NarayaniPost.com
बुधबार, असार २७, २०८०

नेप्सेका सीईओलाई निलम्बन गरी कारबाही थाल्न सांसदको माग

नारायणी पोस्ट
शुक्रबार, भदौ ४, २०७८

२०७८ भदौ ४ गते

काठमाडौं । शेयर बजारमा भएको इन्साइडर ट्रेडिङको विषयमा बहालवाला वा पूर्व न्यायाधीशको संयोजकत्वमा छानबिन समिति बनाउन सांसदहरूले माग गरेका छन् ।

शुक्रबार संसदको अर्थसमितिमा सहभागी सांसदहरूले अर्थमन्त्री जनार्दन शर्मासँग यस्तो माग गरेका हुन् । पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले उच्चस्तरीय समिति बनाएर छानबिन हुनुपर्ने बताए । ‘पूर्व न्यायाधीश नै त भन्दिन, माथिल्लो लेभलबाट छानबिन अनुसन्धान हुनुपर्छ’ उनले भने ।

यस्तै सांसद रामबहादुर यादवले व्यक्ति दोषी देखिएको भन्दै तत्काल निलम्बन गरेर छानबिन हुनुपर्ने बताए । सर्वोत्तम सिमेन्टको सेयर नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगानाको छोरीको नाममा किनेको भेटिएको छ ।

नेपाल स्टक एक्सचेञ्जका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले पनि श्रीमतीको नाममा सेयर किनेका छन् । नियामक निकायको नेतृत्वमा बसेर भित्री सूचनाको आधारका सेयर किनिएको भन्दै सांसदहरूले छानबिन भएर दोषीमाथि कडा हुनुपर्ने बताए ।

सांसद सत्या पहाडीले पूर्व सरकारले गरेका नियुक्तिहरुमा कमजोरी रहेको र अन्य पनि विस्तारै खुल्दै जाने बताइन् । दोषीलाई कारबाही नहुने भए यसले गलत संस्कार बस्ने उनको भनाई छ ।

सांसद रामकुमारी झाक्रीले बोर्डका कर्माचारीहरुले नै धितोपत्र बोर्ड अध्यक्षका विषयमा धेरै प्रश्न उठाएकाले यसलाई सामान्य रुपमा लिन नहुने बताइन्। उनले यसमा संलग्नलाई तत्कालै निलम्बन गरी छानबिन गर्न गरिन् ।

आन्य समाचारहरु:-
July 12, 2023
प्रधानमन्त्री पत्नी सीता दाहालको निधन

२७ असार २०८०प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधन भएको छ । उपचारको क्रममा उनको काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएको हो ।८ बजेर ३३ मिनेट जाँदा प्रधानमन्त्री पत्नी सीता दाहालको निधन भएको अस्पताल स्रोतले जनाएको छ ।  लामो समयदेखि सीता बिरामी अवस्थामा थिइन् । ६९ वर्षको उमेरमा उनको निधन भएको हो । सीता दाहाललाई […]

July 11, 2023
सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकोप्टर लामजुराडाँडामा दुर्घटनाग्रस्त

सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकोप्टर लामजुराडाँडामा दुर्घटनाग्रस्त भएको छ । सवार ६ जना मध्य ५ जना को शव निकालियो थप एक जना को खोजी कार्य जारी

November 7, 2022
ड्राइभिङ लाइसेन्स प्रिन्ट भयो वा भएन ? थाहा पाउने ३ तरिका

तपाईले स्मार्ट ड्राइभिङ लाइसेन्सका लागि आवेदन दिनुभएको छ ? यदि हो भने तपाईको लाइसेन्स प्रिन्ट हुने समय भयो कि भएन ? यी सबै कुरा थाहा पाउनका लागि अनलाइनबाट विभिन्न माध्यमको प्रयोग गर्न सकिन्छ । ती मध्ये सबैभन्दा सजिलो माध्यम चाहिं एसएमएस पठाउन सकिने माध्यम हो । आफ्नो मोबाइलबाट म्यासेज बक्समा गएर अंग्रेजी अल्फाबेट एल र […]

August 13, 2022
त्रिशुली नदीमा खस्यो ट्रक

चितवन - शनिबार बिहान करिब ९ बजेतिर त्रिशूली नदीमा एक ट्रक खसेको छ । इच्छाकामना गाउँपालिका – ५ स्थित नाग्दी खोला भन्ने ठाउँबाट एक इटा बोकेको ट्रक खसेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । ट्रकमा के कति सवार थिए भन्नेबारे खुलेको छैन । अहिले प्रहरीको टोली खोजीका लागि परिचालन भइसकेको बताइएको छ ।

IPO Result Check

" निरन्तर समाचारको संवाहक "

Beta version

Narayani Post

news@narayanipost.com
narayanipost24@gmail.com
चितवन, नेपाल  

जोडिनुहोस

copyright © narayanipost.com 
Headlines: 
linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram