NarayaniPost.com
बिहिबार, असार २८, २०८०

मेसीले प्रयोग गरेर फ्याँकेको टिस्यूको ११ करोड

नारायणी पोस्ट
बिहिबार, भदौ ३, २०७८

२०७८ भदौ ३ गते
काठमाडौं । लियोनेल मेस्सी बार्सिलोनाबाट बाहिर निस्कने घोषणा सबै फुटबल प्रशंसकका लागि एक भावनात्मक क्षण थियो । अर्जेन्टिनाका सुपरस्टार एफसी बार्सिलोनाबाट जानु त्यतिबेला थप भावुक भयो जब मेसी आफ्नो विदाई भाषणका बेला टुटे । आफ्नो बिदाईमा उनको आँखामा आँसु छल्किए । बार्सिलोनाका दर्शक र मिडिया सदस्यले उभिएर डेढ मिनेटभन्दा बढी समयसम्म प्रशंसा गरे किनभने उनी मञ्चको नजिकै उभिएका थिए । जब मेसीको तरिफ गरिँदै थियो तब उनले आफ्नो आँसु रोक्न सकिरहेका थिएनन् ।

त्यतिबेला उनकी श्रीमती एन्टोनेलाले उनलाई आँसु पुछ्नका लागि टिस्यू पेपर दिइन् । अब रिपोर्टका अनुसार मेसीको आँसुले भरिएका यी टिस्यू पेपर करिब १० लाख अमेरिकी डलर (११ करोड रुपैयाँ) मा बिक्रिमा राखिएको छ । एक अज्ञात व्यक्तिले दाबी गरे अनुसार उनले प्रयोग गरेका टिस्यू जम्मा गरिएको छ र यी टिस्यूका लागि महँदो दरमा बिक्रीका लागि अनलाइन विज्ञापन दिइएको छ ।

मेकेडुयो नामका एक व्यक्तिले मेसीले प्रयोग गरेको टिस्यू बेचिरहेका छन् । यी व्यक्तिको दाबी अनुसार यसमा मेसीको जेनेटिक पनि समावेश छ जसले मानिसहरुलाई फुटबल खिलाडीको क्लोन बनाउनका लागि अनुमति दिनेछन् । ३४ वर्षका यी खिलाडीले २१ वर्ष बार्सिलोनासँग बिताएपछि यसबाट बिदा भएका छन् । अब उनी आफ्नो नयाँ टिम पेरिस सेन्ट–जर्मेनका लागि खेल्नेछन् ।

लियोनेल मेसी ६७२ गोलसहित बार्सिलोनाका लागि सर्वाधिक गोल गर्ने खिलाडी हुन् । उनले बार्सिलोना क्लबसँग ७७८ खेल खेले, जुन एक रेकर्ड हो । उनी ५२० म्याचमा ४७४ गोलसहित स्पेनिश लीगमा पनि शीर्ष स्कोरर हुन् । बार्सिलोना छोडेपछि लियोनल मेसीले उनी अर्को एउटा च्याम्पियन्स लीग ट्रफी जित्नका लागि सही स्थानमा पुगेका छन् र उनले पेरिस सेन्ट जर्मेनसँगग जोड्ने एक महत्वपूर्ण कारण नेमारसँग मिलेर खेल्ने बताए ।

आन्य समाचारहरु:-
July 12, 2023
प्रधानमन्त्री पत्नी सीता दाहालको निधन

२७ असार २०८०प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधन भएको छ । उपचारको क्रममा उनको काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएको हो ।८ बजेर ३३ मिनेट जाँदा प्रधानमन्त्री पत्नी सीता दाहालको निधन भएको अस्पताल स्रोतले जनाएको छ ।  लामो समयदेखि सीता बिरामी अवस्थामा थिइन् । ६९ वर्षको उमेरमा उनको निधन भएको हो । सीता दाहाललाई […]

July 11, 2023
सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकोप्टर लामजुराडाँडामा दुर्घटनाग्रस्त

सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकोप्टर लामजुराडाँडामा दुर्घटनाग्रस्त भएको छ । सवार ६ जना मध्य ५ जना को शव निकालियो थप एक जना को खोजी कार्य जारी

November 7, 2022
ड्राइभिङ लाइसेन्स प्रिन्ट भयो वा भएन ? थाहा पाउने ३ तरिका

तपाईले स्मार्ट ड्राइभिङ लाइसेन्सका लागि आवेदन दिनुभएको छ ? यदि हो भने तपाईको लाइसेन्स प्रिन्ट हुने समय भयो कि भएन ? यी सबै कुरा थाहा पाउनका लागि अनलाइनबाट विभिन्न माध्यमको प्रयोग गर्न सकिन्छ । ती मध्ये सबैभन्दा सजिलो माध्यम चाहिं एसएमएस पठाउन सकिने माध्यम हो । आफ्नो मोबाइलबाट म्यासेज बक्समा गएर अंग्रेजी अल्फाबेट एल र […]

August 13, 2022
त्रिशुली नदीमा खस्यो ट्रक

चितवन - शनिबार बिहान करिब ९ बजेतिर त्रिशूली नदीमा एक ट्रक खसेको छ । इच्छाकामना गाउँपालिका – ५ स्थित नाग्दी खोला भन्ने ठाउँबाट एक इटा बोकेको ट्रक खसेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । ट्रकमा के कति सवार थिए भन्नेबारे खुलेको छैन । अहिले प्रहरीको टोली खोजीका लागि परिचालन भइसकेको बताइएको छ ।

IPO Result Check

" निरन्तर समाचारको संवाहक "

Beta version

Narayani Post

news@narayanipost.com
narayanipost24@gmail.com
चितवन, नेपाल  

जोडिनुहोस

copyright © narayanipost.com 
Headlines: 
linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram