NarayaniPost.com
आइतवार, फाल्गुन १३, २०८०

मुम्बईमा पहिरो खस्दा १५ जनाको मृत्यु

नारायणी पोस्ट
आइतवार, साउन ३, २०७८

२०७८ साउन ३ गते
काठमाडौं । मुम्बईमा लगातार भइरहेको वर्षाका कारण शनिबार राति दुई ठाउँमा पहिरो जाँदा १५ जनाको मृत्यु भएको छ । १२ जनाको चेम्बुर इलाका तथा ३ जनाको बिक्रोलीमा ज्यान गएको हा । चेम्बूर घटना १६ जनालाई उद्धार गरिएको छ । यहाँ पाँचवटा भवन ढलेका छन् । एनडिआरफको टिमले भग्नावशेष हटाइरहेको छ ।

यो घटना मध्यराति १२ः३० मा भएको थियो, जतिबेला मानिसहरु घरमा सुतिरहेका थिए । एनडिआरएफ इन्स्पेक्टर राहुल रघुवंशका अनुसार चेम्बुरमा उनको टिमले भग्नावशेषबाट दुईवटा शव बरामद गरेको छ ।

उनी पुग्नुभन्दा पहिले नै स्थानीयले १० वटा शव निकालिसकेका थिए । कम्तिमा ७ जना मानिस भग्नावशेषमा फसेको आशंका छन् । एनडिआरएफका सहायक कमान्डेन्ट आशीष कुमारका अनुसार बिक्रोलीमा भग्नावशेषमा ५–६ जना मानिस फसेको आशंका गरिएको छ ।

मुम्बईमा बिहीबार रातिदेखि नै पानी परेको थियो । चेम्बूर कान्दिवली र बोरिवलीका पूर्वी इलाका डुबानमा परेका छन् । मौसम विभागले थप वर्षा हुनसक्ने भन्दै सतर्क रहन आग्रह गरेको छ । आइतबार बिहानदेखि यहाँका धेरै इलाकाहरुमा वर्षा भइरहेको छ ।

अत्याधिक वर्षाका कारण मुम्बई र त्यस आसपासका क्षेत्रमा रेलको ट्रयाकमा पानी जमेको र रेलवे सेवा प्रभावित भएको पश्चिम रेलवेले जनाएको छ ।एजेन्सी

आन्य समाचारहरु:-
July 12, 2023
प्रधानमन्त्री पत्नी सीता दाहालको निधन

२७ असार २०८०प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधन भएको छ । उपचारको क्रममा उनको काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएको हो ।८ बजेर ३३ मिनेट जाँदा प्रधानमन्त्री पत्नी सीता दाहालको निधन भएको अस्पताल स्रोतले जनाएको छ ।  लामो समयदेखि सीता बिरामी अवस्थामा थिइन् । ६९ वर्षको उमेरमा उनको निधन भएको हो । सीता दाहाललाई […]

July 11, 2023
सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकोप्टर लामजुराडाँडामा दुर्घटनाग्रस्त

सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकोप्टर लामजुराडाँडामा दुर्घटनाग्रस्त भएको छ । सवार ६ जना मध्य ५ जना को शव निकालियो थप एक जना को खोजी कार्य जारी

November 7, 2022
ड्राइभिङ लाइसेन्स प्रिन्ट भयो वा भएन ? थाहा पाउने ३ तरिका

तपाईले स्मार्ट ड्राइभिङ लाइसेन्सका लागि आवेदन दिनुभएको छ ? यदि हो भने तपाईको लाइसेन्स प्रिन्ट हुने समय भयो कि भएन ? यी सबै कुरा थाहा पाउनका लागि अनलाइनबाट विभिन्न माध्यमको प्रयोग गर्न सकिन्छ । ती मध्ये सबैभन्दा सजिलो माध्यम चाहिं एसएमएस पठाउन सकिने माध्यम हो । आफ्नो मोबाइलबाट म्यासेज बक्समा गएर अंग्रेजी अल्फाबेट एल र […]

August 13, 2022
त्रिशुली नदीमा खस्यो ट्रक

चितवन - शनिबार बिहान करिब ९ बजेतिर त्रिशूली नदीमा एक ट्रक खसेको छ । इच्छाकामना गाउँपालिका – ५ स्थित नाग्दी खोला भन्ने ठाउँबाट एक इटा बोकेको ट्रक खसेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । ट्रकमा के कति सवार थिए भन्नेबारे खुलेको छैन । अहिले प्रहरीको टोली खोजीका लागि परिचालन भइसकेको बताइएको छ ।

IPO Result Check

" निरन्तर समाचारको संवाहक "

Beta version

Narayani Post

news@narayanipost.com
narayanipost24@gmail.com
चितवन, नेपाल  

जोडिनुहोस

copyright © narayanipost.com 
Headlines: 
linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram