NarayaniPost.com
शनिबार, असार ३०, २०८०

कुखुराको सुलीबाट बिजुली

नारायणी पोस्ट
आइतवार, साउन ३१, २०७८

२०७८ साउन ३१ गते
चितवन । कुखुराको सुलीबाट ६२ केभीएको जेनेरेटर चलिरहेको छ भन्ने सुन्दा अचम्म लाग्न सक्छ । पूर्वी चितवनका व्यवसायी अर्जुन अर्यालले आफ्नै फर्ममा संकलन भएको कुखुराको सुलीबाट बिजुली उत्पादन गरी नयाँ कामको समेत शुरुवात गरेका छन् ।

उत्पादित बिजुली कुखुराका खोरमा प्रयोग गरिएको छ । उनका अनुसार सुलीबाट मासिक एक लाख हाराहारीको विद्युत् उत्पादन भएको छ ।

खैरहनी नगरपालिका–१ ज्यामिरेमा रहेको अन्नपूर्ण पोल्ट्री बिडर्स फार्म प्रालिमा जडित बायोग्यास प्लान्टबाट विद्युत् उत्पादन हुँदै आएको हो । फार्मले ६२ केभीएको जेनेरेटर ग्यासबाटै सञ्चालनमा ल्याएको छ । यससँगै तीन फार्मलाई आवश्यक पर्ने विद्युत यहींबाट उत्पादन भएको छ । फार्मका सञ्चालक अर्यालका अनुसार शुरुमा १२ लाख रुपैयाँ खर्च गरेर ग्यास उत्पादन थालिएको हो ।

यसको प्रभावकारिता राम्रो देखिएपछि एक करोड ६५ लाख खर्च गरेर अत्याधुनिक सीएसटीआर प्रविधिअन्तर्गत ५०० घनमिटरको आधुनिक डोमबाट ग्यास उत्पादन हुँदै आएको छ । यसका लागि विश्व बैंकले ऊर्जा विकास कम्पनीमार्फत ५२ लाख रुपैयाँ अनुदानसमेत दिएको उनले बताए ।

सुलीबाट ग्यास उत्पादन भएपछि गन्ध हराउने र मल थप प्रभावकारी हुने भएपछि उनी यसप्रति आकर्षित भएका हुन् । यससँगै इन्धन बचाउने काममा ग्यास प्रभावकारी भएको छ । निकट भविष्यमा दुई हजार घनमिटरको डोमबाट बायोग्यास उत्पादन गर्ने उनको तयारी छ ।

बैंकले उनको प्रस्ताव स्वीकृत गरेको र परियोजना सम्पन्न हुँदै गर्दा दुई लाख १५ हजार कुखुरालाई आवश्यक पर्ने सम्पूर्ण इन्धन ग्यासबाट पूरा हुने उनले बताए । यसका लागि करीब १२ करोड रुपैयाँ खर्च हुनेछ । सोमध्ये चार करोड विश्व बैंकले अनुदान दिने उनले बताए । यसबाट २५० केभीएको जेनेटर चल्नेछ । यसले अत्याधुनिक वातानुकूलित खोरमा आवश्यक विद्युत् पूरा गर्ने उनले बताए ।

अहिले खोरमा एक लाख कुखुरा छन् । केही महिनाभित्रमा दुई लाख १५ हजार पुर्‍याउनका लागि आधुनिक खोर बनिरहेका छन् । नेपालमा उच्चस्तरको केज प्रविधि भित्र्याउने अर्याल सरकारको जागिर छाडेर यो पेशामा लागेका हुन् ।

सामान्य नभएर अत्याधुनिक प्रविधिमा जानुपर्छ भन्ने सोचका साथ व्यवसाय शुरु गरेको उनी बताउँछन् । सो ठाउँमा दुई बिघा १० कठ्ठा जग्गा खरिद गरेर अर्यालले अटोमेटिक केजमार्फत व्यवसाय शुरु गरेका हुन् । ‘नेपालमा हामीले पहिलो पटक आटोमेटिक केज भित्र्याएका हौं,’ उनले भने ।

