NarayaniPost.com
आइतवार, फाल्गुन १३, २०८०

पूर्व स्वास्थ्य मन्त्री गगन थापाद्वारा राप्ती ९ को वडा कार्यालय भवन उद्घाटन

नारायणी पोस्ट
बुधबार, साउन २०, २०७८

चितवन,२० साउन । चितवनको राप्ती नगरपालिका वडा नम्वर ९ को वडा कार्यालय भवनको बुधवार उद्घान गरिएको छ । प्रतिनिधी सभा सदस्य एवंम् पूर्व स्वास्थ्य मन्त्री गगन थापाले एक कार्यक्रमका बीच नवनिर्मित भवनको उद्घाटन गरेका हुन् । सो अवसरमा नेता थापाले सुकुम्वासीहरुले लालपुर्जा प्राप्त गर्ने वताए । निवर्तमान सरकारले वनाएको आयोग खारेज मात्र भएको तर सुकुम्वासीहरुले लालपुर्जा भने प्राप्त गर्ने उनको जिकिर थियो । अघिल्लो सरकारले केन्द्रदेखी जिल्ला सम्म पार्टीका कार्यकर्ता भर्ती गरेको थियो नेता थापाले भने – भर्ती केन्द्र खारेज गरेपनि केही समयपछि फेरी प्रक्रिया सुरु हुन्छ ।

पहिचान भएका सुकुम्वासीलाई लालपुर्जा प्रदान गर्ने प्रक्रिया सुरु गरेर काम टुंगोमा पुर्याउने नेता थापाले वताए । नेता थापाले अघिल्लो सरकारले गरेका गल्ती र कमजोरीलाई वर्तमान सरकारले सच्चाएर अघि वढ्नु तर्क गरे । वर्तमान सरकार चुनौतीका बीच वनेको उल्लेख गर्दै उनले चुनौतीको सामाना गर्दै जनजिविका र स्वास्थ्यका बारेमा चुक्ने छुट नभएको औल्याए । पूर्व स्वास्थ्य मन्त्री समेत रहेका नेता थापाले सम्पूर्ण नेपालीले कोरोना विरुद्धको खोप लगाउन अझै एक वर्ष लाग्ने र नयाँ प्रकृतिका भाईरस सक्रिय हुदै गएकाले हुन सक्ने क्षती र स्वास्थ्य मापदण्डमा आम नागरीक सचेत वन्नु पर्नेमा जोड दिए ।

वडा अध्यक्ष देवेन्द्र लामाको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा प्रदेश बागमती प्रदेश सभा सदस्य मिलनवावु श्रेष्ठ,नेपाल अण्डा उत्पादक संघका केन्द्रिय उपाध्यक्ष किरणभुषण ओली,समाजसेवी विष्णु छतकुल्ली,वडा सदस्य रामकुमार सुवेदीले मन्तव्य राखेका थिए । स्थानीय नन्ददेवी थपलिया र कृष्णराज थपलियाले निशुल्क प्रदान गरेको तीन कठ्ठा जग्गामा ६० लाख ११ हजार लागतमा भवन निर्माण गरिएको वडाध्यक्ष देवेन्द्र लामाले जानकारी दिए ।

आन्य समाचारहरु:-
July 12, 2023
प्रधानमन्त्री पत्नी सीता दाहालको निधन

२७ असार २०८०प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधन भएको छ । उपचारको क्रममा उनको काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएको हो ।८ बजेर ३३ मिनेट जाँदा प्रधानमन्त्री पत्नी सीता दाहालको निधन भएको अस्पताल स्रोतले जनाएको छ ।  लामो समयदेखि सीता बिरामी अवस्थामा थिइन् । ६९ वर्षको उमेरमा उनको निधन भएको हो । सीता दाहाललाई […]

July 11, 2023
सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकोप्टर लामजुराडाँडामा दुर्घटनाग्रस्त

सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकोप्टर लामजुराडाँडामा दुर्घटनाग्रस्त भएको छ । सवार ६ जना मध्य ५ जना को शव निकालियो थप एक जना को खोजी कार्य जारी

November 7, 2022
ड्राइभिङ लाइसेन्स प्रिन्ट भयो वा भएन ? थाहा पाउने ३ तरिका

तपाईले स्मार्ट ड्राइभिङ लाइसेन्सका लागि आवेदन दिनुभएको छ ? यदि हो भने तपाईको लाइसेन्स प्रिन्ट हुने समय भयो कि भएन ? यी सबै कुरा थाहा पाउनका लागि अनलाइनबाट विभिन्न माध्यमको प्रयोग गर्न सकिन्छ । ती मध्ये सबैभन्दा सजिलो माध्यम चाहिं एसएमएस पठाउन सकिने माध्यम हो । आफ्नो मोबाइलबाट म्यासेज बक्समा गएर अंग्रेजी अल्फाबेट एल र […]

August 13, 2022
त्रिशुली नदीमा खस्यो ट्रक

चितवन - शनिबार बिहान करिब ९ बजेतिर त्रिशूली नदीमा एक ट्रक खसेको छ । इच्छाकामना गाउँपालिका – ५ स्थित नाग्दी खोला भन्ने ठाउँबाट एक इटा बोकेको ट्रक खसेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । ट्रकमा के कति सवार थिए भन्नेबारे खुलेको छैन । अहिले प्रहरीको टोली खोजीका लागि परिचालन भइसकेको बताइएको छ ।

IPO Result Check

" निरन्तर समाचारको संवाहक "

Beta version

Narayani Post

news@narayanipost.com
narayanipost24@gmail.com
चितवन, नेपाल  

जोडिनुहोस

copyright © narayanipost.com 
Headlines: 
linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram