NarayaniPost.com
बुधबार, जेष्ठ ३०, २०८१

अफगानिस्तानमा संकट

नारायणी पोस्ट
आइतवार, साउन ३१, २०७८

२०७८ साउन ३१ गते
काठमाडौं । तालिवानी विद्रोहीहरुको प्रभाव बढ्दै गएपछि अशान्त रहेको अफगानिस्तानमा कार्यरत नेपालीहरु आफूलाई विदेशी निकायले उद्धार गर्ने आशामा बसेका छन् । नेपाल सरकारले आफ्ना नागरिकको उद्धारका लागि कुनै पहल वा निर्णय गरिसकेको छैन । त्यहीकारण विदेशीको भर पर्नुबाहेक अर्को विकल्प पनि नेपालीसामु देखिँदैन ।

‘यहाँ आफ्ना कर्मचारीहरुलाई विदेशी निकायले धमाधम लैजान थालेका छन् । सडक सञ्जालबाट लैजाँदा जोखिम हुन्छ भन्दै उनीहरुले कार्यस्थलमै हेलिकप्टर ल्याउने गरेका छन्,’ काबुलस्थित जर्मनी दूतावासमा कार्यरत एक नेपालीले रातोपाटीसँग भने, ‘एयरपोर्टबाट ५–१० मिनेट टाढा रहेका ठाउँमा पनि हेलिकोप्टर ल्याइन्छ र एयर लिफ्टिङ गरी विमानस्थलसम्म पु–याइन्छ । हामीलाई पनि उनीहरुले यसरी नै उद्धार गर्छन् भन्ने आशा छ ।’

जर्मनी दूतावासमा ३५ जना नेपाली कार्यरत रहेको उनले बताए । जर्मनीले यसअघि नै आफ्ना नागरिकलाई घर फर्कन निर्देशन दिइसकेको छ ।

त्यसैगरी अमेरिकाले पनि काबुलस्थित दूतावासमा आफ्ना कर्मचारी कटौती गरेको छ, दूतावासका कर्मचारी र आफ्ना नागरिकलाई सुरक्षा प्रदान गर्न उसले तीन हजार सेना काबुल पठाएको थियो ।

भारतले उत्तरी शहर मजार–ए–सरिफमा रहेको आफ्नो कन्सुलेट कार्यालय बन्द गर्दै कर्मचारी तथा आफ्ना नागरिक लिन सैनिक विमान पठाएको थियो ।

बेलायतले ६ दिनअघि र फ्रान्सले एक महिनाअघि नै आफ्ना नागरिकलाई घर फर्कन निर्देशन दिइसकेका छन् । नेपाल सरकारले भने आफ्ना नागरिकको उद्धारका विषयमा कुनै निर्णय लिइसकेको छैन ।

परराष्ट्र मन्त्रालयले झन्डै एक सयको हाराहारीमा नेपालीहरु अफगानिस्तानमा रहेको जनाएको छ । यता, दिल्लीस्थित नेपाली दूतावासले त्यहाँ १५ सयको हाराहारीमा नेपालीहरु रहेको जनाएको छ । तर, यहाँ अवैधरुपमा बसिरहेका नेपालीहरुको संख्या योभन्दा ठूलो हुन सक्ने अनुमान छ ।

आन्य समाचारहरु:-
July 12, 2023
प्रधानमन्त्री पत्नी सीता दाहालको निधन

२७ असार २०८०प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधन भएको छ । उपचारको क्रममा उनको काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएको हो ।८ बजेर ३३ मिनेट जाँदा प्रधानमन्त्री पत्नी सीता दाहालको निधन भएको अस्पताल स्रोतले जनाएको छ ।  लामो समयदेखि सीता बिरामी अवस्थामा थिइन् । ६९ वर्षको उमेरमा उनको निधन भएको हो । सीता दाहाललाई […]

July 11, 2023
सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकोप्टर लामजुराडाँडामा दुर्घटनाग्रस्त

सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकोप्टर लामजुराडाँडामा दुर्घटनाग्रस्त भएको छ । सवार ६ जना मध्य ५ जना को शव निकालियो थप एक जना को खोजी कार्य जारी

November 7, 2022
ड्राइभिङ लाइसेन्स प्रिन्ट भयो वा भएन ? थाहा पाउने ३ तरिका

तपाईले स्मार्ट ड्राइभिङ लाइसेन्सका लागि आवेदन दिनुभएको छ ? यदि हो भने तपाईको लाइसेन्स प्रिन्ट हुने समय भयो कि भएन ? यी सबै कुरा थाहा पाउनका लागि अनलाइनबाट विभिन्न माध्यमको प्रयोग गर्न सकिन्छ । ती मध्ये सबैभन्दा सजिलो माध्यम चाहिं एसएमएस पठाउन सकिने माध्यम हो । आफ्नो मोबाइलबाट म्यासेज बक्समा गएर अंग्रेजी अल्फाबेट एल र […]

August 13, 2022
त्रिशुली नदीमा खस्यो ट्रक

चितवन - शनिबार बिहान करिब ९ बजेतिर त्रिशूली नदीमा एक ट्रक खसेको छ । इच्छाकामना गाउँपालिका – ५ स्थित नाग्दी खोला भन्ने ठाउँबाट एक इटा बोकेको ट्रक खसेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । ट्रकमा के कति सवार थिए भन्नेबारे खुलेको छैन । अहिले प्रहरीको टोली खोजीका लागि परिचालन भइसकेको बताइएको छ ।

IPO Result Check

" निरन्तर समाचारको संवाहक "

Beta version

Narayani Post

news@narayanipost.com
narayanipost24@gmail.com
चितवन, नेपाल  

जोडिनुहोस

copyright © narayanipost.com 
Headlines: 
linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram