NarayaniPost.com
बुधबार, असार २७, २०८०

अस्ट्रेलियामा एक हप्तामा तीन नेपाली विद्यार्थीको मृत्यु

नारायणी पोस्ट
सोमवार, भदौ ७, २०७८

२०७८ भदौ ७ गते

काठमाडौं । उज्ज्वल भविश्यको सपना बोकेर उच्च अध्ययन गर्न अस्ट्रेलिया आएका तीन नेपाली विद्यार्थीको यसै साता विविध कारणले मृत्यु भएको छ।

पर्थमा दुई वर्षअघि अध्ययनका लागि आएका रामेछापका सम्राट तामाङ, क्यानबेरा बस्दै आएकी रश्मी लेखक र शुक्रबार एनएसडब्लुको डब्बोमा एक महिलाको मृत्यु भएको एनआरएन अस्ट्रेलियाले जानकारी दिएको छ। दुई वर्षअघि उच्च अध्ययनका लागि पर्थ पुगेका रामेछापका सम्राट तामाङ पर्थको एक स्थानीय अस्पतालमा उपचारका क्रममा निधन भएको हो । दुई वर्षदेखि अध्यनको क्रममा पर्थमा रहेका सम्राटको केहि दिनदेखि बेहोसीको हालतमा उपचार भइरहेको र उनको ज्यान बचाउनका लागि नेपाली समुदायको तर्फबाट पहल समेत गरिएको थियो। तर उपचारको हरेक प्रयास गर्दा पनि उनलाई बचाउन नसकिएको एनआरएन ओसेनियाका युवा संयोजक राज थपलियाले बताए । उनको अन्तिम संस्कारको लागि शव नेपाल पठाउन एनआरएन तथा स्थानिय संघ संगठनहरु लागिपरेको थपलियाले जानकारी दिए ।

यस्तै लिभरकी बिरामी रश्मी लेखकको उपचारकै क्रममा निधन भएको थियो भने डब्बोमा नवलपरासीकी एक महिला आफ्नै कोठामा मृत फेला परेकी थिइन्। लिभर ट्रान्सप्लान्ट गरेर रोगलाई परास्त गर्न सफल रश्मीले उच्च अध्ययन पुरा गरेर क्यानबेरामा आफ्नो स्थायीत्व प्रकृयामा रहदै गर्दा पुनः सोही रोगले च्यापेपछि अस्पताल भर्ना भएकी थिइन्। ‘दैवको खेल भनौं यस्तो लाउ लाउ र खाउ खाउ भन्ने उमेरमा एउटा सानी बहिनीलाई आखिर हामीले गुमाउनु पर्‍यो, यसबाट हाम्रो नेपाली समाज निकै दुखित भएको छ’, एनआरएनकी सचिव सन्ध्या शाहले जानकारी दिइन्। कोरोनाको प्रभाव बढ्दै गएको र लकडाउनको कडाइका कारण रश्मीको अन्तिम संस्कार सिड्नीमा गरिएको छ।

यस्तै एनएसडब्लुको डब्बोकी एक नेपाली छात्रा आफ्नै कोठामा मृत अवस्थामा फेला परेकी हुन्। उनको मृत्युबारे प्रहरीले छानबिन प्रकृया अगाडि बढिरहेको अवस्थामा नाम र पहिचान खुलाउन नसकिएको हो।

आन्य समाचारहरु:-
July 12, 2023
प्रधानमन्त्री पत्नी सीता दाहालको निधन

२७ असार २०८०प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधन भएको छ । उपचारको क्रममा उनको काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएको हो ।८ बजेर ३३ मिनेट जाँदा प्रधानमन्त्री पत्नी सीता दाहालको निधन भएको अस्पताल स्रोतले जनाएको छ ।  लामो समयदेखि सीता बिरामी अवस्थामा थिइन् । ६९ वर्षको उमेरमा उनको निधन भएको हो । सीता दाहाललाई […]

July 11, 2023
सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकोप्टर लामजुराडाँडामा दुर्घटनाग्रस्त

सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकोप्टर लामजुराडाँडामा दुर्घटनाग्रस्त भएको छ । सवार ६ जना मध्य ५ जना को शव निकालियो थप एक जना को खोजी कार्य जारी

November 7, 2022
ड्राइभिङ लाइसेन्स प्रिन्ट भयो वा भएन ? थाहा पाउने ३ तरिका

तपाईले स्मार्ट ड्राइभिङ लाइसेन्सका लागि आवेदन दिनुभएको छ ? यदि हो भने तपाईको लाइसेन्स प्रिन्ट हुने समय भयो कि भएन ? यी सबै कुरा थाहा पाउनका लागि अनलाइनबाट विभिन्न माध्यमको प्रयोग गर्न सकिन्छ । ती मध्ये सबैभन्दा सजिलो माध्यम चाहिं एसएमएस पठाउन सकिने माध्यम हो । आफ्नो मोबाइलबाट म्यासेज बक्समा गएर अंग्रेजी अल्फाबेट एल र […]

August 13, 2022
त्रिशुली नदीमा खस्यो ट्रक

चितवन - शनिबार बिहान करिब ९ बजेतिर त्रिशूली नदीमा एक ट्रक खसेको छ । इच्छाकामना गाउँपालिका – ५ स्थित नाग्दी खोला भन्ने ठाउँबाट एक इटा बोकेको ट्रक खसेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । ट्रकमा के कति सवार थिए भन्नेबारे खुलेको छैन । अहिले प्रहरीको टोली खोजीका लागि परिचालन भइसकेको बताइएको छ ।

IPO Result Check

" निरन्तर समाचारको संवाहक "

Beta version

Narayani Post

news@narayanipost.com
narayanipost24@gmail.com
चितवन, नेपाल  

जोडिनुहोस

copyright © narayanipost.com 
Headlines: 
linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram