NarayaniPost.com
शुक्रबार, असार २९, २०८०

चितवनमा माछा विकासका लागि ७५ बिघामा माछा पोखरी बनाइँदै

नारायणी पोस्ट
बिहिबार, भदौ ३, २०७८

२०७८ भदौ ३ गते

चितवन । जिल्लामा माछा विकासका लागि रु दुई करोड ८० लाख विनियोजन गरिएको छ ।

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका अनुसार मत्स्य पोखरी क्षेत्र विस्तारका लागि रु दुई करोड ५० लाख र पुरानो मत्स्य पोखरी मर्मत तथा सम्भारका लागि रु ३० लाख बजेट स्वीकृत गरिएको छ ।

कार्यालय प्रमुख तथा वरिष्ठ पशु चिकित्सक डा दयाराम चापागाईँका अनुसार जिल्लाभर ७५ बिघा जलाशय निर्माणका लागि रु दुई करोड ५० लाख विनियोजन गरिएको हो । प्रदेश सरकारको भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्रालयले जिल्लामा माछा प्रवद्र्धन कार्यक्रममा चालु आर्थिक वर्षका लागि सो बजेट विनियोजन गरेको हो । उहाँका अनुसार अनुदान कार्यक्रममा मात्रै रु पाँच करोड ५० लाख छ । कार्यालयले चालु आर्थिक वर्षमा बाख्रा, गाईभैँसी प्रवद्र्धन र यान्त्रीकरणमा पनि जोड दिएको छ । बाख्रा प्रवद्र्धनअन्तर्गत रु ७५ लाख बजेट रहेको चापागाईले बताउनुभयो ।

त्यस्तै भरतपुर महानगरपालिका–२७ मा भैँसी प्रवद्र्धन गर्न रु १५ लाख, रत्ननगर नगरपालिका–२ मा गाईको प्रवद्र्धन गर्न रु १५ लाख, कबुलियती वन तथा पशु विकास कार्यक्रमका लागि रु १० लाख, घाँस खेतीको स्रोत केन्द्र स्थापनादेखि प्रवद्र्धनका लागि रु १९ लाख ६६ हजार मन्त्रालयबाट स्वीकृत भएको उहाँले जानकारी दिनुभयो ।

कार्यालयले साना कृषक र मझौला कृषक लक्षित गाईभैँसी प्रवद्र्धनको कार्यक्रमअन्तर्गत साना कृषक लक्षित गाईभैँसी प्रवद्र्धनमा रु ३५ लाख र मझौला कृषक लक्षित गाईभैँसी प्रवद्र्धन कार्यक्रममा रु ३२ लाख बजेट विनियोजन गरिएको छ । जैविक सुरक्षासहितको खोर र गोठ निर्माण सुधारका लागि रु ४० लाख रकम रहेको छ ।

यसैगरी पशु स्वास्थ्यका कार्यक्रम सञ्चालन गर्न रु ३६ लाख ७९ हजार बजेट स्वीकृत गरिएको छ । सङ्घीय सरकारको समन्वयमा गाईभैँसीमा लाग्ने खोरेत रोगविरुद्धको खोप कार्यक्रममा रु २२ लाख विनियोजन गरिएको चापागाईँको भनाइ छ । चापागार्इँले भन्नुभयो, “पशुपन्छीमा लाग्ने सङ्क्रमण रोगविरुद्धको खोप, बर्डफ्लु नियन्त्रण, इपिडेमियोलोजिकल रिपोर्टिङलगायतका शीर्षकमा रु १४ लाख ७९ हजार आएको छ ।”

यो जिल्ला माछा, मासु, अण्डामा आत्मनिर्भर रहेको छ । जिल्लामा माछापोखरी एक हजार ५००, मत्स्य ह्याचरी १०, माछा दाना उद्योग एक, कुखुराका ह्याचरी १०५, दुग्ध उत्पादन सहकारी संस्था १०९, दुग्ध प्रशोधन केन्द्र आठ र पशुपन्छी उद्योग दुई रहेका छन् ।रासस

आन्य समाचारहरु:-
July 12, 2023
प्रधानमन्त्री पत्नी सीता दाहालको निधन

२७ असार २०८०प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधन भएको छ । उपचारको क्रममा उनको काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएको हो ।८ बजेर ३३ मिनेट जाँदा प्रधानमन्त्री पत्नी सीता दाहालको निधन भएको अस्पताल स्रोतले जनाएको छ ।  लामो समयदेखि सीता बिरामी अवस्थामा थिइन् । ६९ वर्षको उमेरमा उनको निधन भएको हो । सीता दाहाललाई […]

July 11, 2023
सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकोप्टर लामजुराडाँडामा दुर्घटनाग्रस्त

सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकोप्टर लामजुराडाँडामा दुर्घटनाग्रस्त भएको छ । सवार ६ जना मध्य ५ जना को शव निकालियो थप एक जना को खोजी कार्य जारी

November 7, 2022
ड्राइभिङ लाइसेन्स प्रिन्ट भयो वा भएन ? थाहा पाउने ३ तरिका

तपाईले स्मार्ट ड्राइभिङ लाइसेन्सका लागि आवेदन दिनुभएको छ ? यदि हो भने तपाईको लाइसेन्स प्रिन्ट हुने समय भयो कि भएन ? यी सबै कुरा थाहा पाउनका लागि अनलाइनबाट विभिन्न माध्यमको प्रयोग गर्न सकिन्छ । ती मध्ये सबैभन्दा सजिलो माध्यम चाहिं एसएमएस पठाउन सकिने माध्यम हो । आफ्नो मोबाइलबाट म्यासेज बक्समा गएर अंग्रेजी अल्फाबेट एल र […]

August 13, 2022
त्रिशुली नदीमा खस्यो ट्रक

चितवन - शनिबार बिहान करिब ९ बजेतिर त्रिशूली नदीमा एक ट्रक खसेको छ । इच्छाकामना गाउँपालिका – ५ स्थित नाग्दी खोला भन्ने ठाउँबाट एक इटा बोकेको ट्रक खसेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । ट्रकमा के कति सवार थिए भन्नेबारे खुलेको छैन । अहिले प्रहरीको टोली खोजीका लागि परिचालन भइसकेको बताइएको छ ।

IPO Result Check

" निरन्तर समाचारको संवाहक "

Beta version

Narayani Post

news@narayanipost.com
narayanipost24@gmail.com
चितवन, नेपाल  

जोडिनुहोस

copyright © narayanipost.com 
Headlines: 
linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram