NarayaniPost.com
बुधबार, जेष्ठ ९, २०८१

थुनियो राहुघाट खोला, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह

नारायणी पोस्ट
बिहिबार, भदौ १०, २०७८

२०७८ भदौ 10 गते

म्याग्दी । पहिरोलेराहुघाट खोला थुनिएर ताल परेको र त्यो फुटेर तल्लो तटीय क्षेत्रमा जोखिम निम्तन सक्ने भन्दै जिल्ला प्रशासन कार्यालय बागलुङले त्यस क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ । बागलुङ भएर बग्ने कालीगण्डकी नदीको सहायक खोला राहुघाट पहिराले थुनिएर ताल परेकाले जोखिम निम्तन सक्ने भन्दै जिल्ला प्रशासन कार्यालयले सर्वसाधारणमा सतर्क रहन आग्रह गरेको हो ।

म्याग्दीको रघुगङ्गा गाउँपालिका–६ रायखोरको मूलपानी र वडा नं ७ चिमखोलाको गौडामुनीबाट आज बिहान खसेको पहिराले राहुघाट खोला थुनिँदा ५० मिटर गहिरो र ५०० मिटरभन्दा लामो ताल परेको जनाइएको छ । पहिरो खस्ने क्रम अहिले पनि नरोकिएकाले लामो समयसम्म खोला थुनिएर एक्कासी ताल फुट्न गई कालीगण्डकी नदीमा जोखिम निम्तन सक्ने खतरा छ ।

तटीय क्षेत्रमा बसोबास गर्ने र आउजाउ गर्ने सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन सार्वजनिक सूचनामार्फत अनुरोध गरिएको कार्यालयका प्रशासकीय अधिकृत सूर्यलाल विकले बताए ।

आन्य समाचारहरु:-
July 12, 2023
प्रधानमन्त्री पत्नी सीता दाहालको निधन

२७ असार २०८०प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधन भएको छ । उपचारको क्रममा उनको काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएको हो ।८ बजेर ३३ मिनेट जाँदा प्रधानमन्त्री पत्नी सीता दाहालको निधन भएको अस्पताल स्रोतले जनाएको छ ।  लामो समयदेखि सीता बिरामी अवस्थामा थिइन् । ६९ वर्षको उमेरमा उनको निधन भएको हो । सीता दाहाललाई […]

July 11, 2023
सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकोप्टर लामजुराडाँडामा दुर्घटनाग्रस्त

सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकोप्टर लामजुराडाँडामा दुर्घटनाग्रस्त भएको छ । सवार ६ जना मध्य ५ जना को शव निकालियो थप एक जना को खोजी कार्य जारी

November 7, 2022
ड्राइभिङ लाइसेन्स प्रिन्ट भयो वा भएन ? थाहा पाउने ३ तरिका

तपाईले स्मार्ट ड्राइभिङ लाइसेन्सका लागि आवेदन दिनुभएको छ ? यदि हो भने तपाईको लाइसेन्स प्रिन्ट हुने समय भयो कि भएन ? यी सबै कुरा थाहा पाउनका लागि अनलाइनबाट विभिन्न माध्यमको प्रयोग गर्न सकिन्छ । ती मध्ये सबैभन्दा सजिलो माध्यम चाहिं एसएमएस पठाउन सकिने माध्यम हो । आफ्नो मोबाइलबाट म्यासेज बक्समा गएर अंग्रेजी अल्फाबेट एल र […]

August 13, 2022
त्रिशुली नदीमा खस्यो ट्रक

चितवन - शनिबार बिहान करिब ९ बजेतिर त्रिशूली नदीमा एक ट्रक खसेको छ । इच्छाकामना गाउँपालिका – ५ स्थित नाग्दी खोला भन्ने ठाउँबाट एक इटा बोकेको ट्रक खसेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । ट्रकमा के कति सवार थिए भन्नेबारे खुलेको छैन । अहिले प्रहरीको टोली खोजीका लागि परिचालन भइसकेको बताइएको छ ।

IPO Result Check

" निरन्तर समाचारको संवाहक "

Beta version

Narayani Post

news@narayanipost.com
narayanipost24@gmail.com
चितवन, नेपाल  

जोडिनुहोस

copyright © narayanipost.com 
Headlines: 
linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram