७ भदौ २०७८
काठमाडौं । मानुषी लघुवित्त वित्तीय संस्थाको आइपीओ आज (सोमबार) बिहान ८ः३० बजे बाँडफाँट हुने भएको छ । बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङका अनुसार आइपीओको बाँडफाँट आज हुन लागेको हो । आइपीओमा २४ लाख ३ हजार ५५ जना आवेदकले ३ अर्ब ६ करोड ३२ लाख ४३ हजार रुपैयाँ बराबरको आवेदन दिएका छन् ।
कम्पनीले सर्वसाधारणलाई ३ लाख ६८ हजार ५९३ कित्ता सेयर निष्काशन गरेको थियो । यो हेर्दा ३६ हजार ८५९ जना आवेदकलाई १० कित्ता सेयर पर्ने देखिन्छ ।
आवेदन दिएकामध्ये २३ लाख ६६ हजार १९५ जनाको हात खाली हुने भएको छ । कम्पनीले साउन २७ गतेदेखि ३१ गतेसम्म ३ करोड ९३ लाख ७५ हजार रुपैयाँको ३ लाख ९३ हजार ७५० कित्ता आइपीओ निष्काशन गरेको थियो । जसमा ५ हजार ४६९ कित्ता कर्मचारी र १९ हजार ६८८ कित्ता म्युचुअल फन्डलाई छुट्याइएको थियो ।
मानुषी लघुवित्त वित्तिय संस्था लिमिटेडले सर्वसाधारणका लागि निष्कासन गरेको साधारण सेयर (आईपीओ) को बाँडफाँड सम्पन्न भएको छ । सोमबार निष्कासन तथा बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङको कार्यालयमा सम्पन्न भएको हो ।
उक्त आईपीओको प्री(अलोटमेन्ट भदौ ३ गते, बिहीबार सम्पन्न भएको थियो ।