अर्यालले शुरुमा ६० हजार कुखुरापालनबाट व्यवसाय शुरु गरेका थिए । केजमा उत्पादन भएको अण्डा ठूलो र आकर्षक हुने हुँदा अहिले उनको फार्मबाट उत्पादित अण्डाको माग राम्रो छ । भविष्यमा यस पेशालाई आधुनिक बनाउने योजना रहेको उनले सुनाए । सत्तरी वर्षको उमेरमा पनि युवाहरुसँग व्यावसायिक प्रतिस्पर्धा गर्न सफल अर्याल भन्छन्, ‘खेर जाने सुलीलाई उपयोग गर्न सक्यौं भने कसैको खोरमा विद्युत् किन्नु पर्दैन ।’

यसो त बायोग्यास बनाउनुपूर्व गन्धका कारण स्थानीयले समय–समयमा विरोध गर्दै आएकोमा अहिले खोरभित्र मात्रै होइन, बायोग्यासपछि निस्किएको मलमा गन्ध आउँदैन । यो मलमा नाइट्रोजन प्रशस्त हुने हुँदा उर्वर मानिन्छ ।रासस

आन्य समाचारहरु:-
July 12, 2023
प्रधानमन्त्री पत्नी सीता दाहालको निधन

२७ असार २०८०प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधन भएको छ । उपचारको क्रममा उनको काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएको हो ।८ बजेर ३३ मिनेट जाँदा प्रधानमन्त्री पत्नी सीता दाहालको निधन भएको अस्पताल स्रोतले जनाएको छ ।  लामो समयदेखि सीता बिरामी अवस्थामा थिइन् । ६९ वर्षको उमेरमा उनको निधन भएको हो । सीता दाहाललाई […]

July 11, 2023
सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकोप्टर लामजुराडाँडामा दुर्घटनाग्रस्त

सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकोप्टर लामजुराडाँडामा दुर्घटनाग्रस्त भएको छ । सवार ६ जना मध्य ५ जना को शव निकालियो थप एक जना को खोजी कार्य जारी

November 7, 2022
ड्राइभिङ लाइसेन्स प्रिन्ट भयो वा भएन ? थाहा पाउने ३ तरिका

तपाईले स्मार्ट ड्राइभिङ लाइसेन्सका लागि आवेदन दिनुभएको छ ? यदि हो भने तपाईको लाइसेन्स प्रिन्ट हुने समय भयो कि भएन ? यी सबै कुरा थाहा पाउनका लागि अनलाइनबाट विभिन्न माध्यमको प्रयोग गर्न सकिन्छ । ती मध्ये सबैभन्दा सजिलो माध्यम चाहिं एसएमएस पठाउन सकिने माध्यम हो । आफ्नो मोबाइलबाट म्यासेज बक्समा गएर अंग्रेजी अल्फाबेट एल र […]

August 13, 2022
त्रिशुली नदीमा खस्यो ट्रक

चितवन - शनिबार बिहान करिब ९ बजेतिर त्रिशूली नदीमा एक ट्रक खसेको छ । इच्छाकामना गाउँपालिका – ५ स्थित नाग्दी खोला भन्ने ठाउँबाट एक इटा बोकेको ट्रक खसेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । ट्रकमा के कति सवार थिए भन्नेबारे खुलेको छैन । अहिले प्रहरीको टोली खोजीका लागि परिचालन भइसकेको बताइएको छ ।

IPO Result Check

" निरन्तर समाचारको संवाहक "

Beta version

Narayani Post

news@narayanipost.com
narayanipost24@gmail.com
चितवन, नेपाल  

जोडिनुहोस

copyright © narayanipost.com 
Headlines: 
linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram