NarayaniPost.com
आइतवार, फाल्गुन १३, २०८०

एमालेलाई ठुलो धक्का, बागमती र एक नम्बर प्रदेश सरकार ढल्ने संभावना!

नारायणी पोस्ट
शनिबार, साउन ३०, २०७८

शनिबार, ३० साउन

काठमाडौं। गत संसदीय निर्वाचनमा झण्डै दुई तिहाइ बहुमतका साथ सत्तारोहण गरेको तत्कालीन नेकपा विभाजित बनेपछि सबैभन्दा ठूलो दल बनेको नेकपा एमालेले आन्तरिक किचलोका कारण एकपछि अर्को क्षति व्यहोरिरहेको छ।

माधव नेपाल समूहको विद्रोहका कारण नेपालले केन्द्र सरकारबाट एमाले बाहिरिनु परेको छ भने दुई वटा प्रदेश सरकारबाटसमेत एमाले बाहिरिएको छ।

चारवटा प्रदेश सरकारको नेतृत्व गरेको एमालेले गण्डकी र लुम्बिनी प्रदेश सरकार गुमाएको छ। गत चुनावमा केन्द्र र प्रदेशमा सरकारविहीन भएको नेपाली कांग्रेसले केन्द्र सरकारको नेतृत्व गरिरहेको छ भने गण्डकीमा समेत कांग्रेस नेतृत्वमा गठबन्धन सरकार छ।

एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव नेपालबीचको टकरावका कारण संघीय सरकार र गण्डकी र लुम्बिनी प्रदेश सरकारबाटसमेत एमाले बाहिरिएको छ।

पार्टीभित्रको आन्तरिक किचलोका कारण नै एकल बहुमतबाट सरकार बनाउन सक्ने अवस्था रहेको सुदूरपश्चिम प्रदेशमा माओवादी केन्द्रको सरकार छ भने आफ्नो नेतृत्वका सरकार बनाउन सक्ने कर्णालीमा पनि माओवादीकै सरकार छ। लुम्बिनीमा माओवादी केन्द्रले सरकार बनाएसँगै तीन वटा प्रदेश सरकार माओवादी केन्द्रको पोल्टामा पुगेको छ।

अहिले संघमा एमाले अध्यक्ष ओली ४१ महिनापछि सरकारबाट बहिर्गमन भएर प्रमुख प्रतिपक्षीमा पुगेका छन्। गण्डकीमा ओली सरकार कायमै रहेका बेला मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले कांग्रेस, माओवादी, जसपा र राष्ट्रिय जनमोर्चाको गठबनले सरकार गठन गरेको थियो।

लुम्बिनीमा पनि विश्वासको मत गुमाएपछि शंकर पोखरेललाई विस्थापन गर्दै गठबन्धनले आफ्नो सरकार बनाएको छ। पार्टीभित्रको आन्तरिक विवाद समाधान गर्न नसक्दा एमालेलाई एकपछि अर्को धक्का लाग्दै गएको छ।

दुईवटा प्रदेश सरकार गुमाएको एमालेले अब बाँकी दुई वटा प्रदेश सरकार पनि गुमाउने चिन्ता बढेको छ। माधव नेपाल समूहले पार्टी विभाजन गर्यो वा अन्य दलले समर्थन गरेको अवस्थमा बागमती र एक नम्बर प्रदेशबाट पनि एमाले बाहिरिन सक्छ।

विवाद बढ्दै गएपछि पार्टी विभाजनको रेखानजिक पुगेको छ। यसअघि तत्कालीन नेकपाभित्र विवाद बढ्दै जाँदा नेपाल पक्ष र प्रचण्ड पक्ष ९अहिले माओवादी केन्द्र० का सांसदहरूले दुवै प्रदेशमा मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव ल्याएका थिए। तर सर्वोच्च अदालतले नेकपाको एकता बदर गरेपछि ओलीलाई केही राहत पुगेको थियो भने, यी दुवै प्रदेशमा सरकार जोगिएका थिए।

अन्य संघदेखि प्रदेशहरूसम्म सरकार परिवर्तन भइरहँदा बागमतीमा डोरमणि पौडेल र प्रदेश–१ मा शेरधन राई नेतृत्वको सरकार पनि संकटमा देखिएको छ। सरकार परिवर्तनका लागि औपचारिक रूपमा पहल सुरु नभए पनि एमाले विभाजनको तहमा पुगेसँगै संकट थप गहिरिएको छ। अहिले एमाले वरिष्ठ नेता नेपाल सम्मिलित गठबन्धन बलियो भएका कारण नेपाल समूहले चाहेको खण्डमा यी दुवै प्रदेशमा सरकार परिवर्तन हुनसक्छ।

यसअघि गण्डकी र लुम्बिनीमा सरकारबाट एमाले बहिर्गमनमा पर्नु तथा सुदूरपश्चिम र कर्णालीमा सरकार बनाउने अवसर गुम्नुमा नेपाल पक्ष निर्णायक देखिएको छ। एमाले नेतृत्व तहमा कुरा नमिले बागमती र प्रदेश९१ ले पनि छिट्टै नयाँ सरकार पाउने र अहिलेको सत्तारुढ दल नेकपा एमाले प्रतिपक्षी भएर बस्ने निश्चित प्रायः देखिन्छ।
स्रोत: दैनिक न्यूज नेपाल

आन्य समाचारहरु:-
July 12, 2023
प्रधानमन्त्री पत्नी सीता दाहालको निधन

२७ असार २०८०प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधन भएको छ । उपचारको क्रममा उनको काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएको हो ।८ बजेर ३३ मिनेट जाँदा प्रधानमन्त्री पत्नी सीता दाहालको निधन भएको अस्पताल स्रोतले जनाएको छ ।  लामो समयदेखि सीता बिरामी अवस्थामा थिइन् । ६९ वर्षको उमेरमा उनको निधन भएको हो । सीता दाहाललाई […]

July 11, 2023
सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकोप्टर लामजुराडाँडामा दुर्घटनाग्रस्त

सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकोप्टर लामजुराडाँडामा दुर्घटनाग्रस्त भएको छ । सवार ६ जना मध्य ५ जना को शव निकालियो थप एक जना को खोजी कार्य जारी

November 7, 2022
ड्राइभिङ लाइसेन्स प्रिन्ट भयो वा भएन ? थाहा पाउने ३ तरिका

तपाईले स्मार्ट ड्राइभिङ लाइसेन्सका लागि आवेदन दिनुभएको छ ? यदि हो भने तपाईको लाइसेन्स प्रिन्ट हुने समय भयो कि भएन ? यी सबै कुरा थाहा पाउनका लागि अनलाइनबाट विभिन्न माध्यमको प्रयोग गर्न सकिन्छ । ती मध्ये सबैभन्दा सजिलो माध्यम चाहिं एसएमएस पठाउन सकिने माध्यम हो । आफ्नो मोबाइलबाट म्यासेज बक्समा गएर अंग्रेजी अल्फाबेट एल र […]

August 13, 2022
त्रिशुली नदीमा खस्यो ट्रक

चितवन - शनिबार बिहान करिब ९ बजेतिर त्रिशूली नदीमा एक ट्रक खसेको छ । इच्छाकामना गाउँपालिका – ५ स्थित नाग्दी खोला भन्ने ठाउँबाट एक इटा बोकेको ट्रक खसेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । ट्रकमा के कति सवार थिए भन्नेबारे खुलेको छैन । अहिले प्रहरीको टोली खोजीका लागि परिचालन भइसकेको बताइएको छ ।

IPO Result Check

" निरन्तर समाचारको संवाहक "

Beta version

Narayani Post

news@narayanipost.com
narayanipost24@gmail.com
चितवन, नेपाल  

जोडिनुहोस

copyright © narayanipost.com 
Headlines: 
linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram