NarayaniPost.com
आइतवार, फाल्गुन १३, २०८०

भूमिसम्बन्धी आयोग खारेज गरेर सुकुम्बासीको भविष्यमाथि बन्चरो हान्यो : अध्यक्ष ज्ञवाली

नारायणी पोस्ट
बुधबार, साउन २०, २०७८

२० साउन, काठमाडौं । सरकारले भूमिसम्बन्धी समस्या समाधान आयोग खारेज गरेको छ । मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले देवीप्रसाद ज्ञवाली नेतृत्वको आयोग खारेज गरेको हो ।

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले भूमिहीन दलित, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई जग्गा बाँड्न भन्दै देवीप्रसाद ज्ञवालीको अध्यक्षतामा २ वैशाख २०७७ मा आयोग गठन गरेको थियो ।

उक्त आयोगले ७७ वटै जिल्लामा पदाधिकारी नियुक्ति र कार्यालय खडा गरेको थियो । उक्त आयोगले भूमिहीन र सुकुम्बासीका नाममा जग्गा वितरण गरेर राजनीति प्रेरित काम गरेको आरोप लागेको थियो । जिल्ला जिल्लामा एमाले कार्यकर्तालाई पदाधिकारी नियुक्ति गरेर भूमिहीनका नाममा जथाभावी जग्गा वितरण गरेर चुनाव प्रभावित पार्ने काम गरेको भन्दै यस आयोगको आलोचना भइरहेको थिो ।

सुकुम्बासीको भविष्यमाथि बन्चरो : अध्यक्ष ज्ञवाली

सरकारले आयोग विघटन गरेर भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको भविष्यमाथि बन्चरो हान्ने काम भएको अध्यक्ष देवी ज्ञवालीको आरोप छ ।

शताब्दीऔंदेखि बेवास्तामा रहेका भूमिहीन दलित, सुकुम्बासीहरुलाई आयोगले जग्गाको स्वामित्व पूर्जा दिने व्यवस्थालाई मूर्त रुप दिन खोजिरहेका बेला आयोग विघटन गरेर सुकुम्बासीको भविष्यमाथि गम्भीर अपराध गरेको उनले बताए ।

सुकुम्बासीहरुको भविष्य सुन्दर भएको देख्न नचाहने जमिनदार शासक वर्गले उनीहरुको अधिकार कुण्ठित हुनेगरी आयोग विघटन गरेको उनको भनाइ छ । यसअघि मनमोहन अधिकारी नेतृत्वको सरकार गठन गरेको आयोग पनि पछिल्लो सरकारले विघटन गरेको ज्ञवालीले स्मरण गरे ।

उनले भने, ‘हामीलाई हटाएर सरकारले आफू निकट मानिस ल्याए भइहाल्थ्यो । तर आयोग नै विघटन गरेर सुकुम्बासीहरुको भविष्यमाथि बञ्चरो चलाउने काम राम्रो भएन । आयोग विघटनका लागि आफूलाई भूमिहीन सुकुम्बासीको पक्षधर भन्ने गठवन्धनले उक्साएको देखिन्छ ।’

एक पटकका लागि बनेको आयोग विघटन हुँदा कानुनी रुपमा अर्को आयोग बन्न गाह्रो हुने भन्दै उनले अब सुकुमबासीहरुले जमिन नपाउने अवस्था सिर्जना भएको बताए ।

आयोगले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई जमिन उपलब्ध गराउन स्थानीय तहहरुसँग मिलेर काम गरेको उनी बताउँछन् ।

७५३ स्थानीय तहमध्ये ७४३ वटा स्थानीय तहसँग समझदारी पत्रमा हस्ताक्षर गरी प्रक्रिया अगाडि बढको उनको भनाइ छ । ७४३ स्थानीय तहमध्ये सोमबारसम्म ५१३ वटा पालिकाबाट संकलित लगतको अन्तिम नामावली प्रकाशित गर्ने काम भइसकेको उनले बताए । बुधबारसम्म ५७५ वटा पालिकाको सूचना प्रकाशित गर्ने तयारी थियो ।

असार मसान्तसम्म भूमिहीन दलित र सुकुम्बासीमध्ये २ लाख ४७ हजार ९६० र अव्यवस्थित बसोबासी मध्ये ९ लाख ३२ हजार ८०१ गरी ११ लाख ८० हजार ७६१ परिवारको लगत संकलन भइसकेको अध्यक्ष ज्ञवालीले बताए ।

लगत संकलन भएकामध्ये १ लाख ७१ हजार घरपरिवारको लगत कम्प्युटर सिस्टममा इन्ट्री गरिसकेको उनले बताए । उनकाअनुसार यही बीचमा करिब १७ लाख जति परिवारको फर्म डिस्प्याज गर्ने काम भएको थियो ।
अध्यक्ष ज्ञवालीले अहिलेसम्म ९ हजार बिघा जमिन नापजाँच गर्ने काम पनि भइसकेको जानकारी दिए ।

आयोगले निरन्तरता पाइरहेको भए केही जिल्लामा एक दुई महिनाभित्र भूमिहीन, सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई लालपूर्जा वितरण हुने उनको विश्वास थियो । कोभिड–१९ महामारीले समस्या ननिम्त्याएको भए झापा, पाल्पा, सुर्खेत, जाजरकोट लगायत देशका धेरै जिल्लामा पूर्जा वितरणको काम सुरु हुने उनले बताए ।

आन्य समाचारहरु:-
July 12, 2023
प्रधानमन्त्री पत्नी सीता दाहालको निधन

२७ असार २०८०प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधन भएको छ । उपचारको क्रममा उनको काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएको हो ।८ बजेर ३३ मिनेट जाँदा प्रधानमन्त्री पत्नी सीता दाहालको निधन भएको अस्पताल स्रोतले जनाएको छ ।  लामो समयदेखि सीता बिरामी अवस्थामा थिइन् । ६९ वर्षको उमेरमा उनको निधन भएको हो । सीता दाहाललाई […]

July 11, 2023
सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकोप्टर लामजुराडाँडामा दुर्घटनाग्रस्त

सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकोप्टर लामजुराडाँडामा दुर्घटनाग्रस्त भएको छ । सवार ६ जना मध्य ५ जना को शव निकालियो थप एक जना को खोजी कार्य जारी

November 7, 2022
ड्राइभिङ लाइसेन्स प्रिन्ट भयो वा भएन ? थाहा पाउने ३ तरिका

तपाईले स्मार्ट ड्राइभिङ लाइसेन्सका लागि आवेदन दिनुभएको छ ? यदि हो भने तपाईको लाइसेन्स प्रिन्ट हुने समय भयो कि भएन ? यी सबै कुरा थाहा पाउनका लागि अनलाइनबाट विभिन्न माध्यमको प्रयोग गर्न सकिन्छ । ती मध्ये सबैभन्दा सजिलो माध्यम चाहिं एसएमएस पठाउन सकिने माध्यम हो । आफ्नो मोबाइलबाट म्यासेज बक्समा गएर अंग्रेजी अल्फाबेट एल र […]

August 13, 2022
त्रिशुली नदीमा खस्यो ट्रक

चितवन - शनिबार बिहान करिब ९ बजेतिर त्रिशूली नदीमा एक ट्रक खसेको छ । इच्छाकामना गाउँपालिका – ५ स्थित नाग्दी खोला भन्ने ठाउँबाट एक इटा बोकेको ट्रक खसेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । ट्रकमा के कति सवार थिए भन्नेबारे खुलेको छैन । अहिले प्रहरीको टोली खोजीका लागि परिचालन भइसकेको बताइएको छ ।

IPO Result Check

" निरन्तर समाचारको संवाहक "

Beta version

Narayani Post

news@narayanipost.com
narayanipost24@gmail.com
चितवन, नेपाल  

जोडिनुहोस

copyright © narayanipost.com 
Headlines: 
linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram