२०७८ साउन ४ गते
काठमाडौं । मोटरसाइकल चोरेको आरोपमा ट्राफिक प्रहरी महाशाखाले एकजना युवकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा रामेछापको दोरम्बा गाउँपालिका–२ घर भई दक्षिण ढोका बस्दै आएका २२ वर्षीय तेज थापामगर छन् । प्रदेश–३–०२–०१० प ९४४६ नम्बरको २२० सिसीको पल्सर मोटरसाइकलको नम्बर परिवर्तन गरेर चलाएको अवस्थामा उनलाई नयाँ बसपार्कबाट पक्राउ गरिएको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । थापाले पेप्सीकोलाबाट मोटरसाइकल चोरी गरेको अनुसन्धानबाट थाहा भएको ट्राफिक प्रहरी महाशाखाका एसपी दासले बताए ।
१० दिनअघि मोटरसाइकल हराएका भनेर काभ्रेको चौरी देउराली घर भएका प्रकाश गौतमले ट्राफिक प्रहरी महाशाखामा निवेदन दिएका थिए । आरोपीलाई थप अनुसन्धान र कारवाहीका लागि महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरमा पठाइएको एसपी शर्माले बताए ।