NarayaniPost.com
बुधबार, असार २७, २०८०

तालिबानले अफगानिस्तान कब्जा गरेपछि पहिलो पटक बोल्यो आइएस, लगायो यस्तो आरोप

नारायणी पोस्ट
आइतवार, भदौ ६, २०७८

२०७८ भदौ ६ गते

काठमाडौं । चरमपन्थी समूह इस्लामिक स्टेट (आईएस) ले आफ्नो विरोधी तालिबान​माथि अमेरिकाको कठपुतली भएको आरोप लगाएको छ ।

आइएसले तालिबान ‘मुल्ला ब्रेडली’ प्रोजेक्ट बनिरहेको दाबी गरेको छ ।

‘मुल्ला ब्रेडली’ शब्दलाई जिहादी समूहमा यस्तो धार्मिक व्यक्तिका लागि प्रयोग गरिन्छ जसलाई कथित रुपमा अमेरिकाले जिहादलाई कमजोर बनाउनका लागि भर्ती गर्छ ।

यद्यपि, यो एउटा शब्द मात्रै हो जसलाई अलकायदाका पूर्व नेता अनवार अल–अवलाकीले स्थापना गरेका थिए ।

अफगानिस्तानले १५ अगस्टमा पूरा देश कब्जा गरेको थियो, यसपछि आइएसको यो पहिलो टिप्प्णी हो । ​

के भन्छ तालिबान ?

यो आइएसको साप्ताहिक समाचार पत्र अल–नबाको सम्पादकीयमा प्रकाशित भएको हो जसको शीर्षक छ – ‘अन्ततः उनीहरुले मुल्ला ब्रेडली स्थापित गरेका छन् ।’

यसमा उपेक्षाजनक तरिकाले ‘नयाँ तालिबान’ शब्दको प्रयोग गरिएको छ जसमा बताइएको छ कि अफगान समूह २० वर्ष असध सुरु भएको सच्चा जिहादी आन्दोलनबाट भटकिएको छ ।

आइएसले शंका जताउँदै भनेको छ, ‘तालिबानले सच्चा शरिया कानून सायदै लागू गर्न सक्ला । तालिबानले बचन दिएको छ कि ऊ शरीयतको हिसाबले चल्नेछ ।’

आइएसले घोषणा गरेको छ कि उसको लडाकू जिहादको नयाँ चरणको सुरुवात गरिरहेका छन् ।

आईएसको अनुसार तालिबानले जिततेका छैनन् र यो एक ‘तथाकथित जीत’ हो जसको बन्दोबस्त अमेरिकाले गरेको छ ।

आन्य समाचारहरु:-
July 12, 2023
प्रधानमन्त्री पत्नी सीता दाहालको निधन

२७ असार २०८०प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधन भएको छ । उपचारको क्रममा उनको काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएको हो ।८ बजेर ३३ मिनेट जाँदा प्रधानमन्त्री पत्नी सीता दाहालको निधन भएको अस्पताल स्रोतले जनाएको छ ।  लामो समयदेखि सीता बिरामी अवस्थामा थिइन् । ६९ वर्षको उमेरमा उनको निधन भएको हो । सीता दाहाललाई […]

July 11, 2023
सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकोप्टर लामजुराडाँडामा दुर्घटनाग्रस्त

सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकोप्टर लामजुराडाँडामा दुर्घटनाग्रस्त भएको छ । सवार ६ जना मध्य ५ जना को शव निकालियो थप एक जना को खोजी कार्य जारी

November 7, 2022
ड्राइभिङ लाइसेन्स प्रिन्ट भयो वा भएन ? थाहा पाउने ३ तरिका

तपाईले स्मार्ट ड्राइभिङ लाइसेन्सका लागि आवेदन दिनुभएको छ ? यदि हो भने तपाईको लाइसेन्स प्रिन्ट हुने समय भयो कि भएन ? यी सबै कुरा थाहा पाउनका लागि अनलाइनबाट विभिन्न माध्यमको प्रयोग गर्न सकिन्छ । ती मध्ये सबैभन्दा सजिलो माध्यम चाहिं एसएमएस पठाउन सकिने माध्यम हो । आफ्नो मोबाइलबाट म्यासेज बक्समा गएर अंग्रेजी अल्फाबेट एल र […]

August 13, 2022
त्रिशुली नदीमा खस्यो ट्रक

चितवन - शनिबार बिहान करिब ९ बजेतिर त्रिशूली नदीमा एक ट्रक खसेको छ । इच्छाकामना गाउँपालिका – ५ स्थित नाग्दी खोला भन्ने ठाउँबाट एक इटा बोकेको ट्रक खसेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । ट्रकमा के कति सवार थिए भन्नेबारे खुलेको छैन । अहिले प्रहरीको टोली खोजीका लागि परिचालन भइसकेको बताइएको छ ।

IPO Result Check

" निरन्तर समाचारको संवाहक "

Beta version

Narayani Post

news@narayanipost.com
narayanipost24@gmail.com
चितवन, नेपाल  

जोडिनुहोस

copyright © narayanipost.com 
Headlines: 
linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram