Check

" निरन्तर समाचारको संवाहक "

Beta version

Narayani Post

news@narayanipost.com
narayanipost24@gmail.com
चितवन, नेपाल  

जोडिनुहोस

copyright © narayanipost.com 
Headlines: 
linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram