NarayaniPost.com
आइतवार, फाल्गुन १३, २०८०

खुट्टामा चोट लागेर आएकी बालिकालाई रेबिजको खोप

नारायणी पोस्ट
शुक्रबार, साउन १, २०७८

२०७८ साउन १ गते
नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापश्चिम) को परासीस्थित पृथ्वीचन्द्र अस्पतालमा खुट्टामा चोट लागेर उपचारका लागि आएकी एक बालिकालाई स्वास्थ्यकर्मीले रेबिजविरुद्धको खोप लगाइदिएका छन् । खुट्टामा प्लाष्टर गर्नुपर्ने सुनवल नगरपालिका–९ की तीन वर्षीया बालिका प्रिया कंहारलाई स्वास्थ्यकर्मीले भने कुकुरले टोक्दा लगाइने खोप लगाइदिएको बालिकाका आफन्तले आरोप लगाएका छन् ।

बालिकाका आफन्तले स्वास्थ्यकर्मीले चरम लापरवाही गरी छोरीको स्वास्थ्यमाथि खेलवाड गरेको आरोप लगाए । अस्पतालमा कार्यरत स्वास्थ्य सहायक नितिशा कोइरालाले रेबिजविरुद्धको खोप लगाइरहेको लाइनमा बालिकाकी आमाले बालिकालाई पनि खोपको लाइनमै लगेकाले भुलवश रेबिजविरुद्धको खोप लगाइएको बताए ।

अस्पतालका निमित्त प्रमुख मेसु डा मोहम्मद नुरुल होदाले कोठा अभावका कारण प्लाष्टर गर्ने र खोप लगाउने कोठा एउटै रहेकाले खोप लगाउन आह्वान गर्दा प्लाष्टरका लागि लाइनमा बसेकी बालिकाका अभिभावकले झुक्किएर खोप लगाउन ल्याएको र स्वास्थ्यकर्मीले पनि उसको पुर्जा नहेरी खोप लगाइदिँदा दुवै पक्षबाट गल्ती हुन पुगेको बताए ।

रेबिजविरुद्धको खोप लगाउँदा स्वास्थ्य जोखिम नहुने भएकाले आत्तिनुपर्ने अवस्था भने नरहेको उहाँले बताए । खोप लगाउने कर्मचारीलाई तत्काल सचेत गराई अबदेखि यस किसिमका घटना नदोहो¥याउने प्रतिबद्धता गराइएको उनले बताए । प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले घटनाबारे सूचना पाएलगत्तै सहायक प्रमुख जिल्ला अधिकारी जोरासिंह माझीसहित स्थलगत जानकारी लिँदै दोषी कर्मचारीलाई तत्काल स्पष्टीकरण सोध्न र चित्तबुझ्दो जवाफ नआए विभागीय कारवाहीका लागि सिफारिस गर्न अस्पतालका निमित्त प्रमुख होदालाई निर्देशन दिए ।

आन्य समाचारहरु:-
July 12, 2023
प्रधानमन्त्री पत्नी सीता दाहालको निधन

२७ असार २०८०प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधन भएको छ । उपचारको क्रममा उनको काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएको हो ।८ बजेर ३३ मिनेट जाँदा प्रधानमन्त्री पत्नी सीता दाहालको निधन भएको अस्पताल स्रोतले जनाएको छ ।  लामो समयदेखि सीता बिरामी अवस्थामा थिइन् । ६९ वर्षको उमेरमा उनको निधन भएको हो । सीता दाहाललाई […]

July 11, 2023
सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकोप्टर लामजुराडाँडामा दुर्घटनाग्रस्त

सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकोप्टर लामजुराडाँडामा दुर्घटनाग्रस्त भएको छ । सवार ६ जना मध्य ५ जना को शव निकालियो थप एक जना को खोजी कार्य जारी

November 7, 2022
ड्राइभिङ लाइसेन्स प्रिन्ट भयो वा भएन ? थाहा पाउने ३ तरिका

तपाईले स्मार्ट ड्राइभिङ लाइसेन्सका लागि आवेदन दिनुभएको छ ? यदि हो भने तपाईको लाइसेन्स प्रिन्ट हुने समय भयो कि भएन ? यी सबै कुरा थाहा पाउनका लागि अनलाइनबाट विभिन्न माध्यमको प्रयोग गर्न सकिन्छ । ती मध्ये सबैभन्दा सजिलो माध्यम चाहिं एसएमएस पठाउन सकिने माध्यम हो । आफ्नो मोबाइलबाट म्यासेज बक्समा गएर अंग्रेजी अल्फाबेट एल र […]

August 13, 2022
त्रिशुली नदीमा खस्यो ट्रक

चितवन - शनिबार बिहान करिब ९ बजेतिर त्रिशूली नदीमा एक ट्रक खसेको छ । इच्छाकामना गाउँपालिका – ५ स्थित नाग्दी खोला भन्ने ठाउँबाट एक इटा बोकेको ट्रक खसेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । ट्रकमा के कति सवार थिए भन्नेबारे खुलेको छैन । अहिले प्रहरीको टोली खोजीका लागि परिचालन भइसकेको बताइएको छ ।

IPO Result Check

" निरन्तर समाचारको संवाहक "

Beta version

Narayani Post

news@narayanipost.com
narayanipost24@gmail.com
चितवन, नेपाल  

जोडिनुहोस

copyright © narayanipost.com 
Headlines: 
linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram