NarayaniPost.com
आइतवार, असार ३१, २०८०

विमानस्थलबाहिर ७ जनाको मृत्यु

नारायणी पोस्ट
आइतवार, भदौ ६, २०७८

२०७८ भदौ ६ गते

काठमाडौं । अफगानिस्तानको काबुल विमानस्थलबाहिर ७ जनाको मृत्यु भएको बेलायती रक्षा मन्त्रालयले जनाएको छ । मृत्युको कारण भने खुलाइएको छैन । अहिले काबुल विमानस्थलमा अमेरिकी सेनाको सुरक्षा दिइरहेको छ । अफगानिस्तानमा अमेरिकी सेनाको उपस्थिती रहेको यो एकमात्रै ठाउँ हो ।

विमानस्थलबाहिर भने तालिवानी लडाकुहरु बसेका छन् ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले यसअघि ३१ अगस्टसम्म सबै सैनिकलाई अफगानिस्तानबाट बाहिर निकाल्ने निर्णय लिएका थिए । तर, यस अवधिमा सबै विदेशी नागरिकलाई अफगानिस्तानबाट फर्काउन नसकिने अन्य देशहरुले जनाएका छन् । उनीहरुले समयसीमा बढाउन पनि बाइडेनलाई दबाब दिइरहेका छन् । बेलायती रक्षामन्त्री वालेसले सबै विदेशी नागरिकलाई यसै महिनाको अन्त्यमा निकाल्न संभव नहुने प्रक्रिया दिएका छन् । उनले कुनै पनि देशले यस्तो गर्न नसक्ने बताए ।

अमेरिकाले सैनिक बर्हिगमनको समयसीमा थपेमा बेलायतले साथ दिने उनले बताए । युरोपेली युनियनका विभाग नीति प्रमुख जोसेफ बोर्रेलले ६० हजार जनतालाई महिनाको अन्त्यसम्म निकाल्नु गणितीय रुपमा असम्भव रहेको बताए ।

उनले अहिलेसम्म ईयुले जागिर दिएका १ सय ५० देखि ५ सय अफगानीहरुलाई मात्रै निकाल्न सकिएको र यो संख्या अपर्याप्त रहेको बताए । ‘प्लेनहरु उडिरहेका छन् र मानिसहरु पीडामा छन्,’ उनले भने ।

एएफपीसँग कुराकानी गर्दै उनले युरोपेली देशका नागरिकलाई सहयोग गर्ने अफगानीहरु समेत विमानस्थल छिर्न नपाएको गुनासो अमेरिकी सेनासँग गरे । अमेरिकीहरुले काबुल विमानस्थलमा सुरक्षा दिइरहेको र त्यसक्रममा उनीहरुले युरोपका लागि सहयोग गर्ने अफगानीको प्रवेशमा पनि अवरोध गरेको उनको आरोप छ ।

अमेरिका तथा युरोपेली देशहरुले आफ्ना नागरिक, आफुलाई सहयोग गर्ने अफगानी र जोखिममा रहेका अफगानीहरुलाई उद्धार गर्ने जनाएका छन् । अमेरिकाले यस्ता सहयोगीहरुलाई शरण दिनका लागि आफ्नो देशमा विशेष भिसा कार्यक्रम समेत सञ्चालनमा ल्याएको छ । तालिवानले काबुल कब्जा गरेयता, अमेरिका तथा युरोपेली देशका सेनाको सहयोगमा काम गरेका अफगानीहरु निकै त्रस्त छन् ।

आन्य समाचारहरु:-
July 12, 2023
प्रधानमन्त्री पत्नी सीता दाहालको निधन

२७ असार २०८०प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधन भएको छ । उपचारको क्रममा उनको काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएको हो ।८ बजेर ३३ मिनेट जाँदा प्रधानमन्त्री पत्नी सीता दाहालको निधन भएको अस्पताल स्रोतले जनाएको छ ।  लामो समयदेखि सीता बिरामी अवस्थामा थिइन् । ६९ वर्षको उमेरमा उनको निधन भएको हो । सीता दाहाललाई […]

July 11, 2023
सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकोप्टर लामजुराडाँडामा दुर्घटनाग्रस्त

सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकोप्टर लामजुराडाँडामा दुर्घटनाग्रस्त भएको छ । सवार ६ जना मध्य ५ जना को शव निकालियो थप एक जना को खोजी कार्य जारी

November 7, 2022
ड्राइभिङ लाइसेन्स प्रिन्ट भयो वा भएन ? थाहा पाउने ३ तरिका

तपाईले स्मार्ट ड्राइभिङ लाइसेन्सका लागि आवेदन दिनुभएको छ ? यदि हो भने तपाईको लाइसेन्स प्रिन्ट हुने समय भयो कि भएन ? यी सबै कुरा थाहा पाउनका लागि अनलाइनबाट विभिन्न माध्यमको प्रयोग गर्न सकिन्छ । ती मध्ये सबैभन्दा सजिलो माध्यम चाहिं एसएमएस पठाउन सकिने माध्यम हो । आफ्नो मोबाइलबाट म्यासेज बक्समा गएर अंग्रेजी अल्फाबेट एल र […]

August 13, 2022
त्रिशुली नदीमा खस्यो ट्रक

चितवन - शनिबार बिहान करिब ९ बजेतिर त्रिशूली नदीमा एक ट्रक खसेको छ । इच्छाकामना गाउँपालिका – ५ स्थित नाग्दी खोला भन्ने ठाउँबाट एक इटा बोकेको ट्रक खसेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । ट्रकमा के कति सवार थिए भन्नेबारे खुलेको छैन । अहिले प्रहरीको टोली खोजीका लागि परिचालन भइसकेको बताइएको छ ।

IPO Result Check

" निरन्तर समाचारको संवाहक "

Beta version

Narayani Post

news@narayanipost.com
narayanipost24@gmail.com
चितवन, नेपाल  

जोडिनुहोस

copyright © narayanipost.com 
Headlines: 
linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram